निर्णय नं. ६५७७ - लेनदेन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७७ - लेनदेन । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०१/०३ ३१५८ निर्णय नं. ६५७७ ने.का.प. २०५५ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५३ सालको दे.पु.ई.नं ......१०५ फैसला मिति : २०५५।१।३ मुद्दा : लेनदेन । पुनरावेदक/ प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ३० असन कमलाक्षी बस्ने मोहन लाल श्रेष्ठ । विरुद्ध विपक्षी/ वादी : ल.पु.जि. जाउलाखेल डिस्टीलरी प्रा.लि.को तर्फबाट ऐ.को सञ्चालक विजय कुमार शाह । § जावलाखेल डिस्टीलरीको तर्फबाट विजय कुमार शाहले शुरु जिल्ला अदालतमा फिराद दायर गरेको पाइन्छ । जावलाखेल डिस्टीलरी एक प्राइभेट कम्पनी भएको र फिराद दायर गर्ने विजय कुमार शाह स्वयं नै उक्त कम्पनीको शेयरवाला सञ्चालक भएको समेत देखिएबाट सञ्चालकले फिराद गर्न नपाउने भन्ने कानूनी व्यवस्था रहे भएको नदेखिंदा सञ्चालकले कम्पनीको तर्फबाट फिराद गरेको कानूनसंगत छैन भन्ने निवेदन जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुशील कुमार सिन्हा अवलम्बित अजिर : x फैसला न्या. उदयराज उपाध्याय : यस अदालत संयुक्त इजलासको मिति २०४६।२।२९ को फैसलाको श्री ५ महाराजधिराजका हजुरमा इन्साफ जाँच गरिदिनु भन्ने हुकुम प्रमाङ्गी वक्स पाउँ भनी चढाएको बिन्तीपत्रमा भएको हुकुम प्रमाङ्गी बमोजिम इन्साफ जाँचको निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छ : २. अघिदेखि चिनजानको विपक्षी मोहन श्रेष्ठ २०३३।४।२७ मा म कहा आई श्रेष्ठ सेन्टर नेपालगंजको नाउमा रु.१,३१,१६७।२८ को विभिन्न थरिका मदिराहरुको उधारी बिल बनाउन लगाई एम. श्रेष्ठ भनी सहीछाप गरी बुझी लिएको र भाडा खर्च समेतको लागि भनी चे.नं. ०३५४९० मिति २०३३।४।२८ बाट रु.४,०००। बुझी सहिछाप गरिदिनु भएको दुवैको जम्मा रु.१३५१६७।२८ बुझाउन विपक्षीहरुलाई बारबार तारताकेता गर्दा कुनै जवाफ नपठाएको र २०३५।३।१ मा विपक्षी मध्येको मोहन श्रेष्ठको घरमा मानिस पठाउँदा म सँग रुपैया छैन, हाल दिन सक्दिन चित्त नबुझे अदालतमा जानु मेरो घरमा नआउनु भनी धम्की दिएकोले फिराद गर्न आएको छु । विपक्षिबाट उक्त रकम र फैसला हुँदासम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको जावलाखेल डिस्टीलरी प्रा.लि.को तर्फबाट सञ्चालक विजय कुमार शाहको २०३५।३।२८ को फिराद पत्र । ३. मैले विपक्षीलाई सावा ब्याज तिर्न बुझाउन पर्ने गरी सामान लगेको छैन । म बाट कुनै लिखत गराई लिएको भनी भन्न सकेको छैन । मेरो काम ट्रकबाट माल ओसार्ने मात्र हो । विपक्षी र श्रेष्ठ सेन्टरको बीच के कस्तो कारवाही भएको हो मलाई थाहा हुने होइन । विपक्षीको रोहबरमा माल लोड गरी विपक्षीकै रोहवरमा नेपालगञ्ज पुर्याएपछि श्रेष्ठ सेन्टरले डेलिभरी लिएको हो । डेलिभरीको भाडा पाउन अझै बा“की छ । भाडा नदिने नियतले झुट्टा फिराद गरेको हो । झुट्टा दावीबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्र. मोहनलाल श्रेष्ठको प्रतिउत्तर पत्र । ४. दाबीमा ऐन खुलेको छैन । यस श्रैष्ठ सेन्टरको आधिकारिक व्यक्तिले फिरादीबाट मदिरा उधारोमा लिएको छैन भन्ने प्रष्ट छ । श्रेष्ठ सेन्टर वा श्रेष्ठ सेन्टरको प्रोप्राइटरको कुनै पनि प्रकारको लिखतको अभावमा श्रेष्ठ सेन्टर उपर फिराद दावी लाग्न नसक्ने हुँदा मुद्दा गर्दा लागेको खर्च भराई पाउँ