निर्णय नं. ३८१६ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८१६ - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०५/०६ २०९० निर्णय नं. ३८१६ ने.का.प. २०४६ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.ई.नं. ८५ फैसला भएको मिति : २०४६।५।६।३ मा पुनरावेदक/प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला बाँसवारी गाउँ पञ्चायत वडा नं. २ बस्ने शिवलोचन नेपाल विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने गणेशबहादुर नेपाल खत्री डिभिजन बेञ्चमा मतैक्य नभई २०४४।७।१५।१ मा फैसला भएको । मुद्दा : जग्गा खिचोला § विवादित जग्गामा मेरो यो यस कारणले हक हुन आएको भनी राजीनामा दर्ता प्रमाण लगायतका ठोस सबूद प्रमाण वादीले पेश गर्न नसकेको हुँदा खिचोला गर्यो भन्ने वादी दावी मिलेको नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री माधव वास्कोटा फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी संयुक्त इजलासमा पेश हुँदा मतैक्य हुन नसकी निर्णयार्थ पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. १९ नं. सिन्धुमौजे आँपचौर गिन्हारीबोटे खेत जम्मा माटो ।२२।१५ को कित्ता एक र ऐ. माटो ।१०।६ को कित्ता १ मध्ये भिन्न हुँदा आधा दाजु पुण्यप्रसादको भागमा र आधा माटो ।११।७।४ र ।५।३ को दुई कित्ता गिन्हारीवोटे खेत एकै चक्ला भई पूर्व इन्द्रावती गंगा, पश्चिम मोटर हिंड्ने मुल बाटो उत्तर दाजु पुण्यप्रसादको भागको आधा खेत, दक्षिण ऐ.दाजु पुण्यप्रसादको खेत, यति ४ किल्ला भित्रको जग्गा मेरो भागमा परेकोमा उक्त मेरो भागमा परेको माटो ।११।७।४ र माटो ।५।३ को खेत बाबु पूर्णदत्तले मुक्तिनाथलाई रु. ९९।– मा ८८ सालमा बन्धकी दिई राख्नु भएको र लगाएको ऋण समेत बण्डा गर्दा उक्त थैली समेत मैले तिर्न पर्ने भई त्यस बखत निखन्न नसकी २००१ सालदेखि नै विदेशतिर गएको म २०२४ साल आश्विनमा घर आइपुगेपछि बन्धकी जग्गा फिर्ता देउ भन्दा तिम्रो बाबुको दर्ताको तिम्रो अंशको जग्गा हो फिर्ता दिएँ, तिमीले नै भोगचलन गर २०२४ सालको बाली म नै खान्छु भनी कागज चेतल गरिदिएकोले हालसम्म जग्गा भोगचलन गरिआएको छु मिति २०३०।३।२० गते विपक्षी शिवलोचनले अरु खेताला समेत लिई धान गोडिरहेको देखी किन गोडछौं भन्दा अब देखि म नै कमाई खान्छु भनी खिचोला गरेकोले फिराद गर्न आएको छु भन्ने समेत व्यहोराको फिरादपत्र । ३. राजीनामाबाट भोग तिरो गरेको जग्गा हो । भोगबन्धकी लिएको जग्गा होइन । वादीको सबै व्यहोरा झुठ्ठा हो । २०२५ सालदेखि विपक्षीले भोगचलन गरेको भन्ने भनाई झुठ्ठा हो । आषाढ महीनामा धान गोड्ने समय नै हुँदैन । धान केवल भाद्र महीनामा मात्र गोड्ने काम हुन्छ । यस प्रकार अव्यवहारिक काल्पनिक बनावटी भन्ने स्वयं वादी लेखले नै प्रष्ट गरेको छ । त्यसो हुँदा वादीको लेखाई अनुसार वादीको हकै नभएको जग्गामा वादीले धान बाली लगाउने प्रश्न पनि छैन । वादी दावा भएको जग्गा विपक्षीका बाबु वा विपक्षी कुनै कसैको हक छैन । बिना हक अधिकार दिएको फिराद हुँदा खारेज गरी झुठ्ठा फिराद गरेमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादी दावीको खेत कित्ता २ वादी गणेशबहादुरको हकको भन्ने कुरा स्पष्ट र यकीन हुन आयो । मेरो हकको भनी प