निर्णय नं. १४०९ - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४०९ - लुटपिट भाग: २२ साल: २०३७ महिना: पौस अंक: ९ फैसला मिति :२०३७/०९/०४ २२४५ निर्णय नं. १४०९ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको फौ.पु.नं. १५५ फैसला भएको मिति : २०३७।९।४।५ मा पुनरावेदक : बारा जिल्ला कलैया आदर्श गाउँ पञ्चायत वडा नं. ८ बस्ने ऋषिकुमार अग्रवाल विरूद्ध विपक्षी : ऐ ऐ. बरेवा गा.पं.नं. ८ बस्ने रामानन्दप्रसाद चौरसियासमेत मुद्दा : लुटपिट (१) माटो काट्न लगाई खाल्डो पारेको र सो कारणबाट नोक्सान पारी दिएकोले नोक्सानी बिगोपाउँ भन्ने लुटपिटको १ नम्बर...परिभाषाभित्र नपर्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् : भवानीपुर गा.पं.वार्ड नं. ६ पदम रोडदेखि दक्षिण कलैया बरेवारी देखि पश्चिम प्रमुख जि.अ.को कार्यालय कम्पाउण्डदेखि पूर्व कौशिलादेखि शिवचन्द्रको जग्गा देखि उत्तर कि.नं. १४४ को ज.बि.०–२–१३ देवकीलाल धर्मशालाको जिर्णो भई धर्मशाला बन्न हुने विचार गर्दा पदम रोड धर्मशालानेर १४ मिटर चौडा राख्न नक्कल पास स्वीकृति भई बनाएकोमा सो घरको जग्गामा माथि पापामाचि समेत फलामे डण्डी समेत कसैको छत बनाउन बाँकी अवस्था ०३०।२।९ गते सो घर नै ढाल्ने नियत लिई मेरो देवालको जग्गाको माटो विपक्षीहरूले काट्न लगाई काटी खाल्डो पार्न लागेको रोख्दा नमानेकोले सो देवाल ढली रु.१५४४५। खर्च लागी बनेको नोक्सान गरी दिएकोले सो बिगो रु.१५४४५। विपक्षीहरूबाट दिलाई भराई सजाय समेत गरिपाउँ भन्ने समेत ऋषिकुमार अग्रवालको फिराद । २. रामचन्द्र समेतको भनाई बमोजिम रामचन्द्र, शिवचन्द्रले धर्मशाला बनी रहेको देवालनेरको माटो काटन लगाएबमोजिम बच्चेलाल सुकदेवले काटेको माटो काटेको भन्ने समेत दशैं राउत, अकल रजमूल्लाको प्रतिउत्तर । ३. विपक्षीले हामीलाई बोलाई नोक्सान पारी दिएको भनेको घर दक्षिण पट्टि लिई गए अरू २ जना पनि कोदालो लिई बसेका र काटेको माटोको छैट्टा बच्चालालको ठाउँको बोकाउन लगाई म सुकदेवलाई एता फर्क भनी फोटो लिए भन्ने समेत सुकदेव, बच्चेलालको प्रतिउत्तर । ४. वादीको लेखाई बमोजिम माटो काट्न लगाई जग्गा खाल्टो पारेको र सो कारणबाट ढली नोक्सान पारेको समेत छैन । ७५ फिट सडक राखेको विपक्षीले मिची बनाउन लागेको निवेदन दिई रोक्का रहेकोले सरकारतर्फबाट पछि हटाई फाल्छन् भए राम्रो गरौंला भनी अग्लो जग्गामा आफ्नो जग्गा नछाडी कम जग्गा राखी कच्चा किसिमबाट बनाएको हो । म शिवचन्द्रको जग्गा होचो खाल्टोमा हुनाले वर्षादबाट देवाल ढलेको हो । करीब २०००। खर्च लगाई बनाएको धेरै दावी गरेको भन्ने समेत व्यहोराको रामचन्द्र, रामानन्द, शिवचन्द्र, जयचन्द्र समेतको प्रतिउत्तर । ५. साक्षी समेतको बकाईबाट ढलेको गारोको रु.१२०००। सम्म नोक्सानी बिगो भराउन मुनासिव देखिँदा रु.१२०००। घरको देवालको जग्गाको माटो काट्न लगाउने मुखे प्रतिवादी । रामचन्द्र, शिवचन्द्र, रामचन्द्र समेतबाट भरी पाउने र वादीले रु.३४४५। बढी बिगो दावी गरेको छ र देवाल भत्कने गरी नोक्सान पारी सबै प्रतिवादीले लुटपिटको १ नं. कसूर गरेको समेत ठहर्छ भन्ने समेत बारा जिल्ला अदालतको फैसला । ६. रु.१२०००। बिगो भराउने भन्ने समेत व्यहोराको फैसलामा चित्त बुझेन भन्ने रामानन्दप्र