निर्णय नं. १३९३ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३९३ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०६/२८ २३३७ निर्णय नं. १३९३ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३३ सालको रि.फु.नं. ३८ आदेश भएको मिति : २०३७।६।२८।३ मा निवेदक : जि. झापा भद्रपुर नगरपञ्चायत वडा नं. २ बस्ने गमनराज आचार्य विरूद्ध विपक्षी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) जग्गा बिक्री वितरणको सूचना प्रकाशित भएपछि हदम्यादभित्र निज मोहीले जग्गा प्राप्तिको लागि निवेदन दिएको नदेखिएकोले भू.सं.नियमहरू, ०२१ को नियम २३ को उपनियम (१) को (क) बमोजिम निज मोहीले जग्गा दावी गर्नसक्ने देखिँदैन तसर्थ भू.सु.का. झापाको सूचना प्रकाशन पछि म्यादभित्र निवेदकले दरखास्त हाली रीतपूर्वक जग्गा प्राप्त गरेकोमा उक्त जग्गा जफत गरी हक नलाग्ने मोहीलाई बिक्री वितरण गर्ने ठहराएको भू.आ.को निर्णय मनासिव नठहर्ने। (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३१।१०।२०।१ को फैसलाबाट अन्याय परेको हुँदा दोहर्याई पाउँ भनी निवेदकको निवेदन परेकोमा श्री ५ को महाराजाधिराज सरकारबाट फुल बेञ्चबाट इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने हुकुम प्रमांगी बक्स भइआएअनुसार प्रस्तुत रिट निवेदन यस बेञ्च समक्ष पेश हुनआएको छ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : जिल्ला झापा चारपाने गा.पं.वडा नं. १ का दर्तावाला दुखासिं राजवंशी र मोही ऐ. बस्ने कानु चौधरी थारुले जोतेको जग्गा बिगहा ११ हदबन्दी भन्दा बढी भई भूमिसम्बन्धी ऐन, २०२१ अनुसार ०२४ सालमा श्री ५ को सरकारले जफत गरी बिक्री वितरण गर्ने सिलसिलामा झापा जिल्ला भूमिसुधार कार्यालयले भूमिसम्बन्धी नियमावली, ०२१ को नियम २३ अनुसार जग्गा बिक्री वितरणको लागि जारी गरेको दरखास्त आव्हान सूचनाको म्यादभित्र मोही हुने कानू चौधरी ऐ. ऐ. बस्ने केदार नाथ खतिवडा र म समेतले ०२४ सालमा दरखास्त गर्दा मोही कानू चौधरीले ज.बि.४–०–० केदारनाथ खतिवडाले जग्गा बिगहा ४–०–० तथा मैले ज.बि.२–१९–५ प्राप्त गरेको थिएँ र उक्त जग्गाको मिति ०२४।५।९।६ मा मैले प्रमाण समेत प्राप्त गरेको छु । ३. मैले जग्गा प्राप्त गरेको ४ वर्षपछि ०२८ साल फाल्गुण महीनामा भूमिसुधार आयोगको अध्यक्षज्यूको झापा जिल्लामा टुर हुँदा कानू चौधरीका छोराहरू पवनलाल चौधरी तथा वलिराम चौधरीले बाबु कानू चौधरीका नाउँमा मोहियानी कायम भएको दुखासिं राजवंशीको हद भन्दा बढी जग्गा बिक्री वितरणमा हुँदा ४ बिगहा बाबु कानू चौधरीले बिक्री वितरणमा पाएको हामी नाबालक छोरा म पवन चौधरीले कमाएको कि.नं. ४ को चार बिगहा जग्गा भू.प्र.का.ख.केदारनाथसँग र म वलिराम चौधरीले कमाएको कि.नं. ०२, ०३ को जग्गा जम्मा बिगहा २–१९–१५ को कित्ताहरू गमनराज आचार्यसँग अनियमित तरिकाले बिक्री वितरण गरेकोले हामीहरूका नाउँमा उक्त जग्गा बिक्री वितरणमा दिलाई पाउँ भनी निवेदन र सनाखत बयान गरेको । ४. चारपाने गा.पं.बस्ने दुखासिंको जग्गा सुकुम्वासी र राजनैतिक परिवारको नाताले ऐ. वार्ड नं. १ को कि.नं. २, ३ को जग्गा बिगहा २–१९–१५ जग्गा बिक्री वितरणमा ०२४ साल आषाढमा प्राप्त गरेको हुँ र अरूलाई अधियाँ कमा