निर्णय नं. १३९२ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३९२ - ज्यान मार्ने उद्योग भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०६/२८ ३९१४ निर्णय नं. १३९२ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको फौ.फु.नं. १५ फैसला भएको मिति : २०३७।६।२८।३ मा निवेदक : जि. मोरङ डाँगी हात गा.पं.वडा नं. ३ बस्ने डिल्लीप्रसाद सिंखडा समेत विरूद्ध विपक्षी : योगेन्द्रप्रसाद, कमला आचार्यको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान मार्ने उद्योग (१) वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीहरूको नियत ज्यान मार्ने नियत थियो भन्ने देखिँदैन, यस स्थितमा प्रतिवादीहरूले ज्यान मार्न उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यानसम्बन्धीको १५ बमोजिम सजाय गर्न मिल्दैन, वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम कुटपिटमा पर्ने, कुटपिटका महल बमोजिम कारवाई किनारा गर्नुपर्ने । (प्रकरण नं. २०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त श्री ५ को सरकार तर्फबाटःविद्वान महान्यायाधिवक्ता श्री रमानन्दप्रसाद सिंह फैसला न्या. त्रैलोक्यराज : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक प्रतिवादी डिल्लीप्रसाद सिंखडा समेत जवान १० ले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहोरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : दाजु मेघराज आचार्य ०३०।६।१७ गते दिउँसो कामत घर बाहुनीबाट करीब २ बजे हिंडी ३ बजे डागीहाट गा.पं.वार्ड नं. २ बस्ने जबाहिर भन्ने विश्वनाथको घर अगाडि मूल बाटोमा आई पुगेको अवस्था विश्वनाथकै घर गुहालीमा लुकी बसेका टिकाराम ओझा समेतका १६ जनाले मेघराजलाई आ–आफ्ना हातमा भएको खुकुरी छुरी छड लाठीले प्रहार गरी भाग्न उम्कन नदिई कुटपिट चोटपटक पुर्याई मरर्णान्त पारी बेहोस तुल्याई त्यही छाडी गएछन् सम्पतलालले देखि म समेतले थाहा पाई बेहोस भएको मेघराजलाई विराटनगर अस्पताल ल्याई भर्ना गरेपछि ९ बजेतिर मेघराजलाई सोद्धा निजले खोले बमोजिमको व्यहोरा लेखी ल्याएको छु । अरू मेघराजबाट खुलाई पाउँ भन्ने समेत योगेन्द्रप्रसाद र कामतबाट घर आउने भनी साथमा ७०००। रूपैयाँ लिई आउनु भएका पति मेघराजलाई ०३०।६।१७ का दिन टिकाराम समेतले घेरी ज्यान मार्ने मनसायबाट कुटपिट गरी बेहोस भई मरेको भन्ने सम्झी मुखमा माटो वालुवा समेत कोचाई छाडेका रहेछन् बेहोस अवस्थामा पनि मेघराजलाई विराटनगर अस्पतालमा ल्याई भर्ना गरी राखेको छ ज्यान मार्ने उद्योग गरी कुटपिट गरेमा तुरून्त कारवाही गरिपाउँ भन्ने समेत कमला आचार्य समेतको दरखास्त निवेदन रहेछ । ३. ०३०।६।१५ का दिन विराटनगर घरबाट वाहुनी गा.पं.राधानगरमा गई बाली उठाउने काम गरी बिक्री गरिसकेपछि ऐ. १७ गते कामतबाट घरमा आउन भनी दिनको २.३० बजेको समयमा हिडेको ३ बजे विश्वनाथको घर अगाडि बाटैमा डिल्लीप्रसाद समेतले घेरी पक्री कुटपिट गरी ज्यान मार्ने नियत गरेकोले म बेहोस भई मलाई अस्पताल ल्याएछन् मौकैमा श्रीमती कमलाको जाहेरी परेको हुँदा सो बमोजिम ज्यान मार्न उद्योगमा सजाय गरिपाउँ, साथको रु.७०००। र रु.५५०। को नारी घडी निजै टिकाराम समेतका व्यक्तिहरूले ज्यान मार्ने नियतब