निर्णय नं. १४०१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०१ - ज्यान भाग: २२ साल: २०३७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३७/०७/०८ २१२५ निर्णय नं. १४०१ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३७ सालको फौ.सा.नं. ८४ फैसला भएको मिति : २०३७।७।८।६ मा पुनरावेदक : गोपालमणीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी : जि. सर्लाही रानीगञ्ज गा.पं.वार्ड नं. ५ बस्ने प्रेमलाल कामी समेत मुद्दा : ज्यान (१) अभियुक्तले मारेको हो भनी प्रहरीमासमेत साविती कागज गरेको देखिँदा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहराएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १८) फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट साधक सदरको निमित्त बेञ्च समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. २०३१ साल पौष ४ गते अं.७ बजे मेरो सौतेनी आमा गंगादेवी ढुंगेल्नीलाई कहाँका मानिसले टाउकोमा प्रहार गरी भागी गएको र वीरगञ्ज अस्पतालमा उपचार हुँदाहुँदै ७ गते मृत्यु भएकोले कानुनबमोजिम गरिपाउँ भन्ने गोपालमणीको जाहेरी दरखास्त । ३. भुपालमणीलाई स्वास्नी ल्याउन फकाई दिने प्रेमलाल कामी समेत भएकोले बोलेको चिज नदिएको रिसइवीबाट हत्या गरेको शंका लागेकोले पक्राउ गरी दाखिल गरेको छु भन्ने स.ई.कृष्णबहादुरको प्रतिवेदन । ४. भुपालले ल्याएको स्वास्नी सीता मगरनीलाई मैले मोहनी लगाई दिँदा रु.५००। ५ कठ्ठा जग्गा दिउँला भनेकोमा भुपालले ल्याउन नपाएकोले हिरामणी, भुपालमणी र म समेत भई गंगादेवीलाई मारेको भन्ने प्रेमलाल कामीको कागज । ५. मगरनी स्वास्नी घरमा ल्याउन नदिएको र अंश समेत नदिएकोले गंगादेवीलाई प्रेमलाल, हिरामणी र म समेत भई मारेको भन्ने भुपालमणीको कागज । ६. प्रेमलाललाई हप्काई दिएकोले प्रेमलाल र भुपालमणीले पोलेको भन्ने हिरामणी र बिक्रमको बयान कागज । ७. विरामी भएकोले घरमा थिएँ झुठ्ठा पोल गरेको भन्ने लालमणी, हिरामणी र भुपालमणी प्रेमलालले गंगादेवीलाई मारेमा शंका लाग्छ भन्ने अतिराम कामी समेतको कागज । ८. भुपालमणीसमेत ३ जना भई गंगादेवीको हत्या गरेको देखिन आएकोले हिरामणीलाई ज्यान सम्बन्धीको १३(१) र भुपालमणीलाई र प्रेमलाललाई सो को १३ (४) समेत हुन र अति राम, विक्रममणी, लालमणी समेत उपर कारवाई गर्न नपुग्ने भन्ने समेत प्रहरी प्रतिवेदन । ९. प्रहरीले कुटपिट गरी बयान गराएकोले कसूर गरेको छैन बरामद भएको चुप्पी मेरो होइन भन्ने समेत प्रेमलाल कामीको बयान । १०. प्रेमलालले सावित भइदेउ भनेकोले र कुटपिटको डरले अपराधमा सावित भइदिएको छु मैले ज्यान मार्ने कसूर गरेको छैन भन्ने समेत भुपालमणीको बयान । ११. ०३१।९।४ गते म भिमबहादुरको घरमा छु । आइतबार मरेको भन्ने सुनेँ, मैले कर्तव्य गरेको छैन, प्रेमलाल भुपालमणीले पोल गरेबाट सरजमीनले शंका गरेको भन्ने समेत हिरामणीको बयान । १२. प्र.प्रेमलालका साक्षी जुलफे र अन्तरे भन्ने कामीसमेतले म्यादमा उपस्थितनभई गुजारेको । १३. डाँकाले काटी सिकिस्त भएबाट वीरगञ्ज लगेको भन्ने सुनेँ अरू मैले भनेको समेत छैन भन्ने विक्रममणीको बयान । १४. कर्तव्यमा भुपालमणी र अतिराम कामी समेत उपर शंका लाग्छ, भुपालमणीले अंशको कुरा र मार्नपर्छ भनेको समेत होइन भन्ने लालमणीको बयान । १५. हंकुमारी, अतिराम कामी, अचता कमिनी, बालकुमारी समेतले समाव्हानको म्याद गुजारी बसेको लालमणी, विक्रममणीले इन्कारी बयान गरेबाट समेत विक्रममणी, अतिराम कामी, लालमणीको हकमा श्री ५ को सरकारले कारवाही नचलाउने सबूत नपुग