निर्णय नं. ३८२७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८२७ - जग्गा खिचोला भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०४/१८ २६१२ निर्णय नं. ३८२७ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ६२४ फैसला भएको मिति : २०४६।४।१८।४ मा पुनरावेदक/प्रतिवादी : जि. दोलखा मालुशहरे गा.पं.वडा नं. ५ बस्ने हर्कबहादुर खड्कासमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चुनीबहादुर रोक्कासमेत मुद्दा : जग्गा खिचोला § जग्गाहरु अन्य विभिन्न व्यक्तिहरुको भएको देखिँदा जसले भोग गरेको छ, उसै उपर दावी नभई खिचोला नगर्ने प्रतिवादीहरु उपर गरेको दावीबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १७) § २००१ सालमा संयुक्त दर्ता भएको नाताले तत्पश्चातको भोग प्रमाण समेतको अभावमा तिसौं वर्षपछि अर्काको भोगचलनमा रहेको जग्गामा वादीले दावी गर्न पाउने भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १७) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली फैसला न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ. को मिति ०४३।५।८ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. तामाकोशी देखि पूर्व मानबहादुरको साँधदेखि पश्चिम, क्यामुनाको रुखदेखि दक्षिण, शर्मानन्दको साँधदेखि उत्तर यति ४ किल्ला भित्रको बिरुवा टापुबारी भन्ने खेत २००१ सालमा पदमनाथ, मानबहादुर, शुरबीर, गम्भीर सिंह र रुद्रलाल समेत ५ जनाको नाममा बराबरका दरले दर्ता भई हाम्रा बाबुहरुको भाग भोगबन्धकीबाट विपक्षीहरुले नै तिरो तिर्ने गरी २००३ सालदेखि बन्धकी दिएकोले बन्धकी ऋण निश्चित गरिपाउँ भनी हामीहरुले उजूर गर्दा विपक्षीहरुले शुरवीरको ।१।४ गम्भिर सिंह र इन्द्रलालको ।१।४ का दरले जम्मा ।२।८ को र छोडपत्रबाट हक भएको समेत ।३।१२ मा खम्भध्वजले ।३ हर्कबहादुरले ।.।१२ को खेत खाएका छन् । हाम्रो माटो मुरी ।१।४ का दरले ।२।८ को जग्गा बन्धकी खाएको होइन भनी लिखत दवाई विपक्षीले भू.सु.का. मा बयान गरेको हुनाले तामेलीमा राखिदिने भू.सू.का. दोलखाबाट निर्णय भएको छ । उपरोक्त माटो मुरी ।२।८ को उल्लिखित चारकिल्ला भित्रको हाम्रो जग्गा २०३२ साल मार्ग २० गते खनजोत गर्न जाँदा विपक्षीहरुले हामीहरुको हक पुग्छ भन्दै खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत फिराद दावा । ३. उपर्युक्त जग्गा हाम्रा बाबु बाजे ५ जना मोहीका नाममा दर्ता गराए पनि निजहरुले आवाद नगरी वीरबहादुर समेतले भोगी खाएका छन् । २००४ सालमा नापी हुँदा शैनध्वजका नाममा ।.।१ हर्कबहादुरका बाबुका नाममा ।.।१ पदमबहादुरका नाममा ।.।१ समेत ।.।३ बिजन दर्ता भई हामीले खाई आएको जग्गा हो । विपक्षीहरुले ७ नं. फाँटवारी समेत भरेका छैनन् । उक्त जग्गा हामीहरुको हुने गरी २००२।४।२१ मा छोडपत्र गरिदिएको जग्गा हो । विपक्षीको ४ किल्ला भित्रको हाम्रो बाहेकको जग्गा के कस्तो शर्तबाट वीरबहादुर, लक्ष्मण, शुरवीर, लालबहादुर, जमानसिंह र भिमबहादुर समेत ५ जनाले खेत बनाई खाएका छन् । हामीले जग्गा खिचोला गरेका छैनौं भन्ने समेत प्रतिउत्तरपत्र । ४. वादी दावीको कित्ता मध्ये माटो पाथी ।.।१० को जग्गा २००४ सालमा राजीनामा गरी रु. ४०।– मा गम्भिर सिंहबाट खरीद गरी भोगी आएको छु, सोही जग्गामा वादीहरुले दावी गरेका हुन् भन्ने समेत वीरबहादुरको बयान । ५. दावीको ४ किल्ला भएको ।६ मुरी माटोको जग्गा मध्ये पाथी ।१० गम्भिर सिंहबाट खरीद गरी लिएको