निर्णय नं. ३८२५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८२५ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/१२ २८४६ निर्णय नं. ३८२५ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १४५२ आदेश भएको मिति : २०४६।३।१२।२ मा निवेदक : गोश्वारा हुलाक कार्यालय सुन्धाराको ना.सु. श्रीधरप्रसाद गौतम विरुद्ध विपक्षी/प्रत्यर्थी : श्री ५ को सरकार विषेश प्रहरी विभाग, सिंहदवारसमेत विषय : उत्प्रेषण § नि.से.नी., २०२१ को नियम १०.६ को ७ मा भएको कानुनी व्यवस्था बमोजिम निवेदक उपर भ्रष्टाचार गरेमा भन्ने व्यवस्था बमोजिम नै निजलाई उक्त दफा प्रयोग भएको छ, तसर्थ कुन दफा अन्तर्गतको भ्रष्टाचार गरेको भन्ने उल्लेख हुनुपर्ने जरुरी नदेखिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ बमोजिम पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदक हाल गोश्वारा हुलाक कार्यालय सुन्धारामा ना.सु. पदमा रही नि.से.नि. बमोजिम कर्तव्य तथा जिम्मेवारी बहन गरिआएको अवस्था २०४४।२।७।५ को मितिमा विपक्षी नं. १ कार्यालयले भारत बम्बईबाट प्राप्त भएको ख. प्रदिपकुमार अधिकारी जिम्मा रहेको नेपाल राष्ट्र बैंकको नामको नं. ७३७ को बीमा जिम्मा लिनु भई ५० दरको ६० हजार अमेरिकी डलरको अमेरिकन एक्सप्रेस कम्पनीको खाली ट्राभलर्स चेक मध्ये तपाइको जिम्मा हुँदा सो विभागबाट १२ हजार यु.एस. डलरको ट्राभलर्स चेक हिनामिना भएकोले भ्र.नि. ऐन, २०१७ को दफा २०(१) को अधीनमा रही नि.से.नि., २०२१ को परिच्छेद १० नियम ९ अनुसार म बाट स्पष्टीकरण माग गरिएकोमा नं. ७३७ को बीमा मेरो जिम्माको नभई ख.प्रदिपकुमार अधिकारीको जिम्माको हो । म सो बीमा फाँटमा काम गर्न तोकिएको होइन । ३५ थान बीमा मध्ये ३४ थान बीमा राष्ट्र बैंकका कर्मचारीले बुझी नं. ७३७ को बीमा चाँही फुटेको देखियो भनी बैंकका कर्मचारीले बुझ्न इन्कार गरेको हो । मैले निकाली गन्ती गरेको होइन । ०४३।९।२३ मा मुख्य हुलाक हाकिम नरेन्द्रबहादुर कटुवाललाई बीमा फुटेको मौखिक अनुरोध गरेको छु । म समेतको प्रयासबाट ख.प्रदिपकुमार अधिकारी पक्राउ परेकोले म बाट रिसाएका छन् । बीमा भित्रको ट्राभलर्स चेक झिकेको र हिनामिना गरेको समेत छैन म निर्दोष छु । चेक सम्बन्धमा ख.प्रदिपकुमार उपर कारवाही चलेपछि १२ हजारका सम्बन्धमा म उपर कारवाही चल्नु पर्ने होइन । मैले चेक झिकेको र हिनामिना गरेको छैन भन्ने मैले २०४४।२।१० मा स्पष्टीकरण पेश गरेकोमा तपाई गोश्वारा हुलाक आरसेट को इन्चार्ज भएको र सो अन्तर्गत बीमा शाखा रहेको तपाईहरु बीमा सम्बन्धी पार्टीलाई बुझाउने काम समेत गर्नुभएको ७३७ नं. को बीमा मात्र मेरो जिम्मा होइन भन्ने कुरा उचित देखिँदैन । २०४३।१०।९ को हुलाक हाकिम म नरेन्द्रबहादुर कटुवालको बयानबाट २०४३।९।२३ मा तपाइले निजलाई मौखिक रिपोर्ट गरेको भन्ने कथन मिल्दो नभएको २० हजार यू.एस. डलरको ट्राभलर्स चेक बैंक कर्मचारी समेतको रोहवरमा गन्दा नपुग भएको कुरा स्वीकारी पछि ०४३।९।१० मा गो. हुलाकमा प्रतिवेदन गर्दा १२ हजार र यू.एस. डलरको ट्राभलर्स चेक नभएको देखाई १२ हजार यू.एस. डलरको ट्राभलर्स चेक तपाइले हिनामिना गरेको सिद्ध भएकोले नोकरीबाट बर्खास्त किन नगर्नु भनी ०४४।२।१३ मा म उपर पुनः स्पष्टीकरण माग भयो । तत्स