निर्णय नं. १३८० - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३८० - लेनदेन भाग: २२ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/१८ २६६१ निर्णय नं. १३८० ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको दे.फु.नं. २०१ आदेश भएको मिति : २०३७।५।१८।४ मा पुनरावेदक : जि. बारा रामपुर गा.पं.वार्ड नं. ४ बस्ने अजिज मियाँ विरूद्ध विपक्षी : श्री बाँसबारी छाला जुत्ता कारखाना प्रा.लि.बाँसबारी काठमाडौं मुद्दा : लेनदेन (१) बुझाउन बाँकी ठहराएको रकम बुझाउन नपर्ने अथवा बुझाइसकेको भन्ने देखिने तथ्य सबूत प्रमाण पुनरावेदक प्रतिवादीबाट आएको नदेखिएकोले प्रतिवादीले बुझाएको देखिएको रसिद भर्पाईको रकम कट्टी गरी अरू बाँकी रकम र त्यसको ब्याज समेत भराई दिने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतबाट भएको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादी अजिज मियाँले दिएको निवेदनमा डिभिजन बेञ्चबाट पुनरावेदन गर्ने अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विपक्षसँग भएको ०२२।११।१६ का कबूलियत अनुसार विपक्षीले ०२५ साल भाद्र मसान्त तक वर्ष २ महीना १० को निमित्त बारा, पर्सा, रौतहट, चितवन समेत ४ जिल्लाको गनिकिस्ता बुझाउने गरी चर्सा रकमको ठेक्काको कटकीनदारी लिने गरी सम्झौता गरेका हुन् उक्त सम्झौता अनुसार बुझाउनुपर्ने किस्ता समय–समयमा नबुझाई प्रत्येक समयको कम–कम बुझाएको र आखिरमा आई ०२३।१२।२९ का दिन रु.४४३।७३ को रकम जम्मा भए गरेको र ताकेता गर्दा समेत बुझाउनुपर्ने रकम नबुझाएको र जम्मा बुझाउनुपर्ने रकम रु.६३३३४।३७ मध्ये पटक–पटक बुझाएको छाला र नगद प्राप्त भएको रु.२०६४५।८० कट्टा गरी बाँकी हुनआएको रु.४२६८८।५७ र सुद समेत बुझाउन ल्याउनु र ०२४।३।३० गते देखि सम्झौता तोडीयो भन्ने समेत व्यहोराको पत्र विपक्षीलाई ०२४।४।१ मा पठायो । ३. सम्झौता अनुसार निजले बुझाउनुपर्ने छाला मध्ये निजले पटक–पटक बुझाएको छाला थान १४०६ कट्टा गर्दा बाँकी लिनुपर्ने छाला थान ११३७४। हुनआएकोले प्रत्येक छालाको रु.२। का दरले कम्पनीलाई हानी हुनगएको नोक्सानी हर्जना रु.२२७४८। र किस्ताको रकम रु.६३३३४।३७ मध्ये पटक–पटक आएको नगद र सापटबाट कट्टी भएको रु.२०६४५।८० कट्टी गरी बाँकी लिनुपर्ने रु.४२६८८।५७ र आजसम्मको सयकडा १० ले हुने ब्याज रु.१९७४६ र अन्तिम निर्णय हुँदाको बखत सम्मको हुने ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत फिराद। ४. उक्त ठेक्का रकम मध्ये मैले नगद बुझाएको २२८०१।०१ र नुनको रु.१७०। रिडी तेलको रु.४५१६।८७ चमडाहरूको मोल दाखिल भएको भनी कारखानाले देहायको रु.५९९६।५४ कारखानामा खसीको छाला थान ७०। को रु.५६०। र गाई भैसीको छालाको रु.३४४६। के रु.१३७४४। छाला दाखिल भई मिन्हा मोजरा नभएको रु.१४३०४। समेत भर्ना रु.४७७८८।४२ र रौतहटतर्फको ०२२ पौष १ गतेदेखि ०२३।९।१० गते तक वर्ष १ दिन १० को दामासाहीले सालको रु.१०,०००। का दरले अमानत पालादेखि चलान गर्न नपाएको रु.१०२७७।७८ र मिति ०२३ आषाढ मसान्त तक वर्ष १ महीना ७ को दामासाहीले साल १ को रु.१०००। को दरले १५८३३।३४ समेत कारखानाको र मेरो कागजात भिडाएमा मेरै फाजिल रु.१०५६५।१७ मैले नै पाउनुपर