निर्णय नं. १३८५ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३८५ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असोज अंक: ६ फैसला मिति :२०३७/०६/०२ २४४९ निर्णय नं. १३८५ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नम्बर १०६६ आदेश भएको मिति : २०३७।६।२।५ मा निवेदक : का.जि. डिल्लीबजार का.न.पं.वडा नं. २१ मा डेरा गरी बस्ने राजकिशोर सिंह विरूद्ध विपक्षी : श्री न्याय सेवा आयोग, सर्वोच्च अदालत भवन, काठमाडौं समेत विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउं (१) बढुवामा स्थान नपाई चित्त नबुझेको उम्मेदवारले आफूले बढुवा पाउने पद आधारहरू भए सो समेत खुलाई उजूर गर्नुपर्ने र उक्त आधारहरूको सीमाभित्र रहेर छानविन गरिसकेपछि निष्कर्षमा उजूरी सुन्ने अधिकारीले सो उजूरीको निर्णय गरी नियमको उपनियम (९) मा उल्लेख भएबमोजिम नामावलीमा संशोधित गर्नुपर्नेमा सो बमोजिम नगरी प्रकाशित भएको ४ जनाको नामावलीमा २ जनाको नाम कायम नै राखी यी निवेदकको नाम बढुवा सूचीबाट हटाइदिने गरी श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालयले गरेको निर्णय कानुनी व्यवस्थाको प्रतिकूल देखिन आएकोले उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली र श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. बासुदेव शर्मा : विपक्ष श्री ५ को सरकारको मिति ०३६।८।२४ को निर्णय तथा विपक्ष न्यायसेवा आयोगको मिति ०३६।८।२७ को संशोधित नामावली सम्बन्धी सूचना समेत बदर गरी निवेदकको बढुवा कायम गर्ने गरी परमादेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पेश हुनआएको मुद्दाको विवरण निम्न बमोजिम छ । २. न्यायसेवा आयोगको मिति ०३५।७।२८ को बढुवा सूचना अनुरूप रा.प.प्रथम श्रेणीको पदको लागि रिट निवेदकले संभाव्य उम्मेदवारमा दरखास्त दिएकोमा रा.प.प्रथम श्रेणीको रिक्त पद ४ मा न्यायसेवा आयोगबाट बढुवाको निमित्त ०३६।५।१ मा सर्वोच्च अदालतको सूचनापाटीमा समेत क्रमशः (१) शिवबहादुर थापा (२) श्री पन्नामान तुलाधर (३) श्री गोपालप्रसाद खत्री (४) श्री राजकिशोर सिंहको नाम प्रकाशित भएको उक्त निर्णयमा चित्त नबुझी श्री बोधरीराज पाण्डेय तथा श्री मदनमोहन जोशीले श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालयमा उजूरी दिनुभएकोमा नेपाल न्यायसेवामा रिक्त राजपत्रांकित प्रथम श्रेणीका पदहरूमा बढुवाका लागि सिफारिश गरी गोरखापत्रको मिति ०३६।६।१ मा प्रकाशित सूचनामा चित्त नबुझी परेको उजूरीमा कारवाही हुँदा क्रमानुसार देहायबमोजिम संशोधित नामावली प्रकाशित गर्ने भनी श्री ५ को सरकारको मिति ०३६।८।२४ को निर्णयानुसार लेखी आएकोले नि.से.नि.३.५.को उपनियम (९) अनुसार यो सूचना प्रकाशित गरिएको छ भनी न्यायसेवा आयोगको सूचना मिति ०३६।८।२७।५ को गोरखापत्रमा प्रकाशित भएको सूचनामा राजपत्रांकित प्रथम श्रेणीमा (१) श्री पन्नामान तुलाधर (२) श्री गोपालप्रसाद खत्रीको नाम उल्लेख भई रिट निवेदकको नाम हटाइएको कुराहरू रिट निवेदनमा उल्लेख गरिएको रहेछ । ३. रिट निवेदन जिकिर : न्यायसेवा आयोगले बढुवा सम्बन्धी सूचना गोरखापत्र वा अन्य पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था तथा बाध्यता नभएकोले आयोगले गरेको ०३५।७।२८।३ को बढुवा सूचना तथा मिति ०३६।५।१ मा प्रकाशित बढुवा हुने उम्मेदवारहरूको सिफारि