निर्णय नं. ९१५८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१५८ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/१०/१५ ४००७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फैसला मिति : २०७०।१०।१५।४ ०६७–CR–१३१५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला तेह्रथुम, ओयाक्जुङ गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय, तेह्रथुममा थुनामा रहेका खोमनाथ दाहाल विरुद्ध प्रत्यर्थी/वादी : गणेशप्रसाद दाहालको जाहेरीले नेपाल सरकार § अपराध गर्नुभन्दा धरै पहिले अथवा अपराध गरी सकेपछि मानसिक रोग लागेको कारणले कसुरदारले कसुरबाट उन्मुक्ति वा छुट पाउन नसक्ने (प्रकरण नं. ४) § स्वयम् प्रतिवादीले, मौकामा बुझिएका व्यक्तिहरूले तथा सहप्रतिवादी एवम् निजकै श्रीमतीसमेतले निज प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भनी कहिं कतै भन्न नसकेको स्थितिमा केवल पुनरावेदन जिकीर लिएकै भरमा मात्र आफूले गरेको आपराधिक क्रियाको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भन्न नमिल्ने । (प्रकरण नं. ५) § दण्ड सजायको १ नं. को कानूनी व्यवस्थाबमोजिम घटना घटेको समयमा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठीक नभएको भन्ने कुराको प्रमाण पुर्याउने दायित्व निज प्रतिवादीमा नै रहने हुन्छ । तर निजले सो कुराको तथ्युक्त र विश्वसनीय प्रमाण पेस गर्न सकेको नदेखिँदा दण्ड सजायको महलको १ नं. बमोजिम सजायबाट छुट पाउने स्थिति र अवस्था नदेखिने । (प्रकरण नं. ६) § गाउँ विकास समितिको कार्यालयको सिफारिसपत्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सिफारिसपत्रमा प्रतिवादी मानसिक असन्तुलन भएको भन्ने व्यहोरा उल्लेख गरिएको भए पनि गाउँ विकास समितिको कार्यालय र नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यक्तिको शारीरिक/मानसिक स्वास्थ्य जाँच गर्ने आधिकारिक निकाय नभएकोले त्यस्ता अधिकार विहीन निकायहरूले दिएका सिफारिसको प्रामाणिक महत्व नरहने हुँदा त्यस्ता सिफारिसका आधारमा यी पुनरावेदक मुद्दाको वारदात हुँदाका बखतमा मानसिक सन्तुलन गुमाएका व्यक्ति भन्न नमिल्ने । (प्रकरण नं. ७) § विशेषज्ञले मानसिक अवस्थाको सम्बन्धमा वैज्ञानिक परीक्षण गरी कारणसहित राय दिएको अवस्थामा मात्र त्यस्तो राय विश्वसनीय हुन्छ र प्रमाणको रूपमा ग्रहण गर्न सकिने हुन्छ । वैज्ञानिक परीक्षण गरी दिएको भन्ने कुरा खुल्न आएको नदेखिएको उल्लिखित रायलाई विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. ८ पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री हरिशंकर कर्ण प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : नेकाप २०६५, नि.नं. ८०२९, ८०३९ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३), अ.बं. १८८ नं. § प्रमाण ऐन, २०३१ को दफा ९(१), १०(१)(क) § मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. सुरू तहमा फैसला गर्ने :– मा.जि.न्या. श्री गुणराज ढुङ्गेल पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या. श्री गोविन्दकुमार उपाध्याय मा.न्या. श्री टेकराज नेपाल फैसला न्या. ज्ञानेन्द्रबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को ९(१)बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मिति २०६५।६।१७ गते दिनको १२:०० बजेको समयमा मेरी श्रीमती देवमाया दाहाल आफ्नै घरमा बसेको अवस्थामा निजकै कान्छी देउरानीबीच घरायसी कुरामा सामान्य भनाभन भएकोमा मेरी कान्