निर्णय नं. १३९९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३९९ - ज्यान भाग: २२ साल: २०३७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३७/०७/१४ २२८७ निर्णय नं. १३९९ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको फौ.पु.नं. १३९ फैसला भएको मिति : २०३७।७।१४।५ मा पुनरावेदक : बाग्लुङ जिल्ला तित्याङ गा.पं.वार्ड नं. ५ डिही डाँडा पोखरे घर भई जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेका कर्णबहादुर खत्री क्षेत्री विरूद्ध विपक्षी : पहलसिंहको जाहेरीले श्री ५ को सरकार मुद्द : ज्यान (१) मृतकसँग ज्यान लिने इवीलाग वा मनसाय भएको मिसिल प्रमाणबाट देखिन नखाएको अभियुक्तले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिए पनि त्यसैद्वारा ढुंगाले हानी लागेको चोटबाट निधारमा रगत जम्न गई मरेको देखिन आएकोले अभियुक्तले ढुंगाले हानेको चोटबाट ज्यानसम्बन्धीको ५ नं. अनुसार भवितव्य भई मरेको ठहर्ने । (प्रकरण नं. २१) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा ज्यानसम्बन्धीको १४ नं. को त्रुटि देखिएको भनी पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको विवरण निम्न अनुसार छ । २. ०३१।११।२७ गते रात सिली खेतमा रमिता हेर्न गएकोमा अन्याय कर्णबहादुर जंग जोगीसँग झगडा गरिरहेकोमा किन झगडा गरेको भन्दा निज कर्णबहादुरले मेरो दाहिने आखाँमाथि आँखी भौंमा हानी ठाउँ–ठाउँमा कुटपिट गरी भागे कुटपिटतर्फ पछि उजूर गर्ने छु घाजाँच गराई पाउँ भन्ने समेत ०३१।११।२८ को मर्ने मिनबहादुर खड्काको प्रहरीमा दिएको दरखास्त । ३. काटेको घाउ ३५ दिनभित्र निको हुने भन्ने समेत घा जाँच केश फाराम । ४. ०३१।११।२७ गते पहिले हेर्न गएको काका मिनबहादुरलाई कर्णबहादुरले कुटेकोमा घा जाँच भएको सोही चोटपिरले काका ०३१।१२।३ गते मुत्यु भएकोले अपराधी पक्राउ गरी लास जाँच मौका तहकिकात गरिपाउँ भन्ने समेत ०३१।१२।४ को पहलसिंह खड्काको जाहेरी दरखास्त । ५. मेरो लामाचौर घरको छिमेकी मिनबहादुर खड्का क्षेत्री ०३१।११।२७ को राती सिलीखेतमा जात्रा हेर्न गएको अवस्था कुटपिट भई औषधी गर्न आएको भनी बाग्लुङ अस्पतालमा उपचार गर्ने अवस्थासम्म डेरा देउ भनेकोले मेरो बाग्लुङको घर डेरा गरी बसी औषधी गर्न अस्पताल जाने गरेको थिए । ०३१।१२।३ गतेको राति पिसाव गर्न बाहिर निस्केछन् के भई बाहिर पल्टिरहेका रहेछन् के भो भनी बोलाउँदा नबोलेको नाडी राम्रै आउने गरेकोले मेरै घर भित्रपट्टि छिँडीमा सुताई हामी सुत्न गयौं बिहान उठी हेर्दा निज मिनबहादुर मरिरहेकोले लासजाँच गरिपाउँ भन्ने समेत ०३१।१२।४ को पदबहादुरको जाहेरी दरखास्त । ६. सिलीखेतमा शिवरात्रीको मेला लाग्ने हुँदा साथी पिपा चक्रबहादुर टेकबहादुर र म समेतको सल्लाह भई रातको ८:३० बजे त्यहाँबाट बजार गई रक्सी खायौं र जात्रा लाग्ने ठाउँतर्फ गयौं सो जात्रा लाग्ने सिलीखेतमा पुग्दा ९:३० बजेको हुँदो हो मलाई कसले हो सानो ढुंगाले हानेकोमा रिस उठी मिनबहादुरलाई ढुंगाले हिर्काएँ निजलाई दायाँ आँखीभौंमाथि सो ढुंगा गई लाग्यो र जमीनमा लड्यो पछि उठी मलाई लछारपछार पार्न लाग्दा मैले बलका जोरले ३।४ घुस्सा हिर्काएँ र मिनबहादुरका नचिनेका साथीहरूले पक्रेकोमा ३ बजेतिर छाडिदिए र सो २८ गते बिहान ५ बजे व्यारेक आई पुगेँ आफ्नो काम सकी मैंले पिटेको मान