निर्णय नं. १४०० - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४०० - ज्यान भाग: २२ साल: २०३७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३७/०७/१२ २२२१ निर्णय नं. १४०० ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको पु.नं. १२६ फैसला भएको मिति : २०३७।७।१२।३ मा पुनरावेदक : लुम्बिनी अञ्चल गुल्मी जिल्ला मार्से गा.पं.वार्ड नं. ७ गोलडाँडाको घर भई हाल केन्द्रीय कारागार पाल्पामा थुनामा रहेको गिरीप्रसाद आलेमगर विरूद्ध विपक्षी : (भक्तबहादुरको जाहेरीले) श्री ५ को सरकार मुद्दा : ज्यान (१) बक्सिङ हानेको रिसमा एकैपटक चुप्पी रोपेको मर्मस्थानमा पर्न गई ज्यान मर्न गएको देखिएको यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाउन पर्ने राय जाहेर गरेको मनासिव देखिएकोले अभियुक्त पुनरावेदकलाई १० वर्ष मात्र कैद हुने । (प्रकरण नं. १२) फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर प्रतिवादी गिरीप्रसादको थुनाबाट पुनरावेदन परी फौजदारी पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : ०३३ साल माघ ११ गतेका दिन पाल्पा गोठादी गा.पं.वडा नं. ७ हातीकोट गाउँकै मेरो ज्वाईं रामबहादुरको घरमा सत्यनारायणको पूजा भएको हुँदा कथा सुन्नको लागि मेरो भाइ मनबहादुर समेतका अन्य मानिसहरू पनि भेला भएका थियौं पूजा सकिएपछि प्रसाद बाँड्न शुरू भएपछि ज्वाईं रामबहादुरको घरभित्र आई मनबहादुर गिरीप्रसाद आलेमगर आगो ताप्दै रहेछन् र बाहिर निस्कदै गर्दा अचानक भाइ मनबहादुर ढोकाको सामन्ने आँगनमा बज्रियो पछि किन लड्यो भनी हेर्दा बायाँपट्टि छातीबाट रगत बगेको देखी के भयो भनी हल्ला गर्दा निज गिरीप्रसाद आले मगरले छुरी हानी भागेछ भागी बेपत्ता भएपछि थाहा भयो भाइ मनबहादुरको घटनास्थलमा नै मृत्यु भएको हुँदा सो लासलाई कुरुवा राखी चौकीमा खबर गरेँ अपराधी गिरीप्रसाद आले मगरलाई कानुन बमोजिम कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको ०३३।१०।१४।४ को भक्तबहादुरको जाहेरी दरखास्त । ३. ०३३ साल माघ ११ गते रामबहादुरकहाँ सत्यनारायणको पूजा छ भनी झाब्रे गाउन भनी गएको थियो रामबहादुर लामिछाने मगर नचिनेको आइमाई र लोग्ने मान्छेहरू रामबहादुरको घरभित्र रक्सी खाई गीत गाएर बसेका थिए रातको अं.२ बजे रामबहादुरको साहू भाइले हजूरहरू बाहिर जानुहोस् भनेपछि बाहिर निस्कँदा घरको ढोकानेर मनबहादुरले मेरो छातीमा मुड्कीले हिर्काएपछि मैले पनि गोजीबाट चुप्पी निकाली मनबहादुरको छातीमा हिर्काएको हुँदा त्यसैको पीरबाट मृत्यु भएको हो भन्ने समेत गिरीप्रसाद आले मगरले प्रहरीमा गरेको कागज । ४. मर्ने मनबहादुरको र कर्तव्यवाला गिरीप्रसाद आले मगरको बीच पुरानो रिसइवी केही थिएन उसै बखत उठेको रिसले गिरीप्रसादले चक्कुले मनबहादुरको छातीमा हान्दा मृत्यु भएको हो भन्ने समेत सरजमीन मुचुल्का । ५. अभियुक्त गिरीप्रसादले मनबहादुरलाई उसै बखत धक्का–धक्कीको अवस्था उठेको रिसले फलामको चक्कू प्रहार गर्दा मनबहादुरको मृत्यु भएको देखिएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय १ अनुसार कारवाही भई सजाय हुन प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन । ०३२।१०।११ गते रामबहादुरकहाँ सत्यनारायणको पूजा भएकोले झाब्रे गाउन भनी गएको थियो मनबहादुर र अरू नचिनेका आइमाई रक्सी खाएर रामबहादुरको घरभित्र गीत गाइरहेको बेला म समेत बाहिर निस्कँदा मनबहादुरले ढो