निर्णय नं. १४०८ - उत्प्रेषणको आदेश जारी गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०८ - उत्प्रेषणको आदेश जारी गरी पाउं भाग: २२ साल: २०३७ महिना: पौस अंक: ९ फैसला मिति :२०३७/०९/०३ २४०४ निर्णय नं. १४०८ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३७ सालको रि.फु.नं. ४५ आदेश भएको मिति : २०३७।९९।३ मा निवेदक : जनकपुर न.पं.वडा नं. ७ बस्ने राम असिस साहू विरूद्ध विपक्षी : म.क्षेत्रीय अदालत सिंगलबेञ्चका माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउं (१) उजूर परी तह–तह अदालतबाट सबूत प्रमाणको आधारमा फैसला भएको देखिँदा निवेदकको माग बमोजिम हक प्रचलन गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या. बासुदेव शर्मा : निवेदक राम असिस साहूको विपक्षी जिल्ला अदालत, अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालत समेतका निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चमा रिट निवेदन परेकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय बाझिन गई प्रस्तुत रिट निवेदन यस फलुबेञ्च समक्ष पेश हुनआएको छ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : जनकपुर न.पं.वडा नं. ७ कि.नं. १८७ र १८९ को जग्गामा सर्भे नापी नक्सा भएको मेरो जग्गा धनी प्रमाणपूर्जामा दर्ता नभएको उक्त कि.नं. १८७ को जग्गा बिगहा ०–१–१ राम असिस साहूतेली र कि.नं. १८९ को जग्गा बिगहा ०–०–१५ विकुस जन ग्वारले आफ्नो नामको जग्गा धनी प्रमाणपूर्जामा दर्ता गराई लिएको हुँदा सो कट्टा गरी मेरो जग्गा धनी प्रमाणपूर्जामा दर्ता गराई पाउँ भन्ने नारायण साहूतेलीको निवेदन परेकोमा राम असिस साहूको बयानबाट र फिल्डबुक उतार समेतबाट विकुसजनको म्याद फिर्ता भइआए तापनि निजको नाउँमा जग्गा दर्ता भइसकेको हुँदा तेरो मेरोतर्फ कार्यवाही गर्नुपर्ने देखिएकोले ३५ दिनभित्र सम्बन्धित अदालतबाट निर्णय गराई ल्याउनु भन्ने भूमिप्रशासन कार्यालय धनुषाबाट ०२९।१०।६।६ मा पर्चा भएको नापजाँच गराएको कुरा ०२८।१२।१२ मा थाहा पाएबाट फिराद गर्न आएको छु चलन हटक गरी खिचोला गरेकोले दर्ता बदर गरी खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत वादी नारायण साहूतेलीको फिराद परेकोमा कि.नं. १८७ मा कायम हुनआएको जग्गा मेरो पुख्र्यौली जग्गा हो वादीको जग्गा नापी गराई खिचोला गरेको छैन भन्ने समेत प्रतिउत्तर भएकोमा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको र दर्ता गरेको बदर हुने र चलन पाउने ठहर्छ भन्ने समेत ०३२।१।३०।३ मा धनुषा जिल्ला अदालतले गरेको फैसला ०३४।२।३२।३ मा जनकपुर अञ्चल अदालतबाट मनासिव गरेको रहेछ । सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी राम असिस साहू तेलीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको निवेदनमा जनपुकपर अञ्चल अदालतको फैसलामा कुनै त्रुटि भएको नदेखिँदा पुनरावेदनको अनुमति हुन सक्दैन भन्ने ०३५।५।१५।५ मा भएको आदेश समेत बदर गरिपाउँ भनी निवेदक राम असिस साहूको निवेदन सर्वोच्च अदालत डिभिजन बेञ्चमा पर्नआएको रहेछ । ३. २०२६ सालमा सर्भे नापी नक्सा हुँदा निवेदकको जग्गा निवेदककै नाममा नापी भई फिल्डबूक र स्रेस्ता समेत तयार भइसकेको कुरामा ४ वर्ष पछि ०२९ साल फाल्गुणमा गरेको फिराद जग्गा मिच्नेको १८ नं. र अ.बं.१८० नं. को विपरीत हुनुको साथै निवेदक नमिन्द्रनाथ गोसाई