निर्णय नं. ३८१८ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८१८ - जालसाजी भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०४/३१ २०७० निर्णय नं. ३८१८ ने.का.प. २०४६ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. २६ फैसला भएको मिति : २०४६।४।३१।३ मा डिभिजनबेञ्चबाट फैसला मिति : २०४३।५।२९।१ निवेदक/वादी : जाजरकोट जिल्ला खलङ्गा आदर्श गा.पं. वडा नं. २ बस्ने दिपकजंग शाह विरुद्ध विपक्षी/प्रतिवादी : सल्यान जिल्ला काला गाउँ गा.पं. वडा नं. ३ बस्ने यज्ञविक्रम शाह मुद्दा : जालसाजी § लिखतलाई नै वादीले हकको श्रोत देखाएकोमा सो लिखतबाट घर प्राप्त गरेको भन्ने नदेखिँदा वादी दावी तथ्ययुक्त देखिन नआउने । (प्रकरण नं. १८) § विवादित घर दाज्यूको शेषपछि पाई बिक्री गरी लिनु दिनु गरेको कार्यलाई वादी दावी बमोजिम जालसाजी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १८) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कुलदेवराज शाही फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४३।५।२९।१ मा भएको फैसला दोहर्याई हेरी दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स पाउँ भनी वादी दिपकजंग शाहले चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको जालसाजी मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भएको छ भनी मौसूफका विशेष जाहेरी विभागबाट लेखी आए बमोजिम पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०३९ सालदेखि मेरो हकभोग चलनमा आई भोग गरी रहेकोमा विपक्षीहरुले मेरो हक मेटाउने गरी घर कर तिरेको रसिद गा.पं. सचिव खीमबहादुरले गरिदिने सो रसिदको प्रमाण दिई दिर्घजंगले उक्त मेरो समेत हक लाग्ने समुच्चा घर यज्ञविक्रमलाई राजीनामा गरिदिने र निज यज्ञविक्रमले लिने गरी जालसाजी गरी ठुलो पहरो सो पूर्व रीठा रुखको दक्षिण हिराजंग सो उत्तर, तेजविक्रमको बारीबाट पश्चिम यति चारकिल्ला भित्रको ४६ हात लम्बाई १६ हात चौडाई भुईतला समेत ४ तला १७ कोठा २ कवल इँटको छाना ढुङ्गाको गारो भएको समुच्चै घर मध्ये दक्षिणतर्फको आधा घर मेरो हक लाग्नेमा हक मेट्ने मेटाउने उद्देश्यले राजीनामा भित्र पारी जालसाज गरेकोले कीर्ते कागजको १० नं. बमोजिम विपक्षीलाई सजायँ गरी मेरो हक रजिष्ट्रेशन बदर गरिपाउँ भन्ने दिपकजंगको फिरादपत्र । ३. प्र.पं. हरिप्रसादको तोक अनुसार पञ्चायत वडाका व्यक्ति घर कर बुझाउने गरिआएको हुँदा वडा नं. २ थाप्ले बस्ने कृष्णबहादुर, ढालकुमारी, गणेशबहादुर दिर्घजंग घर कर बुझाउन आएकोले बुझी भर्पाई गरिदिएको हुँ मैले जालसाजी गरिदिएको होइन भन्ने समेत प्र. खीमबहादुर शाहको प्रतिउत्तरपत्र । ४. जाजरकोट थाप्लेको घर तपाईले आफूखुस गर्नुहोस् हामी केही हक खिचोला गर्ने छैनौं भन्ने शर्त गरेकाले घर कर रकम बुझाई यज्ञविक्रमलाई बिक्री गरेको हुँ, वादीको हक पुगेको घर हक मेट्ने नियतले घर कर बुझाई बिक्री गरेको होइन भन्ने समेत दिर्घजंगको प्रतिउत्तरपत्र । ५. शक्तिवरजंग शाहको शेषपछि १९८९ सालमा चक्रबहादुर शाहका नाउँमा घर धुरी दर्ता भई निजको र निजको भाइ दिर्घजंग शाहको हक भोगचलनमा रहेको घर दिर्घजंग शाहलाई रु. १२,०००।– दिई घर लिनु द