निर्णय नं. १४०७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०७ - अंश भाग: २२ साल: २०३७ महिना: पौस अंक: ९ फैसला मिति :२०३७/०९/०५ ३३८७ निर्णय नं. १४०७ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३७ सालको दे.फु.नं. ३९,४०,४१,४१ फैसला भएको मिति : २०३७।९।५।६ मा निवेदक : जि. काठमाडौं न.पं. काठमाडौं वडा नं. २२ खिचापोखरी बस्ने काशिराज पाण्डेसमेत विरूद्ध विपक्षी : का.जि.का.न.पं.खिचापोखरी साविक वडा नं. ८ हाल वडा नं. २२ देवकुमारी पाण्डे मुद्दा : अंश (१) वादी प्रतिवादीका लेखबाट पुर्खौली सम्पत्तिबाट नामसारी भइआएको नदेखिएको हुनाले त्यस्तो आफ्नो आर्जनको चल, अचल सबै आफ्नो खुसी गर्न पाउने व्यवस्था अंशबण्डाको १९ नं. को देहाय (२) मा लेखिएबमोजिम हुने । (प्रकरण नं. २९) (२) बकस दिनेले बकस गरी बाँकी रहेको जग्गाका हकमा आफ्नो अंश बकस गरिसकेपछि पनि बाँकीमा फेरि अंश गरी दोहरो हक दिलाउन नहुने हुँदा बकस दिने बाहेकका वादीले बाँकी जग्गा बण्डा गरी लिन पाउने देखिने । (प्रकरण नं. २९) (३) प्रतिवादीले पहिले तायदाती नखुलाए पनि पछि आफ्नो जिम्माको भनी खुलाउन आई बण्डा हुने हो भनी तायदाती दिन्छ भने त्यस्तो पनि बण्डा गर्न बाधा नदेखिने । (प्रकरण नं. ३२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दा ०३५।५।१३।३ को फुल बेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी प्रतिवादी काशिराज पाण्डेले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भया स.अ.फुल बेञ्चबाट ०३५।५।१३ मा छिनिएको अंश मुद्दाको मिसिल झिकी इन्साफ दोहर्‍याई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने र प्रयागराज पाण्डेले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भया यिनै निवेदक सरहका प्रतिवादीको विन्तिपत्रबाट इन्साफ दोहरिने भएको भया यि निवेदकको हकमा पनि इन्साफ दोहर्‍याई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने र ताराकुमारीको मु.स.गर्ने विश्वराज पाण्डेले चढाएको निवेदनमा यसमा अघि त्यस अदालत फुल बेञ्चबाट ०३५।५।१३ गते छिनिएको अंश मुद्दा प्रतिवादी काशिराजको विन्तिपत्रबाट इन्साफ जाँचिने भएको भया निवेदकको हकमा पनि इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत श्री ५ महाराजाधिराजबाट बक्स भइआएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट र ताराकुमारीको बा.अं.अ.उपर म.क्षे.अ.मा पुनरावेदन परेको अंश मुद्दाको मिसिल झिकाई फुल बेञ्चको लगतमा दर्ता गरी एकैसाथ पेश गर्नु भन्ने भएको ०३६।१०।२९ को फुल बेञ्चको आदेशानुसार ताराकुमारीको म.क्षे.अ.मा परेको पुनरावेदन समेत झिकाई फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : ससुरा पद्मराजको छोरा जेठा टिकाराज १ माहिला मिनराज १ साँहिला सुब्बा लिलाराज १ काँहिला मि.सु.काशिराज १ र कान्छा सुब्बा प्रयागराज १ समेत ५ भाइ भएकोमा जेठा टिकाराजकी २ श्रीमतीमध्ये जेठी ओमकुमारी र कान्छी म देवकुमारी हुँ । पतिदेव ८९ सालमा ससुरा ०७ सालमा र देवर लिलाराज ०८ साल चैत्रमा परलोक भई निज देवर घरको मुख्य भई व्यवहार गर्ने श्रीमती फणिन्द्रेश्वरी खिचापोखरी घरमै छन् छोर