निर्णय नं. १३९४ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३९४ - ज्यान भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०७/०८ २३४० निर्णय नं. १३९४ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३७ सालको फौ.सा.नं. ४२ फैसला भएको मिति : २०३७।७।८।६ मा वादी : (टोपबहादुर चन्दको जाहेरीले) श्री ५ को सरकार विरूद्ध प्रतिवादी : कैलाली चौमाला गा.पं.वार्ड नं. १ गोप्का बस्ने जोखन डगौरा थारु समेत मुद्दा : ज्यान (१) सर्वास्वसहित जन्मकैद गर्ने गरी शुरूबाट निर्णय भएकोमा सो निर्णय उपर निजहरूले पुनरावेदन नगरी बसेको र मर्नेलाई बन्चरोले हानी मारेमा प्रहरीमा र अदालतमा समेत निजहरू सावित भएको देखिएकोले समेत निजहरूलाई सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको शुरूको निर्णय सदर गरी जाहेर गरेको इन्साफ मनासिव । (प्रकरण नं. २३) फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट जाहेरी फैसला भइआएको साधकको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : जि.कैलाली चौमला गा.पं.वार्ड नं. १ गोप्का बस्ने जिमीदार शेरबहादुर चन्दको विधवा श्रीमती हेमाकुमारी चन्द यही भाद्र ८ गते राति घर भूइँतला कोठामा सुत्नुभएको अवस्था राति ३ बजेको समयमा ढोका उघ्रिएको आवाजले डोगली थरुनी निद्राबाट ब्यूझी हेर्दा एकजना लंगौटी र कालो कमीज लगाएको जस्तो मानिस बाहिर गएको देखी हेमालाई उठाउँदा केही चाल नगरेकोले निज डोगली आफ्ना बाबुसँग गई भनेछ निजको बाबु र अरू कमैया समेत हेमाको सहोदर जेठानी चन्द्रकुमारीको घर गई भन्दा गाउँका मानिस समेत गई हेर्दा हेमाको कञ्चट र गालामा सानो बन्चरोले हानेको जस्तो घाउ लागेको र ओछ्यानमा रगत बगेको देखिनाले कर्तव्य गरी मारेको हो भन्ने लागी जाहेरगर्न आएकोछु भन्ने टोपबहादुर चन्दको ०३२।५।९ को जाहेरी दरखास्त । ३. कुलो पानी सम्बन्धमा झगडा भएकोले मार्छु भनी पल्टाले इवी लिएको छ भनी हेमाबाट सुनेको थिएँ त्यसैले पल्टु माथि शंका लाग्छ भन्ने समेत व्यहोराको चन्द्रकुमारी चन्दको प्रहरीमा भएको बयान । ४. हेमाको घरमा गाई चराउने काम गर्छु गते बार थाहा छैन आज ४ दिन भयो डोगली र म खाना खाई सुतेका आधा रात डोगलीले मलाई उठाई हेर्दा १ जना नचिनेको थारु मानिस देखेर डोगली जिमीदारनी हेमालाई उठाउँदा नबोलेकोले जिमीदारनीको सिरानीको लाईट झिकी हेर्दा टाउकोमा घाउ देखिएकोले डरले आफ्नो घर गई बाबुलाई भनेको हुँ भन्ने समेत बुधराम थारुले प्रहरीमा गरेको बयान । ५. म जिमीदारनीको घरमा काम गर्न बसेको ६ बर्ष भयो ०३२।५।८ गते साँझ जिमीदारनी हेमा र कोठारको कमैया बुधराम थारु समेतले खाना खाई भूँइतलामै सुत्यो । रातमा म सुतेको खटियामा धक्का लागेकोले म ब्यूँझेर बुद्धरामलाई उठाई के भयो भनी हेर्दा बाहिर पट्टीको ढोका खुला रहेको र ढोकाबाट हाम्रो गाउँको जोखन डगौरा थारु बाहिर निस्की जान लागेको देखे निजको हातबाट टगारीको बिँड वा हँसियाको बिँड समेत देखेँ के भएछ भनी जिमीदारनीलाई बोलाउँदा केही चाल नगरेकीले जिमीदारनीकै सिरानको लाइट बाली हेर्दा निज हेमा कञ्चट काटिएको घाउ देखिएको र दौडेर घर गई बाबुलाई भनेँ निज जोखन डगौरा कोठारबाट भागेको भनी मैले भनेमा निजले मलाई मार्छ कि भनी कसैलाई भनेको थिएन भन्ने डोगली थारुनीले प्रहरीमा गरेको बयान । ६. यही भाद्र ८ गतेका दिन पल्टु थारुको र मृतक हेमाकुमारीको कुलो पानीमा झगडा भएको रहेछ र पल्टुले निजलाई मारिदिनुपर्छ भनी मसँग आई भनेकोले सल्लाहा ग