निर्णय नं. १३८६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३८६ - ज्यान भाग: २२ साल: २०३७ महिना: असोज अंक: ६ फैसला मिति :२०३७/०६/०३ २९०५ निर्णय नं. १३८६ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको फौजदारी पुनरावेदन नम्बर १६५+१६७+१८५+१८६+र १८७ फैसला भएको मिति : २०३७।६।३।६ मा पुनरावेदक : जि. मोरङ गा.पं. कसेनी वार्ड नं. ४ घर भई हाल जि.का.कारागार शाखा का.मा थुनिएको मखान सिंह भन्ने शेरबहादुर लिम्बूसमेत विरूद्ध विपक्षी : ऐ कसेनी गा.पं.वडा नं. ६ बस्ने संग्राम सिंह राईको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) ज्यान मारेको मुद्दामा ज्यानमारा हुनालाई हेरिने तत्त्व मध्ये मनसाय थियो थिएन भनी हेरिने एउटा तत्त्व हुन्छ । यदि त्यस्तो तत्त्व थियो भने ज्यानसम्बन्धीको १३ नं. ले अधिकार गर्छ । त्यसैले ज्यान मार्ने मनसाय भए नभएको थाहा पाउनलाई निजले प्रयोग गरेको हतियार वा कार्यहरूबाट पत्ता लगाइन्छ । जुन हतियार प्रहारको परिणामले मृत्युको सम्भावना अवश्य नै थियो भने त्यसलाई मनसाय गरेको भन्नुपर्छ, यस्तो ख्यालमा राखी उक्त ऐनको १४ नं. मा सजायको व्यवस्था भएको देखिने । (प्रकरण नं. ३८) (२) जिउमा रहेको घा चोटहरूको रूपबाट घातकी हतियारबाट परेको हो भन्ने देखिन आएको नहुँदा ज्यानसम्बन्धीका १४ नं. अन्तर्गतको कसूर यसलाई मान्न परेको छ । त्यस्तो कसूर क–कसले कुन–कुन मात्रामा गरेका हुन् भनी ठहर गर्न मृतकको टाउकोमा सबै भन्दा ठूलो चोट परेको नै मृत्युको कारण हो भनी ठहर गर्न (सो प्रहार यसले गरेको हो भन्ने निश्चय हुन नसकेको–सम्बन्धित प्रकरणबाट राखिएको – संयोजक) अरूले समेत कुटपिट गर्दा संयुक्त रूपमा परेको चोटको वेदना नै एकत्रित हुन गई सोको (Cumulative effect) मृत्यु भएको देखिन्छ । त्यसकारणले चोट छोडनेहरू पृथक–पृथक उक्त १४ नं. को सजाय भागी देखिन आउने । (प्रकरण नं. ३८) (३) प्रतिवादी भिमप्रसाद र रणबहादुरले हात छोडेको हो, लाठी इत्यादिले हानेको हो भनी बकपत्र भएको देखिएन, जब वादीतर्फबाट सबूत पुर्‍याइँदैन भने निजहरूले कसूर गरेको ठहराउन सबूत नपुग्ने । (प्रकरण नं. ४०) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना, ऐ. ऐ. श्री कुसुम श्रेष्ठ, ऐ. अधिवक्ता श्री विश्वकान्त मैनाली, ऐ. अधिवक्ता श्री विष्णुबहादुर राउत, ऐ. अधिवक्ता श्री शम्भुकुमार थापा, विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति २०३५।९।२१ का फैसला उपर प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू समेत जना ५ पाँचको पुनरावेदन सहित पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. मेरो सहोदर दाजु देवानसिं राई मोरङ कसेनी गा.पं.वा.नं. ४ मा खेती हुँदा ०२९।५।२ का दिन बिहान आउँदा मखानसिं भन्ने शेरबहादुर लिम्बू, हरिबहादुर लिम्बू, सनमान गुरुङ, भिम आचार्य, प्रेमबहादुर गुरुको भाइ साइला नाम नजानेको गुरुङ, जयबहादुर लिम्बू, रणे तामाङ, कैलास लिम्बू समेतका २५ जना र अरू नाम नजानेका ७५।८० जनाको जमात भई कुटपिट गरी मारेछन् र साथमा भएको टोटावाल जोर नाले बन्दुक रु.२५००। साईको घडी रु.२५०। पर्ने लगेछन् लास सुरक्षित राखी जाहेर गर्न आएको छु लास जाँच गरी अपराधीलाई पक्राउ गरी कानुन बमोजिम सजाय गरिपाउँ भन्ने संग्रामसिं राईको मिति २०२९।५।३ को जाहेरी रहेछ । ३. ०२९।५।२ को बिहान करीब ९ बजे मन्त्री देवान सिं