निर्णय नं. १३९८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३९८ - लेनदेन भाग: २२ साल: २०३७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३७/०७/१९ २९५१ निर्णय नं. १३९८ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको दे.फु.नं. ३० फैसला भएको मिति : २०३७।७।१९ मा पुनरावेदक : का.जि.नक्साल भगवतीबहाल वार्ड नं. २६ बस्ने बिलायतमान सिंह मास्के विरूद्ध विपक्षी : नेपाल राष्ट्र बैंकको तर्फबाट का.जि.डिल्लीबजार बस्ने बटुकृष्ण तिवारी मुद्दा : लेनदेन (१) तत्कालीन मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई २०२० साल भाद्र १ गते देखि प्रचलित नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ९ नं. मा व्यवस्था गरी सो ऐनमा उल्लिखित कुरामा उजूर गर्ने हदम्याद उक्त नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ११ नं. ले २ वर्षको हदम्याद तोकिएको हुँदा सो म्यादभित्र फिराद गर्ने हदम्याद नतोकिएको जहिले पनि फिराद गर्न पाउने तत्कालीन बाँकी नतिर्नेको १७ नं. को कुरामा फिराद लाग्दैन भन्न मिल्ने नदेखिएकोले नयाँ मुलुकी ऐन लागू भएको मितिले बाँकी नतिर्नेको ११ नं. का म्याद २ वर्षभित्रकै दर्ता भएको–फिराद हदम्याद भित्रकै देखिने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३६।३।३१।१ मा निर्णय हुँदा सो बेञ्चका माननीय न्यायायधीशहरूको राय मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : ने.रा.बैंक तहवील जाँच हुँदा रु. ५०,०००।– नपुग भएकोमा विपक्षी क्या.बिलायतमान सिंह र मेनेजर श्रीकण्ठ नारायण समेत उपर विशेष पुलिस विभागबाट अनुसन्धान भई मुद्दा दायर भएकोमा भ्र.नि.ऐन अन्तर्गत अदालतबाट ०२१।१।१४ मा विपक्षी क्या.बिलायतमान सिंहले तहवील रु. ५०,०००।– मासेको ठहराई निजलाई जरीवाना समेत गरी फैसला भएको सो तहवील मसौटको अभियोगमा ०१६।१०।२१ मा क्या.बिलायतमानलाई सस्पेण्ड गरिएको र बैंकको तहवील बुझ–बुझारथ गर्दा पुनः रु. ७,१६६।५४ भा.रु. २,३१४।– को १६० का दरले हुने रु. ३७०२।४० गरी जम्मा रु. १०८६८।९४ निजले दाखिल गर्न नसकेकोले निजका नाउँमा बैंकको सण्ड्रीडेटर्स हिसाबमा उक्त रकम बाँकी भएको बराबर ताकेता गर्दा पनि दाखिल गर्न ल्याउनुभएको नहुँदा सो रु.१०८६८।९४ निजबाट दिलाई भराई पाउँ भन्ने समेत नेपाल राष्ट्र बैंकतर्फबाट बटुकृष्ण तिवारीको मिति ०२२।४।३२ मा फिराद परेको रहेछ । ३. विपक्षीको दावी बाँकी नतिर्नेको ११ नं. को आधारमा आएको देखियो । कुन मितिमा बुझ–बुझारथ हुँदा रकम नपुग हुनआएको हो नालेशमा कतै उल्लेख छैन । बाँकी नतिर्नेको ९ नं. मा लेखिएको विषयमा कारवाई चलाउने हदम्याद बाँकी नतिर्नेको ११ नं. ले २ वर्षपछि नालिश दिने कानुनी अधिकार विपक्षीलाई छैन । पदको हैसियतले काम गर्दा पर्नआएको नोक्सानी व्यक्तिगत दावा गरी लिन ने.रा.बैंक ऐन, ०१२ को दफा २९ ले दिँदैन । लेनदेन व्यवहारको ऐनको रीत पुगेको लिखत छ भन्नसकेको छैन विपक्षले बैंकको सण्ड्रीडेटर्समा मेरा नाममा बाँकी राखी दावी गरेको भए बाँकी नतिर्नेका ११ नं. ले २ वर्षभित्र मुद्दा चलाउन सक्नुपर्ने सो ऐन बमोजिमको मुद्दा अ.बं.९ ले फौजदारी हो भनी बताएको छ फौजदारी र देवानी समावेश गरी एउटै नालेशबाट कारवाई चल्न नसक्ने । बिना अपराध मैले दाखिल गर्न नपर्ने रकममा म उपर