निर्णय नं. १३८२ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३८२ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असोज अंक: ६ फैसला मिति :२०३७/०६/१७ २३१० निर्णय नं. १३८२ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३४ सालको रि.फु.नं. २८ आदेश भएको मिति : २०३७।६।१७।६ मा निवेदक : जि.रूपन्देही तप्पा बधोर गा.पं. वार्ड नं. ५ विचौवापुर बस्ने कुसुमा मुसल्मान्नी विरूद्ध विपक्षी : लुम्बिनी अञ्चल अदालतका का.मु.अञ्चल न्यायाधीश श्री गणेशप्रसाद उपाध्याय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) अनुसार क्षे.अ.मा पुनरावेदन परेकोमा प.क्षे.अ.ले उक्त अंश मुद्दाको कार्यवाही किनारा गर्नुपर्नेमा नगरी प्रतिवादीबाट पेश भएको तायदातीबाट बिगोले हदमुनि देखिएको भन्न अञ्चल अदालतको अधिकारक्षेत्रभित्र पर्ने तह–तह लु.अं.अ.मा उक्त मुद्दाको कार्यवाही किनारा गर्न पठाएको तथा अञ्चल अदालतले पनि अधिकारक्षेत्र ग्रहण गरी मुद्दाको किनारा लगाएको समेत न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) मा गरिएको व्यवस्थाको प्रतिकूल देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३३।१२।१०।४ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी प्रतिवादी कुसुमा मुसलमान्नीको हकमा का.जि.क्षेत्रपाटी धोविचौर बस्ने रेवन्तमानले चढाएको निवेदनपत्रमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार उपयुक्त मुद्दा दोहर्‍याई दिनु भन्ने मौसुफ सरकारबाट हुकुम बक्सेनुसार दोहरी प्रस्तुत मुद्दा यस फुल बेञ्चमा निर्णयार्थ पेश हुनआएको छ । मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : बाबु अलेमानको ३ छोरा जेठो हविव माहिलो म मुमताज र कान्छो म जुम्मन सहोदर ३ भाइ हो । विपक्षी कुसुमा मुसलमाननी दाजु हविवकी स्वास्नी हुन् बाबु अलमान आफ्ना बाबु जुलमियासँग नमिली विचौवापुरमा गई उखडाको जग्गा भोगी आएकोमा निजको शेषपछि दाजु हविवको नाममा रसिद लिने गरेको थियो । दाजु हविवको शेषपछि सो जग्गाको रसिद विपक्षी भाउजूको नामबाट लिने गरेको र विपक्षकै नाउँबाट विवरण दाखिला गरी क्षतिपूर्ति बुझाई भू–स्वामित्व गरेको, पटवारी श्रेस्तामा पनि भाउजूकै नाउँमा दर्ता भई रसिद निजकै नाउँबाट लिने गरेको । सरसापट र कर्जा तिर्न बापत केही जग्गा सगोलबाट भाउजू मार्फत बिक्री भएको र बाँकी जग्गा मौजूदै छ । विपक्षको छोरा नभई छोरी मात्र भएकी विवाह भइसकेकोले अन्न पात, नगदी समेत लुकाई छिपाई छोरीलाई दिने गरेकोले अंशबण्डा गर्न खोजेकोमा अंश दिन्न जे गर्छौ गर भन्ने जवाफ दिएकोले विपक्षीबाट तायदाती लिई सम्पूर्ण चल अचलको ३ भागको २ भाग अंश दिलाई पाउँ भन्ने जुम्मन समेतको फिराद दावी परेकोमा विचौवापुरमा भारतबाट आई बसेको हविव मुसलमानसँग विवाह भई जीवनयापन गरी बसेको थिएँ भारतको सम्पत्तिले नपुग भई वादीहरू आई किस्मतबहादुर श्रेष्ठका फाँटको उखडा जग्गा जोती आयस्ता खाएको र पछि जग्गा छाडी गएका पछि आई जग्गा थाम्न खोज्दा निजहरू भारतीय ठहरेकाले पलही माझ खण्ड गोश्वारा र पाल्हो माल समेतको भूमिसम्बन्धी कमिटिबाट जग्गा नपाउने भन्ने फैसलामा चित्त बुझाई बसेका र जुन सम्पत्ति उपर किसानको अधिकार छैन त्यस्तो सम्पत्तिलाई पैत्रिक सम्पत्ति भन्न मिल्ने क