निर्णय नं. १३८१ - लिखित पास कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३८१ - लिखित पास कीर्ते भाग: १३८१ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/२४ २२४४ निर्णय नं. १३८१ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको दे.वि.नं. ४८ फैसला भएको मिति : २०३७।५।२४।३ मा निवेदक : जि. सप्तरी राजविराज न.पं.वार्ड नं. ८ बस्ने न्हुछेकुमारी उपाध्याय विरूद्ध विपक्षी : जि. सप्तरी गा.पं.रायपुर वा.नं. २ मौजे प्रिपाही बस्ने रामप्रसाद शाह हलुवाई मुद्दा : लिखित पास कीर्ते (१) सक्कल लिखतमा अक्षर अंक थपी कीर्ते नगरेको भनी क्षेत्रीय अदालतले ठहर गरेको रहेछ, त्यसमा सक्कल लिखत हेर्दा तपसीलमा लेखेको जग्गा थप गरेको भन्ने हकमा जग्गा पेटबोलीमा लेखेकै हुनाले केही थपेको भन्न भएन किनारामा निवेदकको पतिले हस्ता र ल्याप्चे समेत सहिछाप गरेको कुरामा रूपैयाँ नखाई लिखत मात्र खडा गरेको भनी ठहर्याउन नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद सुवेदी फैसला न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३५।२।४।४ को निर्णयको इन्साफ जाँची कानुन बमोजिम गरी दिनु भन्ने व्यहोराको बक्स भइआएका हुकुम प्रमांगी बमोजिम इन्साफ जाँच निमित्त पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यस प्रकार रहेछ : २. प्रतिवादीका नाउँमा दर्ता रहेको सप्तरी प्रगन्ना जगधर मौजे आधाखालको साविक कि.नं. ४६० को जग्गा बिगहा ।४।। नं. ११४७ को ।।.।। पिप्राहीको नं. १४९ को ऽ२।। समेत १ऽ२।। जग्गा रु.५३३१। मिति ०२७।६।१ गते राजीनामा लिखत गरी दिएको पास गरी दिएन पास गरी गराई पाउँ भन्ने समेत वादी । ३. पिप्राहीको ऽ२।। जग्गा रु.३३१ मा राजीनामा गरी दिएको छु अरू जग्गा राजीनामा गरी दिएको छैन लिखत हेरी पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तर । ४. लिखत बमोजिमको रूपैयाँ लिई लिखत बमोजिमको जग्गा राजीनामा गरी दिएको होइन । ३३१ को अगाडि ५ को अंक थपी १ बिगहा जग्गा पछि थपी कीर्ते गरेको हो भन्ने समेत प्रतिवादीको बयान । ५. रूपैयाँ लिई लिखत बमोजिमको राजीनामा गरी दिएकोले कीर्ते जालसाज गरेको होइन भन्ने समेत वादी तथा लिखतका साक्षीहरूको बयान । ६. वादी दावीको लिखत कीर्ते गरेको देखिँदा पास हुन सक्तैन भन्ने मिति २०३०।११।२३।४ को शुरू सप्तरी जिल्ला अदालतको फैसला । ७. उक्त फैसलामा चित्तबुझेन भन्ने वादीको पुनरावेदन रहेछ । ८. शुरू जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने मिति २०३३।३।४ को अञ्चल अदालत राजविराज बेञ्च सगरमाथाको फैसला । ९. उक्त अञ्चल अदालतको फैसला त्रुटिपूर्ण छ पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदनमा अनुमति पाई थपिएको भनेको जग्गाको नम्बर चौहद्दीहरू लेखिएका अक्षरहरू पछि थपिएको भन्ने आभाषसम्म हुने किसिमको मसीको भिन्नता र लिपिको फरक पनि केही देखिन आउँदैन । लिखत लेख्ता कतै मसी केही गाढा र कतै मसी फिका हुन सक्तैन भन्न मिल्दैन । सोही लिखतमा रहेको वादीले आपत्ति नउठाएको अक्षरहरूमा पनि कतै कतै मसी गाढा देखिन्छ । थपिएको भनिएको अंक अक्षरको टाँका लिपि मिलेको देखिन्छ । लिखतको तपसीलमा ठाउँ खाली राखेको भन्ने सम्बन्धमा विचार गर्दा जग्गा कित्ता समेत थप्ने गरी लिखतमा तपसीलमा ठाउँ छाडिएको खाली ठाउँ ऋणी प्रतिवादी लेखपढ गर्न जान्ने निजको सगोलको पति समेत दुवैले थाहा नपाउने गरी दुवै प्रति लिखतमा ठाउँ खाली राखी लिखत भयो होला भन्न र राख्न सकिने अवस्था पनि देखिँदैन । त्यस्तो अवस्था भएको प्रतिवादी तर्फबाट देखाउन सकेको