निर्णय नं. १३९१ - उत्प्रेषणको आदेश जारी गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३९१ - उत्प्रेषणको आदेश जारी गरी पाउं भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०६/१४ २२०४ निर्णय नं. १३९१ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रि.फु.नं. ३२ आदेश भएको मिति : २०३७।६।१४।३ मा निवेदक : का.न.पं.नक्साल नारायण चौर वडा नं. २६ बस्ने साम्राज्य शमशेर ज.ब.रा. विरूद्ध विपक्षी : भूमिप्रशासक भूमिप्रशासन कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउं (१) पहिले परेको निवेदकको निवेदनमा निर्णय गर्न बाँकी नै राखी पछि परेको निवेदनबाट निज निवेदकलाई जग्गाधनी प्रमाण पूर्जा दिने गरेको विपक्षी भू.प्र.को निर्णय कानुनसंगत नदेखिनुको साथै प्रत्यक्ष त्रुटिपूर्ण निर्णय देखिन आएकोले उक्त दुईवटै निवेदनपत्रमा परेको एउटै जग्गाको सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने र पहिले परेको निवेदकको निवेदनमा कानुन बमोजिम निर्णय गरिदिनु भनी परमादेश जारी हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गंगाप्रसाद उप्रेती आदेश न्या. हेरम्बराज : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३४।७।११ मा भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक साम्रज्य शमशेर ज.ब.रा.ले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहोरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : मेरा नाउँमा दर्ता भएको साविक मौजा महाराजगन्ज हाल नं. २४३९ को रोपनी । नापी हुँदा का.न.पं.वडा नं. २२(घ) कि.नं. १११ रोपनी x–९–X र कि.नं. ११८ को रापनी २–७–X जग्गा कित्ता २ को मोहन शमशेरको नाउँ ०२०।५।५।४ मा खारेज गरी मेरो नाउँमा दर्ता भएको जग्गा ज.ध.प्र.पू.पाउँ भन्ने निवेदन । उल्लिखित जग्गाको क्षेत्रीय पुस्तिका उतार गरी हेर्दा जोताहाको व्यहोरामा महाराजगञ्ज मोहन शमशेर ज.ब.रा.को जोत जनिएको सो श्रेस्ता उत्तारबाट मोहन शमशेरका नाउँमा नाम सारी दर्ता देखिनाको साथै हदबन्दी शाखाबाट उल्लिखित जग्गाहरू राख्नेमा परेको भन्ने उत्तारबाट र पञ्चायतको सिफारिश र ०३२ साल तकको मालपोत तिरेको रसीद समेत निवेदकबाट पेश भएको रहेछ । मौजै महाराजगञ्ज हा.नं. २५३ को जग्गा हाल नापी हुँदा नगरपञ्चायत वडा नं. २२(घ) कि.नं. १११ को रोपनी X–९–X कि.नं. ११८ को रोपनी २–७–X जग्गा दर्ता गरिपाउँ भन्ने निवेदन र साविक लगतमा निजकै नाउँमा दर्ता देखिएको र फिल्डबूकमा जोत जनिए तापनि हदबन्दी शाखाको लगत उत्तारबाट पनि उल्लिखित जग्गा राख्नेमा परेको भन्ने लेखि आएको रेकर्डबाट देखिएको का.न.पं.वडा नं. २२ को निमित्त ०३२।७।९ को सिफारिश समेतबाट उक्त जग्गा माग बमोजिम निवेदककै नाउँमा दर्ता गरी प्रमाण पूर्जा दिनेसमेत ठहर्छ भन्नेसमेत विपक्षी कार्यालयबाट निर्णय गरेको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदकले दिएको रिट निवेदनमा एकपटक सो जग्गा साम्राज्य शमशेर समेतले पूर्जा प्राप्त गरेमा मञ्जूरी ज्ञापन गरिसकेपछि तथ्यको प्रतिरोधको प्रतिकूलमा सो कि.नं. ११८ को दावी विपक्षी श्री शारदा शमशेरले गर्नु नहुने र विपक्षी भूमिप्रशासकले आफैंले कारवाही गरी उजूरी गर्ने म्याद समेत निर्धारित गरी दिइसकेको र सर्वसाधारण समेतले जानकारी प्राप्त गरिरहेको कुरामा गम्भीर लापरवाही र कपटी गरी