निर्णय नं. ३८२६ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८२६ - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०४/३० २६७४ निर्णय नं. ३८२६ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ६४४ फैसला भएको मिति : २०४६।४।३०।२ मा पुनरावेदक/प्रतिवादी : कपिलवस्तु तौलिहवा गा.पं. वडा नं. ५ बस्ने मुसे लोनीयासमेत विरुद्ध विपक्षी/वादी : कपिलवस्तु तौलिहवा न.पं. वडा नं. ३ बस्ने रामहरिहरप्रसाद कान्दू मुद्दा : जग्गा खिचोला § प्रतिवादीले वादीको हक दर्ताको जग्गामा घर बनाएको भए घर तयार भएको मितिले १ वर्षभित्र नालिस दिई आफ्नो हक कायम गराई राख्न सक्नु पर्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दिपककुमार सुब्बा फैसला न्या. बब्बरप्रसाद सिंह : प.क्षे.अ.को मिति ०४४।१।२७ को फैसला उपर चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीहरुको निवेदन परी अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरा नाउँमा नापी दर्ता भई मेरै भोगमा रहेको तत्कालीन गा.पं. कपिलवस्तु वडा नं. ६ कि.नं. ६३ को ज.वि. ०–१०–७ मा बाली रखबालीको लागि सानो झोपडी समेत बनाएको थिएँ । ०३३ सालमा आलु तथा आलस बाली लगाएकोमा सो बाली कारणीहरुले लुटपिट गरेकोमा लुटपिट मुद्दा चल्दैछ । जग्गामा आफ्नो कब्जा देखाउनको लागि कारणीहरुले सो झोपडी उजाडी सो ठाउँमा लम्बा १५ हात, चौडा ८ हातको माटाको दिवाल उठाई फुसको छानो हाली घर बनाएको रोक्न जाँदा झगडा समेत भएकोले चुप लागी बसेको मैले लगाएको सहन बाली काटी जग्गा खाली भएकोले ०३४।७।९ गते चैती फसल लगाउन खेत जोताउन जाँदा सबै कारणीहरुले जग्गा हटक खिचोला गरी सो जग्गा कारणीहरुले कब्जा गरी जोती गहुँ बाली लगाई खिचोला गरेकोले बाली रोक्का गरी खिचोला विवाद मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादी दावी बमोजिम झोपडी उजाडी घर बनाएको र वादीले बाली लगाउनु भएको समेत होइन, झुठ्ठा वारदात कायम गराई दावी गरेको हो । कि.नं. ३३ को जग्गा मध्ये ०–१०–० जग्गा ०३१ सालको बाली साल एकको १।। मन धानका दरले हुण्डा तिर्ने गरी वादीले म मुसे लोनीयालाई मोहीमा कमाउन दिएको जग्गा हो । ०३१।०३२ सालको हुण्डा धान वादीलाई बुझाई रसीद लिएको छु । जग्गा लिने अभिप्रायले ०३३ सालको हुण्डा धान बुझी नलिएकोले ०३३।११।६ मा धरौटी र ०३४ सालको समेत तौलिहवा गा.पं. मा धरौटी गरेको रसीद छ । मेरो मोही जग्गा लिने षडयन्त्र गरी बाली लुटपिटको मुद्दा दायर गरेकोमा हाम्रो प्रतिवाद परी मुद्दा चलेको इविले झुठ्ठा दावी गरेको हो । सो घर मैले आफ्नो बल खर्चले अघि देखि नै बनाएको हो । झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिवादीहरु मुसे लोनीया समेतको संयुक्त प्रतिउत्तर जिकिर । ४. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल संलग्न रहेको । जबरजस्ती घर बनायो भन्ने र जग्गा खिचोला गर्‍यो भन्ने फरक फरक वारदात मिति र विषयमा एउटै फिरादबाट कारवाही गर्न नमिल्ने हुँदा जग्गा खिचोला फिराद दावी खारेज हुने र प्रतिवादीले वादीको जग्गा जबरजस्ती कब्जा गरी घर बनाएको ठहर्छ भन्ने शुरु कपिलवस्तु जिल्ला अदालतको मिति ०३६।४।२७ को फैसला उपर चित्त नबुझाई प्रतिवादीहरुको संयुक्त पुनरावेदन र जग्गा खिचोला दावी खारेज गरेको तर्फ वादीको पुनरावेदन परी लुम्बिनी अञ्चल अदालतबाट शुर