निर्णय नं. १३८३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३८३ - लेनदेन भाग: २२ साल: २०३७ महिना: असोज अंक: ६ फैसला मिति :२०३७/०६/१४ २४४९ निर्णय नं. १३८३ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको दे.फु.नं. ४३ फैसला भएको मिति : ०३७।६।१४।३ मा निवेदक : चितवन जिल्ला हाजिपुर गा.पं.वडा नं. ५ बस्ने नाबालक ईन्द्रराज महतो समेत विरूद्ध विपक्षी : जि. चितवन पिठुवा पञ्चायत वार्ड नं. ६ पिठुवा बस्ने एकबहादुर भण्डारी क्षेत्री मुद्दा : लेनदेन (१) वादीको आफ्नो पहिलेको पारित हुन नपाई कपाली भएको भनेको वादी दावीको लिखतको थैली बाँकी राखी अर्को छुट्टै थैली दिई आफ्नो अघिको लिखत भित्रकै जग्गा समेतको जग्गा आफ्नो नाबालख छोराका नाउँमा पास गरी लिने स्थिति नै नहुँदा वादीले पछि छुट्टै अर्को रु.१३०१। थैली दिई आफ्नो नाबालख छोराका नाउँमा जग्गा पारित गराइलिएको भन्ने पत्यारलायक देखिन नआउने हुनाले वादीको अघिको ०२८।६।१ कै लिखत थैली रु.१३०००। मै वादीको छोराको नाउँमा जग्गा राजीनामा गरी ०२९।१२।१४ मा पारित गरी लिएको भन्ने देखिन आएकोले वादी दावी झुठ्ठा ठहर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा म.क्षे.अ.को इन्साफ दोहर्‍याई हेरी पाउँ भन्ने निवेदकको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : विपक्षीले मसँग रु.१३,०००। लिई विपक्षी इन्द्रराजको हकको जि.हाजिपुर गा.पं.वसीको ज.बि.१द्र१।। जमीन ६ महीनाभित्र पास गरी दिने गरी विपक्षी इन्द्रराज नाबालक भएकोले एकाघरका विपक्षी झ्याउरा र छुट्टी भिन्न भएको काका भन्दै महतो समेतले सहिछाप परी ०२८।६।१ मा राजीनामा गरी दिएको म्यादभित्र पास गरी नदिई म्याद गुजारी राजीनामा कपाली गरी दिनुभएकोले सावाँ रु.१३,०००। र ब्याज तथा कोर्टफी समेत विपक्षीहरूबाट भराई दिलाई पाउँ भन्ने समेत एकबहादुर भण्डारी क्षेत्रीको ०३१।३।५ को फिरादपत्र । ३. प्र.मध्येका इन्द्रराजका हकको ज.बि.१।।द्र को रु.१३,०००। मा राजीनामा गरी दिएकोमा विपक्षीले मसँग भनेको सो थैलीमा मेरो छोरा ज्ञानेन्द्रबहादुरका नाउँमा गराई दिनु भनेकोले जि.हाजिपुर वार्ड नं. ५ कि.नं. ८ मध्येको ज.बि.१द्र एक र ऐ. को कि.नं. ४ मध्ये ज.बि.०–२–५ समेत जम्मा जग्गा बिगहा १–२–५ को थैली रु.१३,००१। मिति ०२९।१२।१४ मा मकवानपुर मालबाट पास गरी दिएको हुँ सो तमसुक फिर्ता फट्टा गरी दिनु हवस् भन्दा तमसुक फेला परेन भनी भर्पाई गरी दिएको सो भर्पाई रामनाथलाई राख्न दिएको निजबाट ०३१।२।१ मा लुटपिट गरी म समेतका उपर झुठ्ठा नालेश गरेको हो वादी दावीको रूपैयाँ तिर्नुपर्ने स्थिति छैन भन्ने समेत झ्याउरा र इन्द्रराज महतोको प्रतिउत्तर । ४. पहिलो राजीनामा साहू मात्र बदली त्यही थैलीमा रु.१। बढाई छोराका नाउँमा वादी नै प्रतिवादीबाट ०२९।२।१४ मा जग्गा राजीनामा गरी लिएको भई वादी प्रतिवादीको ०२८।६।१ को कपाली थैली मिलाएको देखिन आएकोले उक्त ०२८।६।१ को लिखत बमोजिमको रूपैयाँको सावाँ ब्याज भराई पाउँ भन्ने वादी दावा पुग्न सक्तैन वादी दावा झुठ्ठा ठहर्छ भन्ने चितवन