निर्णय नं. १३८८ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३८८ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असोज अंक: ६ फैसला मिति :२०३७/०६/२७ २५७८ निर्णय नं. १३८८ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नं. ९५८ आदेश भएको मिति : २०३७।६।२७।२ मा निवेदक : कपिलवस्तु कृष्णनगर घर भई हाल ६।२३० खिचापोखरी बस्ने महान्यायाधिवक्ताको कार्यालयका का.मु.वरिष्ठ सरकारी अधिवक्ताको पदबाट गैरकानुनी बरखासीमा परेको वर्ष ४४ को रतनलाल कनौडीया विरूद्ध विपक्षी : श्री ५ को सरकार, कानुन तथा न्याय मन्त्रालय काठमाडौं, नेपाल समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) एक महिला कर्मचारीले दिएको उजूरी निवेदनको आधारमा (निज उपर) विभागीय कारवाही चलाई सजाय गरिएको पाइए तापनि श्री ५ को सरकारको निर्णय हुनुभन्दा अगावै महिला कर्मचारीले चलाएको बहुविवाह मुद्दा नचल्नसक्ने भनी काठमाडौं जिल्ला अदालतले तामेलीमा राख्ने तथ्य र अंश माना चामल र करकाप मुद्दा अदालतमा दायरै भई विचाराधीन रहेको तथ्य बेञ्च समक्ष प्रस्तुत हुनआएको छ । उक्त तथ्यलाई विपक्षीले खण्डन गर्नसकेको पाइएन । अब तथ्यको विद्यमानताको अभावको उचित र पर्याप्त कारण छ भनी श्री ५ को सरकारले उक्त नियमको प्रयोग गरी निवेदकलाई भविष्यको निमित्त अयोग्य ठहरिने गरी बरखास्त गरेको नियमको गलत प्रयोग गरी गरेकोले त्रुटिपूर्ण देखिने । (प्रकरण नं. २४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली र श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई बेञ्च समक्ष पेश हुनआएको : २. रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम छ : निवेदक २०१६ सालमा अप्रेन्टिसमा नियुक्त भई २०१७ सालमा राजपत्रांकित तृतीय श्रेणीको सरकारी वकीलमा नियुक्त भएको त्यसपछि जिल्ला न्यायाधीश तथा भूमिसुधार विशेष अदालतको न्यायाधीशमा समेत नियुक्ति भई काम गरेको श्री ५ को सरकारले निवेदकको काम तथा आचरण समेतको विचार गरी २०२२ सालमा महान्यायाधिवक्ताको कार्यालयमा राजपत्रांकित द्वितीय श्रेणीको सरकारी अधिवक्ताको पदमा बढुवा गरेको त्यसपछि २०२५ सालमा प्रथम श्रेणीको सरकारी अधिवक्ता पदमा अस्थायी बढुवा, २०२७ सालमा सोही पदमा स्थायी बढुवा गरेको र २०३२ सालमा सरकारी अधिवक्ता राजपत्रांकित प्रथम श्रेणीको पदमा पदाधिकार रहने गरी निवेदक वरिष्ठ सरकारी अधिवक्ता (विशिष्ट श्रेणी) को पदमा का.मु.मुकरर भई इमान्दारी र वफादारी साथ देश नरेशको सेवा गर्दै आइरहेको थियो । ३. निवेदकको सेवाको कदर गरिबक्सी श्री ५ महाराजाधिराज सरकारबाट २०२४ सालमा निवेदकलाई गारेखा दक्षिणबाहु तृतीय श्रेणीको तक्मा प्रदान गरिबक्सेको र निवेदकले गरेको कामको मूल्यांकन गरी २०२८ सालको कार्य सम्पादन सम्बन्धी मूल्यांकन फाराममा असाधारण जनाइएको र २०३० साल श्रावण देखि २०३२ साल आषाढसम्मको कार्य सम्पादन सम्बन्धी मूल्यांकन फाराममा पनि नियमानुसार असाधारण जनाई २०३२ साल श्रावणदेखि ऐ. पौष मसान्तसम्मको मूल्यांकन फाराम नं. १ मा पनि असाधारण जनाउन स्वीकृतिका लागि न्याय सेवा आयोगमा सिफारिश भई गएको थियो । ४. यस्तैमा कानुन तथा न्याय मन्त्रालयबाट निवेदकलाई नि.से.नि.२०१३ को दफा ६(१)(ख) अनुसार पर्चा खडा गरी नि.से.नि.२०२१ को नियम १०.१ को (६) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतया अयोग्य ठ