निर्णय नं. ३८२३ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८२३ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/०१ २०४० निर्णय नं. ३८२३ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट नम्बर १८०३ आदेश भएको मिति : २०४६।३।१।५ मा निवेदक : जि. काठमाडौं इन्द्रायणी गा.पं.वा.नं. २ का वडाअध्यक्ष बालचन्द्र ढकालसमेत विरुद्ध विपक्षी : पञ्चायत तथा स्थानीय विकास मन्त्रालयसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ § प्रधानपञ्चको अनुपस्थितिमा उपप्रधानपञ्च समक्ष लिएको सपथग्रहणलाई कानुनले अमान्य घोषित गरेको पनि देखिँदैन, साथै कानुनले अधिकार प्राप्त उपप्रधानपञ्च समक्ष सपथग्रहण भएपछि पुनः प्रधानपञ्च समक्ष सपथग्रहण लिनुपर्ने कानुनी व्यवस्था पनि नदेखिएको निवेदकहरुले उपप्रधानपञ्च समक्ष सपथग्रहण नलिएको समेत भन्न नसकेको स्थिति अवस्थामा निवेदकहरुले उपप्रधानपञ्च समक्ष लिएको सपथ कानुन अनुकूल नै देखिने । (प्रकरण नं. १२) § कानुन बमोजिम आ–आफ्नो पदको सपथ लिइसकेको अवस्थामा गाउँ पञ्चायतको बैठक सभामा भाग लिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकहरु तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षी तर्फबाट : विद्वान अधिवत्ता श्री विष्णुप्राद भट्टराई तथा विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. हामी निवेदकहरु पञ्चायती व्यवस्थाको कार्यकर्ता भएको कारण २०४३ सालको निर्वाचनमा माथि उल्लिखित पदमा आसिन रहेको भएका छौं । २०४३ साल चैत्र १० गते चुनाव सम्पन्न भएको, चैत्र महीनाभर सपथग्रहण गर्न नबोलाएको, २०४४ वैशाख महीनामा पनि सपथग्रहण गर्न नबोलाएको, २०४४ वैशाख महीनामा पनि सपथग्रहणको लागि नबोलाउँदा प्रधानपञ्च समक्ष बारम्बार अनुरोध गर्दा २०४४।२।३ गते सपथग्रहणका लागि प्रधानपञ्चबाट बोलावट भयो । सो दिन अबेर भएको कारणबाट भोलि ४ गते हुने भनियो । त्यसदिन पञ्चायत भवनमा जाँदा प्रधानपञ्च उपस्थित हुनु भएन । यसरी आलटाल गरिएको हुँदा ऐ. ५ गतेका दिन उपप्रधानपञ्च लिलाबहादुर थापा समक्ष सपथग्रहणका लागि अनुरोध गर्दा गाउँ पञ्चालयत ऐन, २०१८ को सातौं संशोधनले उपप्रधानपञ्च समक्ष सपथग्रहण गर्न बाधा नपरेकाले २०४४ साल ज्येष्ठमा हामीले शपथ ग्रहण गरी सकेका थियौं । ३. जस पश्चात सपथग्रहण भएकोले पञ्चायतको बैठकमा जाँदा, तिमीहरुलाई पञ्चायतको बैठकमा सम्मिलित भई काम गर्न दिन्न, तिमीहरुले मसँग सपथग्रहण गरेका छैनौं, उपप्रधानपञ्च समक्ष भएको सपथ मान्दिन भनी प्रधानपञ्चले भनेकाले हामीहरुले २०४४ आश्विनमा पञ्चायत नीति तथा जाँचबुझ समिति समक्ष निवेदन दिएको सो को आधारमा पञ्चायत तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार हुँदा काठमाडौं जिल्ला पञ्चायत गई सो बमोजिम कारवाही हुँदै प्रधानपञ्च समक्ष पत्रको जानकारी भयो । आफ्नो पदको सपथग्रहण प्रधानपञ्चबाट लिनु भएमा पञ्चायतको बैठकमा भाग लिन अनुरोध गर्दछु भनी हामीहरुलाई पत्र लेखिएको रहेछ । गाउँ पञ्चायत ऐन, २०१८ ले उपप्रधानपञ्च समक्ष भएको सपथलाई वैध रुपमा मानेको छ । ४. कानुन बमोजिम सपथग्रहण भएपछि पुनः सपथग्रहण गर्न मिल्ने होइन । उपप्रधानपञ्चबाट गराइएको सपथग्रहण कानुनी हुँदाहुँदै त्यसलाई अनादर गरी ह