निर्णय नं. ३८१९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८१९ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०१/०४ २१५१ निर्णय नं. ३८१९ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५७४ सम्वत् २०४४ सालको फौ.पु.नं. ६०२ सम्वत् २०४४ सालको फौ.पु.नं. ५५३ सम्वत् २०४४ सालको फौ.सा.नं. १४४ फैसला भएको मिति : २०४६।१।४।१ मा पुनरावेदक/वादी : शेरबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. पाँचथर याशोक गा.पं.वडा नं. ६ बस्ने देवमान लावतीसमेत पुनरावेदक/प्रतिवादी : पाँचथर कारागारमा थुनामा बसेको पञ्चबहादुर बल तामाङसमेत विरुद्ध विपक्षी/वादी : शेरबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान § मानिस मारेको कुरा थाहा भएर पनि जाहेर नगरेको देखिन आएको तर लास दबाउने कृया गरेको प्रमाणित हुन नसकेको देखिँदा ज्यानसम्बन्धीको २५ नं. अनुसार निजहरुलाई सजायँ गर्ने । (प्रकरण नं. ४९) § पूर्व योजना मनसाय रिसइवी देखिन नआएको रक्सी खाइराखेको बेलामा झगडा भई आवेशमा आई कुटपीट गर्दा मृत्यु भएको उक्त उल्लिखित आधार प्रमाणहरुबाट समेत देखिन आएकाले ज्यानसम्बन्धीको १४ नं. अनुसार दश (१०) वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. ५२) वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री सूर्यप्रसाद राई प्रतिवादी तर्फबाट : विद्वान व.अ. श्री कृष्णप्रसाद पन्त, वि.अ.श्री माधव बास्कोटा र वि.अ.श्री हरिहर दाहाल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट र उल्लिखित प्रतिवादीहरु समेतको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. २०४०।११।२५ गते बेलुका तेजेन्द्र दाहाल हराएकोले तेजेन्द्रकै काकाले खेतमा पानी लगाउन जाँदा कुटेर मारी राखेको देखी हामी सबैलाई खबर गरेकोले लास सुरक्षित राखी जाहेर गर्न आएको छु । ज्यान के कसरी कस्ले मार्‍यो भन्ने सम्बन्धमा रामप्रसाद फेउदिन, लोकबहादुर, लैनबहादुर र निजहरुकै भानीज साइँला पञ्चबहादुर तामाङ समेतले कुटी मारेको शंका लाग्छ । कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरी दर्खास्त । ३. छ्यागुबाट पूवा याशोक जाने बाटोबाट ३० गज मुनि जगतमनिको बारी पश्चिम धानेसिं तामाङको घरबाट ५० गज पूर्व समेत ४ किल्लाको पश्चिम चारैतर्फबाट नदेखिने खोल्सामा लास रहेको कालो जुत्ता निलो मोजा लगाएको निलो जीनको पाइन्ट लगाई दाहिने खुट्टा जमीनमा बायाँ खुट्टा माथि परेको दाहिने तिघ्रा भाँची खुम्चिएको पेन्टको कमरसम्म र हातको काखीदेखि औंलासम्म मात्र लासको स्थिति राम्रो रहेको अन्य शरीर मासु आन्द्रा भुँडी केही नरहेको कमर भाँची पश्चिमतर्फ शीर भएको छातीको करङ भाँचिएको छातीको करंग ८।८ गरी १६ वटा देखिएको निधार माथि २ इन्च गोलो फुटी चार औंला काटी छिनी नङको भाग नरहेको कान्छी औंला हतियारले काटिएको हात खुट्टाको मासु बाहेक अरु स्यालले खाई हड्डी र करंग मात्र देखिएको । लुगाले मात्र लास चिनेको भनी मेदिनीप्रसाद समेतले गरिदिएको लास प्रकृति मुचुल्का । ४. मृतक कुटपीटले गर्दा मस्तिष्कमा दखल परी मरेको देखिन्छ भन्ने फिदिम हेल्थ सेन्टरको लास जाँचको रिपोर्ट । ५. जगतमान तामाङको छोराको विवाहमा छोरा तेजेन्द्रलाई पठाएको थिएँ । म जगतमनीको घरमा जाँदा झगडा भयो भन्ने कुरा सुनें । रामप्रस