निर्णय नं. ६५७८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदशे जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदशे जारी गरी पाउँ । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५५/०१/१८ ३६९६ निर्णय नं. ६५७८ ने.का.प. २०५५ अङ्क ८ विशेष इजालस माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल माननीय न्यायाधीश श्री दिलिप कुमार पौडेल सम्वत् २०५४ सालको रिट नं......... २३३९ आदेश मिति : २०५५।१।१८।६ मुद्दा : उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदशे जारी गरी पाउँ । निवेदक : जि.धनुषा हंसपुर कठपुल्ला गा.वि.स. वडा नं. ६ घर भई हाल जनकपुर अञ्चल अस्पतालमा ख. पदमा कार्यरत बिल्टु शाह । विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रीपरिषद सचिवालय समेत । § ऐन नियमले दिएको अधिकार प्रयोग गरी गरिएको कार्यलाई त्रुटी युक्त भनी भन्न मिल्ने अवस्था पनि देखिद आउँदैन । ऐन कानूनमा रेहेको व्यवस्थाको व्याख्या गर्दा सरल र सोझो अर्थ खुल्ने रहेछ भने त्यसलाई आत्मपरक रुपले आफ्नो हित रक्षर्थ प्रयोग हुने किसिमले भई रहेको व्यवस्थामा दुविधा र क्लिष्टता आउने गरी गर्नु न्यायोचित र विवेक परक हुन सक्दैन । विधायिकी मनसायलाई कुण्ठित हुने किसिमले अर्थ गर्नुलाई तर्कपूर्ण व्याख्या हो भन्न नसकिने । (प्र.नं.१५) § जहाँसम्म जिल्ला न्यायाधीशको अध्यक्षतामा बसेको वा बस्ने समिति उपर उजूर सुन्ने धिकारी पुनरावेदन अदालतको रजिष्ट्रार हुनु हुदैन, जिल्ला न्यायाधीश बढुवा समितिमा बसी गरेको निर्णयलाई पुनरावेदन अदालतको रजिष्ट्रारले उजूरी सुनी निर्णय गर्न मिल्दैन भन्ने निवेदन कथन छ । त्यसरी उजुरी सुन्न मिल्दैन । तोक्नु हुँदैन भनी संविधान, कानून र ऐनले निषेध गरेको पाइदैन । प्रचलित ऐन कानूनले निषेधित नगरेको कुरालाई केबल तर्कका आधारमा मात्र भइरहेको व्यवस्थामा असर पुग्ने गरी खण्डित गर्नु युक्तिसंगत नहुने । (प्र.नं.१६) § बढुवाको लागि उम्मेदवार हुने प्रयोजनको शन्दर्भमा सेवा प्रवेशको अर्थ बढुवा हुने पदलाई आधार मानेर अर्थात जुन पदको लागि संभाव्य उम्मेदवार सम्म भएको छ सोमा पुगिसकेका अर्थ गरी सो पदको लागि खुल्ल प्रतियोगिताको लागि तोकिएको शैक्षिक योगयतालाई न्यूनतम शैक्षिक योग्यता हो भनी अर्थ गर्न मिल्ने देखिदैन । जुन पदमा कार्यरत छ सोही पदलाई निजामी सेवामा वहाल रही बढुवा प्रक्रियाद्वारा उपल्ले पद हासिल हुने प्रत्येक अवस्थालाई सेवा प्रवेश भनी अर्थ गर्नु न्यायोचित र औचित्यपूर्ण हुन सक्दैन । त्यो केवल पदोन्नती मात्र हो, सेवा प्रवेश होइन । पदोन्नती भन्नु र सेवा प्रवेश भन्नु अलग अलग कुरा हो । आफू कार्यरत उही सेवाको एक तह माथि हुने पदोन्नतीबाट माथिल्लो पद सम्म प्राप्त हुने हो । संविधानको धारा १२४ ले व्यवस्था गरे बमोजिम श्री ५ को सरकारले गठन गरेको विभिन्न सेवा मध्येको पदमा प्रवेश भएको उही सेवामा तोकिए बमोजिम तह–तहबाट प्रत्येक तहको पदोन्नती हुने व्यवस्थालाई सेवा प्रवेश मानी सम्भाव्य उम्मेदवार सम्म हुने पदको लागि खुल्ला प्रतियोगिताको लागि तोकिएको शैक्षिक योग्यता नै बढुवा प्रयोजनको लागि पनि सेवा प्रवेशको न्यूनतम् शेक्षिक योग्यता हो भन्ने निवेदन कथन संग सहमत हुन सकिन । जुनसुकै सेवामा एकपटक प्रवेश गरी पछि बढुवा प्रयोजनको लागि शैक्षिक योग्यताको अंक गण्ना जुन पदबाट बढुवा हुने हो अर्थात् जुन पदमा उम्मेदवार कार्यरत छ सोही पदलाई तोकिएको शैक्षिक योग्यता नै न्यूनतम शैक्षिक योग्यता हो भन्ने अर्थ गर्नु नै न्यायोचित र विवेकपूर्ण देखिने । (प्र.नं.१९) निवेदकको तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरी