निर्णय नं. ३८२२ - अपुताली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८२२ - अपुताली भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०२/०१ २४४१ निर्णय नं. ३८२२ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७९० फैसला भएको मिति : २०४६।२।१।१ मा पुनरावेदक/प्रतिवादी : जि. सर्लाही भेल्ही गा.पं. वडा नं. १ बस्ने रामाकुमारको छोरा सुरजकुमार बाहुन विरुद्ध विपक्षी/वादी : महोत्तरी जिल्ला जलेश्वर न.पं. वा.नं. ११ बस्ने योगेन्द्रकुमार बाहुन मुद्दा : अपुताली § तत्कालिन अपुतालीको महलको २ नं. बमोजिम मर्नेको संग बसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउन नसक्ने । (प्रकरण नं. १६ र १७) § हक नै नभएकोले गरिदिएको बकसपत्रबाट कुनै किसिमको हक हुने प्रश्नै उठ्न नसक्ने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला चित्त बुझेन भनी पुनरावेदन परेको यस मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. मूल पुरुष रकटुका जेठी श्रीमती पारो र कान्छी नमु बाहुनी भएको स्वर्गीय पारोका चार छोरा जेठो राजदेव, माहिलो इन्दर, साँहिलो जोगेन्द्र र कान्छो महेन्द्र भएका जेठा राजदेव मरी निजकी स्वास्नी सबुजिया जीवित रहेकी स्व.कान्छी ननु बाहुनीको जेठा छोरा जगदीश कान्छा कुलदिप भएकोमा कुलदिप निसन्तान भई दुवै दम्पत्ति मरी सकेको पहिला जगदिश र पछि निजकी श्रीमती राधीका पनि मरी सकी निजहरुको एकमात्र छोरी जनारसीको भारततर्फ विवाह भएको निज राधीकाको अपुताली खाने हामी वादीहरु बाहेक अरु कोही नभएको र वर्तमान अपुतालीको महलको १।२ नं. बमोजिम मर्ने राधीकाको काजकृया हामीले नै गरी सकेका हुँदा निजको नाममा रहेको महोत्तरी जिल्ला धवौलीको जम्मा जग्गा ०–७–९ हामीले आफ्नो नाममा गराइसकेको र अर्को जग्गा विष्णुपुर गा.पं. को जम्मा जग्गा बिगाहा २–१९–४१२ समेत हाम्रो नाउँमा दर्ता हुनु पर्नेमा भूमिप्रशासन कार्यालय सर्लाहीले प्रतिवादीको हक कायम गरी दिएकोमा जनकपुर अञ्चलाधीश कार्यालयबाट भू.प्र. कार्यालयको फैसला बदर गरी हक कायम गराउन निर्णय भएकोले हामीले पाउने अपुतालीको जग्गामा हाम्रो हक कायम गरी दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको योगेन्द्रकुमार बाहुन समेत जना ४ को मिति २०३४।५।२६ मा परेको फिरादपत्र । ३. अपुतालीको २ नं. ले मर्नेको लोग्ने स्वास्नी वा छोराको छोरा नभएकोमा छारीले अपुताली पाउँछ भन्ने भएकाले मेरी आमाको म छोरी जनारसी मात्र एकजना हुनाले राधीकादेवीको अपुतालीमा हक लाग्ने म बाहेक कोही नहुँदा विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने जनारसी बाहुनीको मिति २०३४।६।२६ को प्रतिउत्तरपत्र । ४. वादी दावीको जग्गा सुरजकुमारको नाउँमा बकसपत्र भइसकेको भन्ने कुरा यी वादीहरुलाई थाहा हुँदाहुँदै अ.बं. ७२ नं. को प्रतिकूल नालेश दिएको देखिन्छ । वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको मिति २०३९।९।४ को फैसला । ५. विवादकै अवधिमा हक हस्तान्तरण गरे तापनि अनाधिकार व्यवहारलाई नालेश नदिएको भन्ने समेतको आधारमा शुरुले गरेको फैसला न्यायपूर्ण हुँदा बदर गरिपाउँ भनी वादीहरुले जनकपुर अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र । ६. अपुतालीको २ नं. ले हकवालाले अपुताली पाउने व्यवस्था भएको हुँदा शुरुले गरेको इन्साफ मनासिब ठहर