निर्णय नं. १३९७ - प्रतिषेधको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३९७ - प्रतिषेधको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३७/०६/०३ २१११ निर्णय नं. १३९७ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको रिट नम्बर ७३५ आदेश भएको मिति : २०३७।६।३।६ मा निवेदक : जि. रूपन्देही ठर्की गाउँ पञ्चायत वडा नं. ३ मौजे वाडाबलिया बस्ने अबधनाथ मिश्र विरूद्ध विपक्षी : जि. रूपन्देही ठर्की गाउँ पञ्चायत वडा नं. ३ बस्ने रामलाल मिश्र समेत विषय : प्रतिषेधको आदेश जारी गरिपाउं (१) नागरिकता ऐन, २०२० को संशोधिन सहितको दफा १० को उपदफा ३(क) ले श्री ५ को सरकारलाई नागरिकता प्रमाणपत्र रद्द गर्ने अधिकार दिएकोमा आदेश बेगर प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक काम कारवाही उठाएको अधिकारबिहिन देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश, पूर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३६।४।१३।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : विपक्षी नं. १ मेरो बाबु हुनुहुन्छ म नाबालक हुँदा नै मेरी आमा अवधराजी स्वर्गीय हुनुभएकोले मेरो प्रतिपालन स्याहार सम्भार बाबु र मावली पट्टीबाट हुँदै आएको थियो । वालिग भएपछि प्र.नं. १ बाबुले नै मेरो विवाह ब्रतबन्ध आदि सामाजिक कार्य गर्नु भई विवाह भएको देखि नै बाबुसँगै बस्दै आएको थियो मिति ०३५।७।१ का दिन म लगायतका मेरा जहान परिवार समेतलाई इज्जत आमद अनुसार खान लाउन नदिई घरबाट निकाला गर्नुभएकोले अंश दिलाई पाउँ भनी मिति ०३५।७।२८ का दिन प्रतिरक्षी नं. १ बाबु माथि रूपन्देही जिल्ला अदालतमा ०३५ सालको दे.दा.नं. ७१३ को अंश मुद्दा दायर गरेँ प्र.नं. १ को नाउँमा रू.जि.अ.बाट इतलायनामा जारी भइसकेपछि अंश मुद्दा दिएको कुरा थाहा पाउनु भई म माथि श्री अधिकारीज्यू समक्ष अंश मार्ने हेतुले गैरनागरिक भनी मिति ०३५।८।२० मा उजूरी दिनुभयो अर्कोतिर प्र.नं. १ ले रू.जि.अ.मा प्रतिउत्तरपत्र दायर गर्दा निजको छोरा होइन भनी सम्बन्धमा विवाद उठाई प्रतिउत्तरपत्र दाखिल गर्नुभयो मैले नागरिकता विवरण टोली मार्फत बाबुको नाउँ प्रतिरक्षी नं. १ उल्लेख गरी प्र.नं. २ ले सो कुरा प्रमाणित गरी गा.पं.समेत बुझी पाएको नागरिकताको अस्थायी निस्सा र जि.अ.नि.को आधारमा अधिकारीले दिएको नेपाली नागरिकताको प्रमाणपत्र सक्कलै र प्र.नं. १ बाबु देखिने अन्य कागजपत्र सबूत प्रमाण सहित दाखिल गरी नाता सम्बन्धतर्फ निज मेरो बाबु हो भनी बयान गरेँ । ३. नागरिकताको प्रमाणपत्र, प्रमाण ऐन, २०३१ को दफा ६ अन्तर्गतको अकाट्य तथा निर्णायक प्रमाण भएकोले नागरिकता प्रमाणपत्र विदेशी भनी बदर गराउन पाएमा नाता सम्बन्धमा विवाद उत्पन्न भई अंश दिन नपर्ने षडयन्त्र सूचना गरी प्र.नं. १ र २ को मिलोमतोबाट अधिकारीले गैरकानुनी ढंगबाट चलाएको गैरनागरिक मुद्दामा मिति २०३६।२।१९ का दिन अधिकारीको कार्यालयबाट पक्षपातपूर्ण ढंगबाट सरजमीन गराइयो सरजमीनमा प्र.नं. २ को मिलोमतोका व्यक्तिहरू मात्रबाट म गैरनागरिक हो भनी एकतर्फी सरजमीन गराइयो र श्री अधिकारीको कार्यालयबाट गएका कर्मचारी समेत मिली मबाट करकापसँग सरजमीनमा सही गराइयो । प्र.नं. २ ले सरजमीनमा