निर्णय नं. १४०४ - उत्प्रेषणको लगायत चाहिने आदेश पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०४ - उत्प्रेषणको लगायत चाहिने आदेश पाउं भाग: २२ साल: २०३७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३७/०४/०९ २२०५ निर्णय नं. १४०४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. ८५१ आदेश भएको मिति : २०३७।४।९।५ मा निवेदक : पाल्पा पोखराको गा.पं.वडा नं. ८ बस्ने दामोदरप्रसाद रेग्मीसमेत विरूद्ध प्रत्यर्थी : जिल्ला कार्यालय भूमिसुधार शाखा पाल्पाका का.मु.भूमिसुधार अधिकारीज्यूसमेत विषय : उत्प्रेषणको लगायत चाहिने आदेश पाउं (१) जरीवाना गरेको सम्बन्धमा जरीवाना गर्नु पूर्व आफ्नो कुरा भन्न पाउने अवसरबाट बञ्चित गरिएको देखिन्छ । यसरी बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरीत गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्ष भूमिसुधारको ०३६।३।३२ को निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको मुद्दाको विवरण यस प्रकार छ : २. जग्गाधनी यज्ञप्रसाद उपाध्याय १, तुलसीप्रसाद श्रेष्ठ १, कान्ते १ जना ३ को पाल्पा पोखराथोक गा.पं.साविक वार्ड नं. ४ हाल वार्ड नं. ५ मा पर्ने साविक नं. १८२ को बगुवाखेत मुरी ४० को रोपनी १० मेरो बाबु हापुसिङले अघिदेखि अधिया शर्तमा मोही भई कमाएकोले ४ नं. जो.अ.नि.प्राप्त गरी आएकोमा बाबा हापुसिङ २०२८ सालमा परलोक हुनुभएको र आमा पहिले नै परलोक भइसक्नुभएको र घरको परिवार म मात्र भई मैले नै साविक शर्त अनुसार मोही भइआएको र जग्गाधनी मध्ये कान्ते मरेको हुँदा निजको छोरा विष्णुप्रसादलाई जग्गाधनीमा शर्त बुझाएको हुँदा जग्गाधनी मध्ये तुलसी भन्ने तुलसीप्रसाद श्रेष्ठले १ यज्ञप्रसादको छोरो गोविन्द समेतले गरिदिएको कूतको भर्पाई साथै राखी निवेदन गरेको छु मेरो नाममा मोही नामसारी गरिपाउँ भन्ने हापुसिंह भन्ने मुक्तिकुमारको निवेदन बयान, ४ नं. जो.अ.नि.र तुल्सीप्रसाद र यज्ञप्रसादको छोरा गोविन्द भट्टराईले गरिदिएको शर्त बुझाएको समेतको नक्कल पेश भएको, हापुसिंहले अधियाँ शर्तमा मोही भई कमाइआएकोमा नापी हुँदा धनसिंह कुमाल मोही जनिएको र ०३४ सालसम्म धनसिंहले नै कमाइआएकोले दुई मोही एकै जग्गामा लगाउन नमिल्ने हुँदा निजलाई मोही मान्न मञ्जूर छैन भन्ने कान्ते भन्ने चन्द्रकुमारको छोरा विष्णुप्रसादको बयान । मुक्तिबहादुर भारततर्फ भएकोले खेत कमाएको नहुँदा मोही नामसारी हुन नसक्ने भन्ने समेत व्यहोराको तुल्सीप्रसादको बयान हापुसिंहका छोरा तीन जनाले आलोपालो गरी कमाइआएको हुँदा निजहरू मध्ये झमन सिंहलाई मोही मान्न मञ्जूर छ र निवेदकलाई छैन भन्ने समेतको यज्ञप्रसादको बयान । अधियाँ बाली बुझ्न आउ भन्दा नआएको र पञ्चायतमा पनि नबुझाएकोले निवेदन गर्न आएको छु भन्ने निवेदक मुक्तिबहादुरको हुलाकद्वारा प्राप्त निवेदन । साविक जग्गा दर्ताबाट राजीनामा गरी लिँदा मोही नभएकोले मोही नामसारी गराउन मञ्जूर छैन भन्ने समेतको दामोदरप्रसाद रेग्मी र गणेशप्रसाद रेग्मीको एकै मिलानको छुट्टाछुट्टै बयान । सबै खेत निवेदकले नै कमाएकोले उक्त खेत मैले मोही भइआएको होइन प्र.मुक्तिबहादुरले अविच्छिन्न रूपले अधियाँ शर्तमा मोही भई खाइआएका छन् भन्ने समेतको पेटबोलीबाट बुझिएको धनसिंह कुमालेको बयान । हाल खरीद गरिलिने गणेशप्रसाद, दामोदरप्रसादले खेती लगाइआएका हुन् भन्ने समेत व्यहोराको कमलप्रसाद मुडवरी समेतका सरजमीनले लेखिदिएको र हालसम्म निवेदक मुक्तिबहादुरले मोही भई कमाइआएका छन् भनी