निर्णय नं. १३८९ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३८९ - लिखत पास भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०६/२८ २१५१ निर्णय नं. १३८९ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय प्रधान न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको दे.पु.नं. २८ फैसला भएको मिति : २०३७।६।२८।३ मा निवेदक : जि. झापा ज्यामीरगढी गा.पं.वडा नं. ९ बस्ने कमलादेवी राजवंशी विरूद्ध विपक्षी : ऐ ऐ. बस्ने हरिनारायण उपाध्याय मुद्दा : लिखत पास (१) दुबै साहुको घरायसमा लिखत भएकोमा हरिनारायणले अदालतमा फिराद दायर गरिसकेको र टिकारामले फिराद दायर गर्ने सुविधा लिई ऐनले दिएकोमा म्यादभित्रै अदालतमा फिराद दर्ता गरेको छ । जुन निर्णयले अदालतमा फिराद गरेको मिति पहिले हुनआएको छ, त्यही तर्कले हरिनारायणले पास गरिपाउँ भनी अदालतमा प्रवेश गरिसकेको समयमा टिकारामले प्रवेश नगरेकोले हरिनारायणको लिखत जेठो ठहर्ने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. हेरम्बराज : सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसलाबाट साह्रै अन्याय पर्न गएकोले मुद्दा दोहर्‍याई इन्साफ जाँच गरिपाउँ भनी कमलादेवी राजवंशीको निवेदन परेकोमा श्री ५ महाराजाधिराज सरकारबाट मुद्दा दोहर्‍याई इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भएअनुसार प्रस्तुत मुद्दामा यस फुल बेञ्चमा पेश हुनआएको छ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : विपक्षी कमलादेवीका पतिलाई रोहवरमा साक्षी राखी मिति ०२८।५।३ का दिन मबाट रु.३३८९४। लिई ज्यामिरगढी पञ्चायत अन्तर्गत वडा नं. ९ को जग्गा बिगहा १३–११–१५ राजीनामा लिखत गरी दिनुभएको म्याद गुजारी पास गरी नदिएकोले पास गराई पाउँ भन्ने समेत मिति ०२८।११।२४ मा वादी हरिनारायण उपाध्यायको फिराद परेको । ३. वादी दावीको जग्गा मैले ०२८।५।२ मा टिकाराम प्रसाईलाई रु.२९०००। मा राजीनामा गरी दिइसकेको छु दोहरो लिखत गरी दिन नहुने कुरा हुनाले लिखत गरी दिएको छैन वादी दावी बमोजिम लेखी गरी नदिएको हुँदा सक्कल देख्न पाए नामाकरण गर्नेछु वादी झुठ्ठा दावाबाट फुर्सद पाउँ भन्ने समेत कमला राजवंशीको प्रतिवादी । ४. मिति ०२८।५।३ को लिखतको सहिछाप मेरै हो दृष्टिबन्धकको कागज भनी हामी लोग्ने स्वास्नीलाई झुक्याई जालसाजबाट फार्सापत्र खडा गरेको हुँदा बदर गरिपाउँ भन्ने समेत कमला राजवंशीको वा.पद्मबहादुरको बयान । ५. कमला र निजको लोग्ने समेत भई राजीनामाको लिखत गरी दिएका हुन् झुक्याई लिखत गरे गराएको होइन भन्ने हरिनारायणको वारेस मेधनाथको बयान । ६. म मुनिलाललाई पनि झुक्याई दृष्टिकागज भनी सही कागज गराई लिएका हुन् जालसाज लिखत खडा गरे गराएमा सजाय गरिपाउँ भन्ने समेतको मुनीलालको बयान । ७. हरिनारायणबाट कमलाले रूपैयाँ लिई राजीनामा लिखत गरी दिएकी हुन् । झुक्याई दृष्टिबन्धकीमा नै सही गराएको होइन भन्ने समेत मानबहादुर खड्का क्षेत्रीको बयान । ८. कमल राजवंशीको जालसाजतर्फको दावी डिसमिस हुने ठहरेकाले यस लिखतको जग्गा ०२८।५।२ गते रु.२९०००। मा प्रतिवादी कमला राजवंशीबाट राजीनामा गरी लिएको पास गरिपाउँ भन्ने टिकाराम प्रसाईको पास मुद्दा र सो ०२८।५।२ गतेको राजीनामा जालसाजबाट खडा गरेको हुँदा सजाय गरिपाउँ भनी यिनै वादीको जालसाज मुद्दा दायर भएको देखिन आएको । जालसाज मुद्दामा जालसाज गरेको नठहरी टिकरामले पास गरिपाउँ भनी