निर्णय नं. १४०५ - उत्प्रषण लगायत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०५ - उत्प्रषण लगायत भाग: २२ साल: २०३७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३७/०८/२३ २१५६ निर्णय नं. १४०५ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. ११०० आदेश भएको मिति : २०३७।८।२३।२ मा निवेदक : ल.पु.न.पं.वा.नं. ६ लगनखेल बस्ने इन्दिरा दवाडी विरूद्ध विघपक्षी : श्री मालपोत कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत (१) अदालतबाट भएको निर्णय अनुसार गरी नामसारी दर्ता गरिदिन लेखी पठाएअनुसार मालपोत कार्यालयले दर्ता गरेको भन्ने भएबाट अदालतको फैसलालाई कार्यान्वित गरेकोमा निवेदकलाई नबुझेकोले प्राकृतिक न्याय सिद्धान्त विपरीत भयो भन्ने अवस्था नदेखिने । (प्रकरण नं. ८) आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्षी मालपोत कार्यालयले ०३६।७।१४ मा गरेको टिप्पणीं आदेश उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भनी निवेदकको नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : रिट निवेदनका विपक्षी वादी खगेन्द्रजङ्ग पराक्रम शाह, हेमजङ्ग पराक्रम शाह, सन्तकुमारी पराक्रम शाह, डेण्टीजङ्ग पराक्रम शाह समेतले प्रतिवादीको मु.स.गर्ने कृष्णकुमारी शाहसँग अंश छुट्याई पाउँ भन्ने मुद्दामा का.जि.अ.को ०३२।१०।१४ र म.क्षे.अ.को ०३४।८।१५ को फैसलाले प्रतिवादीबाट वादीहरूले ६ खण्डको ४ खण्ड अंश भराई पाउने भन्ने फैसला भएअनुसार हाम्रो भागमा परेका जग्गा मुचुल्का खडा राखिसकेको र आ–आफ्नो भागमा परेको जग्गा प्रतिवादीको नामबाट हामीहरूको नाउँमा नामसारी दर्ता गरिपाउँ भन्ने समेत विपक्षीहरूको मालपोत कार्यालय काठमाडौंमा निवेदन परेकोमा सोही अनुसार टिप्पणीं उठी का.जि.अ.को च.नं. ५५२५, ०३६।६।७ को पत्र अनुसार नापी शाखाको कित्ताफोड गर्न पठाउँदा नापी शाखाबाट कि.फो.भई आए अनुसार वादीहरूलाई जग्गा दिने र बाँकी जग्गा प्रतिवादीको नाउँमा राख्ने आदेश भएको रहेछ । जसमा निवेदकको दर्ताको हाल का.न.पं. वडा नं. १० को कि.नं. १०८ को रोपनी २–१४–० समेत बण्डाद्वारा दर्ता गरिएको रहेछ । ३. मेरो स्वामित्वको भिमसेनगोला गा.पं.वडा नं. ७ को हाल का.न.पं.वडा नं. १० को कि.नं. १०८ को रोपनी २–१४–० जग्गा विपक्षीहरूको नाममा अंशबण्डाको माध्यमबाट दर्ता गरिएकोमा विपक्षीहरूले ०३० सालमा मात्र मु.चौतरिया फत्तेजङ्ग शाह विरूद्ध अंशमा नालिश गरेको देखिन्छ जबकी ०२८ सालमा नै निज फत्तेजङ्गले आफ्नो स्वामित्वको जग्गा आफ्नी छोरी, ओजस्वी राज्यलक्ष्मी शाहलाई बकसपत्र गरी दिँदा विपक्षीहरूको हकमा आघात पुगेको थियो भने दान बकसको ५ र अंशबण्डाको १९ नं. बमोजिम म्यादभित्रै नालिश गरी बदर गराएको हुनुपर्दथ्यो । मेरो दर्तालाई मु.चौतरिया फत्तेजङ्गले गरी दिनुभएको बकसपत्रलाई कुनै चुनौती नदिएपछि त्यसको मान्यता अटल एवं अभेद्य भइसकेको छ भने मैले गरी लिएको बकसपत्र पनि स्वतः मान्यतायुक्त छ । मालपोत कार्यालयले मेरो नामको दर्ता श्रेस्ता विद्यमान हुँदाहुँदै मलाई प्रतिवाद गर्ने मौका प्रदान नगरिएकोबाट प्राकृतिक न्यायको अतिव उल्लंघन भएको छ । मलाई बुझ्दै नबुझी मेरो नामको कि.नं. १०८ को श्रेस्ता काटी विपक्षीहरूको नाममा दर्ता गरिएबाट संविधानको धारा १०(१), ११(२)(ङ), १५ समेतको मौलिक हकमा आघात एवं कुण्ठा गरिएको छ । ४. यसमा १५ दिनभित्र लिखितजवाफ पठाउनु र प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म मालपोत कार्यालयको ०३६।७।१४ को निर्णय कार्यान्वित नग