निर्णय नं. ३८२० - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८२० - लेनदेन भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०२/२९ २०४९ निर्णय नं. ३८२० ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ५५९ फैसला भएको मिति : २०४६।२।२९।१ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३० असन कमलाक्षी बस्ने मोहनलाल श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ल.पु.जि. जाउलाखेल डिष्टिलरी प्रा.लि. को तर्फबाट ऐ.को सञ्चालक विजयकुमार शाह मुद्दा : लेनदेन § डिष्टिलरीबाट आफूले सामान बुझी लिएको श्रेष्ठ सेन्टरको नाउँमा क्रेडिट बील बनाएको भए तापनि सेन्टरलाई सामान बुझाएको प्रमाण पेश नभएको अवस्थामा सामान बापतको वादी दावीको रकम तिर्नु बुझाउनु पर्ने दायित्व प्र. को रहने । (प्रकरण नं. १५) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. अघिदेखि चिनजानको विपक्षी मोहन श्रेष्ठ २०३३।४।२७ मा म कहाँ आई श्रेष्ठ सेन्टर नेपालगञ्जको नाउँमा रु. १,३१,१६७।२८ को विभिन्न थरिका मदिराहरुको उधारो बील बनाउन लगाई एम श्रेष्ठ भनी सहीछाप गरी बुझी लिएको र भाडा खर्च समेतको लागि भनी चे.नं. ०३५४९० मिति २०३३।४।२८ बाट रु. ४,०००।– बुझी सहिछाप गरिदिनु भएको । दुवैको जम्मा रु. १,३५,१६७।२८ बुझाउन विपक्षीहरुलाई बारम्बार तरताकेता गर्दा कुनै जवाफै नपठाएको र २०३५।३।१ मा विपक्षी मध्येको मोहन श्रेष्ठको घरमा मानिस पठाउँदा मसँग रुपैयाँ छैन, हाल दिन सक्तैन चित्त नबुझे अदालतमा जानु मेरो घरमा नआउनु भनी धम्की दिएकाले फिराद गर्न आएको छु । विपक्षीबाट उक्त रकम र फैसला हुँदा सम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको जावलाखेल डिष्टिलरी प्रा.लि. को तर्फबाट सञ्चालक विजयकुमार शाहको ०३५।३।२८ को फिरादपत्र । ३. मैले विपक्षीलाई साँवा ब्याज तिर्न बुझाउन पर्ने गरी सामान लगेको छैन म बाट कुनै लिखत गराई लिएको भनी भन्न सकेको छैन । मेरो काम ट्रकबाट माल ओसार्ने मात्र हो । विपक्षी र श्रेष्ठ सेन्टरको बीच के कस्तो कारवाही भएको हो मलाई थाहा हुने होइन विपक्षीको रोहवरमा माल लोड गरी विपक्षीकै रोहवरमा नेपालगंज पुर्‍याएपछि श्रेष्ठ सेन्टरले डेलीभरी लिएको हो । डेलिभरीको भाडा पाउन अझै बाँकी छ । भाडा नदिने नियतले झुठ्ठा फिराद गरेको हो झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्र.मोहनलाल श्रेष्ठको प्रतिउत्तरपत्र । ४. दावीमा ऐन खुलेको छैन । यस श्रेष्ठ सेन्टरको आधिकारिक व्यक्तिले फिरादीबाट मदिरा उधारोमा लिएको छैन भन्ने प्रष्ट छ । श्रेष्ठ सेन्टर वा श्रेष्ठ सेन्टरको प्रोपाइटरको कुनै पनि प्रकारको लिखतको अभावमा श्रेष्ठ सेन्टर उपर फिरादको दावी लाग्न नसक्ने हुँदा मुद्दा गर्दा लागेको खर्च भराई पाउँ भन्ने समेत व्यहोराको श्रेष्ठ सेन्टरको प्रो.बैकुण्ठलाल श्रेष्ठको प्रतिउत्तरपत्र । ५. यो लिखत श्रेष्ठ सेन्टरको बीच भए गरेको लिखत नहुँदा र बेसरोकारको हुँदा मैले सद्दे कीर्तेमा भनी रहनु नपर्ने भन्ने समेत व्यहोराको श्रेष्ठ सेन्टरको प्रो. बैकुण्ठलालको वा. रामगोपालको बयान । ६. वादीबाट पेश भएको चेक बुकको भर्पाई र क्रेडिट बील देखें सुनें । त्यस्मा लागेको सही प्र्र.मोहन श्रे