निर्णय नं. ८९१५ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९१५ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०३/२६ ३५६१ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६८–WO–०३५० आदेश मितिः २०६९।३।२६।३ विषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः सिरहा जिल्ला, ठेंगही गा.वि.स. वडा नं. २ घर भई सिरहा जिल्लाकै श्री नि.मा.वि. भुल्केको नि.मा.वि. शिक्षक (तृतीय श्रेणी) को दरवन्दीमा हाल सुन्दर जनता माध्यमिक विद्यालय औरही सिरहामा काजमा कार्यरत सोभितलाल यादव विरुद्ध विपक्षीः अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं समेत § अनुचित कार्य गर्ने पदाधिकारीलाई विधिसम्मत् तरिकाबाट स्पष्टीकरण माग्ने र सो स्पष्टीकरणबाट सन्तुष्ट हुने आधार नभए सो कार्यलाई अनुचित कार्य भनी ठहर गर्नुपर्ने । § अनुचित कार्य भए गरेको ठहरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख बमोजिम सोको दुष्परिणाम सच्याउन सम्बन्धित निकायलाई लेखी पठाउने अवस्था हुने । § अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयबाट जिल्लान्तर सरुवा गरेको कार्यलाई अनुचित कार्य ठहर नै नगरी आफैले सरुवा बदर गर्ने निर्णय गर्ने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नहुने । § आयोगको आफैले सरुवा रद्द गर्ने गरेको निर्णय र सोको कार्यान्वयन गर्न र कामकारवाही ऐनको दफा १२ख को कार्यक्षेत्र भन्दा बाहिर गै शक्तिको अधिक प्रयोग (Use of Excessive Power) भएको देखिन गएकोले सो कार्यलाई कानूनअनुरूपको कार्य मान्न नमिल्ने । § आफूमा रहेको अधिकार भन्दा बढी अधिकार प्रयोग (Use of Excessive Powr) वा अतिक्रमण गरेमा वा नभएको अधिकार प्रयोग गरेमा सो कार्यबाट कसैको संविधान एवं कानूनप्रदत्त हक अधिकारमा आघात परेको देखिन आए त्यस्तो निर्णय वा कामकारवाही बदरयोग्य हुने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद उप्रेती प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख § शिक्षा ऐन, २०२८ को दफा १६ज § शिक्षा नियमावली, २०५९ को नियम ९९ आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा १०७ (२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः म निवेदक मिति २०६०/५/८ मा श्री सत्यदेवी माध्यमिक विद्यालय जुविथा कालिकोटमा निम्न माध्यमिक विद्यालय तहको तृतीय श्रेणीको शिक्षक पदमा स्थायी नियुक्ति भई कार्यरत रहँदै आएको अवस्थामा सरुवा गरिपाउन जिल्ला शिक्षा कार्यालय सिराहामा निवेदन दिएको थिएँ । सो निवेदन उपर जिल्ला शिक्षा अधिकारीज्यूबाट मिति २०६७/२/१८ को निर्णयानुसार मलाई सत्यदेवी माध्यमिक विद्यालय कालिकोटबाट श्री निम्न माध्यमिक विद्यालय भुल्के सिरहामा रहेको रिक्त दरबन्दीमा जिल्लान्तर सरुवा गरी पदस्थापना गरिएको र सोही मितिको निर्णयानुसार सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा काज खटाएबमोजिम हालसम्म सोही विद्यालयमा रमाना लिई हाजीर भई तलब भत्ता समेत खाई हालसम्म कार्यरत रहँदै आएको छु । यसरी कार्यरत रहँदै आएको अवस्थामा एकाएक मिति २०६८/६/२६ मा जिल्ला शिक्षा कार्यालय कालिकोटको मिति २०६८/४/३१ को पत्र प्राप्त भई हेर्दा शिक्षा मन्त्रालयको मिति २०६८/४/३० को पत्रमा “अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८