निर्णय नं. १४०२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०२ - अंश भाग: २२ साल: २०३७ महिना: असार अंक: ८ फैसला मिति :२०३७/०८/२९ २४४० निर्णय नं. १४०२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.वि.नं. ८८ फैसला भएको मिति : २०३७।८।२९।१ मा निवेदक : जि.गुल्मी ईस्मा ज्ञवाले टक्सार गा.पं.वार्ड नं. ४ बस्ने भगिराम ज्ञवालीसमेत विरूद्ध विपक्षी : जिल्ला गुल्मी ज्ञवाले टक्सार गा.पं.वार्ड नं. ४ बस्ने दिनानाथ ज्ञवाली मुद्दा : अंश (१) घरसारमा बण्डापत्र गरी आफ्नो भाग जग्गा आफ्नो नाउँमा दर्ता गरी भोगचलन खरीदबिक्री गरेको र वादी प्रतिवादीहरू बीच मुद्दाहरू परेको समेत प्रमाणबाट, वादीले प्रतिवादीसँग अंश लिइसकेको भन्ने प्रष्ट देखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. त्रैलोक्यराज अर्याल : निवेदकले इन्साफ जाँची पाउँ भनी चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. बाबु मणीराजका छोरा जेठा देवीप्रसाद, माहिला हरिप्रसाद, साँहिलो म, काईलो थानेश्वर, कान्छो हिमलाल समेत पाँच भाइ र बाबु समेत ६ अंशियार छौं हामीहरू २००७।१०।१५ मा बेग्लै बसी मानोसम्म छुट्याई बस्ने सल्लाह भई जीवनवृत्तिको रूपमा भण्डारमन भन्ने बारी कित्ता समेतको ७ कित्ता मैले जिम्मा लिएको थिएँ । मणीराम, देवीप्रसाद, थानेश्वर, हिमलाल समेत सगोलमै थिए । देवीप्रसादले मेरो जिउनी जग्गा खिचोला गरेकाले मैले नालिश दिएकोमा अंश भएको नदेखिएको हक बेहक छुट्याउन नमिल्ने भनी गु.रा.अं.बाट खारेजी फैसला भएकोमा दुवै थरले चित्त बुझाई बसेका थियौ पछि मेरो जीवनवृत्ति जग्गाको बाली देवीप्रसाद समेतले लुटेकोले लुटपिटतर्फ समेत नालेश गरेको छु । अंशबण्डाको ३० नं. बमोजिमको रीतपूर्वक पूरा अंश नपाएको हुनाले २००७।१०।१५ गतेसम्मको सम्पत्तिको फाँट लिई ६ अंशको एक अंश दिलाई पाउँ भन्ने समेत ०२६।९।४।६ को वादी । ३. हामी ५ भाइहरू मध्ये जेठा देवीप्रसाद २००२ सालमा र २००७ साल मार्ग २५ गतेमा साँहिलो दिनानाथ र म हरिप्रसादले आ–आफ्नो अंश लिई भिन्न भएका हौं र २०२० सालमा थानेश्वर र हिमलाल समेत छुट्टी भिन्न भइबसेका र म मनिराम कान्छो हिमलालतर्फ सगोल बसेको छु । वादीले जीवनवृत्ति भनेको जग्गा जीवनवृत्ति नभई अंश गरी दिएको हो वादीले आफ्नो हक अंशको जग्गा तिरो चलाई भू.सु.फाराम समेत भरी त्यस जग्गा विषयमा परस्पर मुद्दा समेत चली ०२६।१२।२५ मा मनिरामसँग मिलापत्र समेत भएको र लेनदेन व्यवहार समेत भएको छुट्टिएको प्रमाण प्रस्तुत हुनाले वादी दावी झुठ्ठा हो भन्ने समेत मनीराम, हरिप्रसाद ज्ञवाली तथा देवीप्रसाद ज्ञवाली समेतको प्रतिवादी । ४. वादीले अंश पाइसकेको भनी प्र.हरूले पेश गरेको २००७।८।२५ को बण्डापत्र बमोजिमको चल अचलमा मुद्दा परी मिलापत्र भएको देखिँदा अंश पाउँ भन्ने दावा झुठ्ठा ठहर्छ भन्ने अर्घाखाँची तथा गुल्मी जिल्ला अदालतको फैसला । ५. सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा शुरू जि.अ.को इन्साफ मनासिव छ भन्ने समेत लुम्बिनी अं.अ.को फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन । ७. हामी दाजु भाइहरूमध्ये जेठा देवीप्रसाद गत २००४ सालमा छुटिई भिन्न भएका २००७ सालमा माहिला हरिप्रसाद र साँहिला दिना