निर्णय नं. १३९० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३९० - जालसाजी भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०६/२८ २२९२ निर्णय नं. १३९० ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको फौ.पु.नं. १५ फैसला भएको मिति : २०३७।६।२८।३ मा निवेदक : जि. झापा काकरभिट्टा गा.पं.वडा नं. ७ बस्ने टिकाराम प्रसाई समेत विरूद्ध विपक्षी : जि. झापा काकरभिट्टा गा.पं.वडा नं. १ बस्ने हरिनारायण उपाध्याय मुद्दा : जालसाजी (१) एकै जग्गा दुई साहूले पाउने भनी दावी गरेको बखतमा जग्गा पाउन निमित्त लिखतलाई जालसाजी भन्न पाउने हो । वादी हरिनारायण प्रतिवादी कमला भएको लिखत पास मुद्दामा हरिनारायणको लिखत पास हुने ठहराई स.अ. डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव ठहराई फुल बेञ्चबाट फैसला भएको टिकाराम प्रसाईले दावी गरेको जग्गा निजले नपाउने भएपछि निज टिकाराम प्रसाईको लिखतले हरिनारायणलाई असर नपर्ने हुँदा प्रमाण लिइरहनु परेन । त्यस्तो लिखत जालसाजी हो होइन भनी तहकिकात गरिरहन आवश्यक नहुँदा वादी हरिनारायणको जालसाजी तर्फको उजूर खारेज हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. हेरम्बराज : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३३।७।८ मा भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई इन्साफ जाँच गरिपाउँ भनी पुनरावेदक प्रतिवादीहरूको निवेदन परेकोमा फुल बेञ्चबाट दोहराई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भएबमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ यस फुल बेञ्च समक्ष पेश हुनआएको छ । २. मुद्दाको संक्षिप्त तथ्य विवरण यस प्रकार छ : विपक्षी कमलादेवी राजवंशीबाट ०२८।५।३ मा मैले रु.३३८७४।– मा निजको नाउँको जग्गा बिगहा १३–११–१५ राजीनामा गराई निजका पति उपेन्द्र राजवंशी समेत साक्षी बसी गरी दिएको कागज पास गरी नदिँदा पास गराई पाउँ भन्ने म वादी हरिनारायण उपाध्यायको फिराद परेको । प्र.कमलादेवी राजवंशी असामी र टिकाराम प्रसाई साहू भई ०२८।५।२ मा भित्रभित्रै मेरो हक मेट्न मलाई लिखत गरी दिएको जग्गा जालसाजबाट अघिको मिति पारी दोहरा लिखत गर्ने गराउने गरी फिराद दिने समेत गरेछन् नभएका झुठ्ठा कुरा भए गरेको भनी कागज लेखी सहिछाप गरी दिने लिने जालसाजी समेत ठहर्ने हुँदा जालसाजबाट दोहरा लिखत गरेकोमा कीर्ते कागजको १८ नं. र लेनदेन व्यवहारको २७ नं. अनुसार आएको छु कीर्ते कागजको १० नं. ले सजाय समेत गरिपाउँ भन्ने वादी हरिनारायणको मिति ०२९।१२।७ को फिराद । ३. वादीलाई मैले राजीनामा गरी दिएको छैन होइन, वादीले म कमला उपर दायर गरेको लिखत पास मुद्दामा के कसरी लिखत गराउनुभएको छ भनी मैले लिखत पास मुद्दाको प्रतिउत्तरमा जाहेर गराएको छु । वादीको दावा साँचो हुँदो हो त निजले जग्गाको सबै कागज पेश गर्नु सक्नुपर्नेमा गर्नसकेको छैन भन्ने कमलादेवी र टिकाराम प्रसाईले कमलादेवीलाई नगद रु.२९,०००।– दिई जग्गा राजीनामा गराई लिएको हुँ वादी दावा झुठ्ठो हो भन्ने मनिलाल र वादीसँग ०२८।२।१३ मा धान मन १ कर्जा लिएको ०२८।५।३ मा नगद रु.३००।– कर्जा लिई सो धान समेत मिसाई ०२८।५।३ मा मेरो पत्नी कमलादेवीका नाउँको ज्यामीरगढीको जग्गा मध्ये दक्षिणतर्फबाट १२ कठ्ठा जग्गाको दृष्टिबन्धक लेखी राखेको छु सही गर् भनी भनेबाट विश्वास परी म र मेरी पत्नी कमलादेवीले सहिछाप गरिदिएको हो त्यही कागज झुक