निर्णय नं. १४१० - उत्प्रेषणको आदेश जारी गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४१० - उत्प्रेषणको आदेश जारी गरी पाउं भाग: २२ साल: २०३७ महिना: पौस अंक: ९ फैसला मिति :२०३७/०९/११ २३५४ निर्णय नं. १४१० ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३६ सालको रिट नम्बर १२५१ आदेश भएको मिति : २०३७।९।११।५ मा निवेदक : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं. १२ लाकोलाछे बस्ने नानीमाया सुवाल्नी विरूद्ध विपक्षी : ऐ ऐ. वार्ड नं. १२ बस्ने मोतीबहादुर सुवालसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउं (१) गुठी संस्थान ऐन, २०३३ को दफा ६२ मा “यस ऐनमा अन्यथा गरिएकोमा बाहेक संस्थान वादी वा प्रतिवादी भएको मुद्दामा शुरू कारवाही र किनारा गर्ने अधिकारक्षेत्र अञ्चल अदालतको हुनेछ” भन्ने व्यवस्था भएको पाइन्छ । उक्त गुठी संस्थान उपर अञ्चल अदालतमा मुद्दा दायर गर्नसक्ने अन्य उपचारको बाटो भएकै देखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८) आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी गुठी संस्थान कार्यालयको मिति ०३६।९।८ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३६।१२।१२।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : भैरवनाथ गुठीको मोहियानी नामसारी गर्ने बारे मिति ०३६।८।२७ को पत्र साथ प्राप्त टिप्पणीं पेश हुँदा भक्तपुर भैरवनाथको पूजा गुठी लगतमा दर्ता भएको मेरो नाउँमा भू.सु.नापी हुँदा कटुन्जे पञ्चायत वडा नं. ७(ख) कि.नं. २६६ अं.रोपनी ६ रोपनी ३–० जोतमा र पोतमा नापी भएको सो जग्गा साविक लगतमा स्वर्गीय लोग्ने मुक्तिनाथ सुवालको नाउँमा दर्ता भएकोले नाउँसारी गरिपाउँ भनी भ.पु.न.पं.को नाता प्रमाणित गराई नानीमैयाँ सुवालनीले दरखास्त दिएको र हकदार बुझ्ने ७ दिने म्यादमा म छोरा हुँ उक्त जग्गा ०२१ साल भन्दा अघि देखि नै मैले नै जोती आएको छु भनी उजूरी दिई बाबु मुक्तिनाथ ०७–२६ मा परलोक भएका हुन् भनी भक्तपुर नगरपञ्चायतबाटै नाता प्रमाणित गराई पेश गरेको पनि देखियो । उल्लिखित कित्ता नं. को जग्गा कसले जोती आएको छ भनी सम्बन्धित कटुन्जे गा.पं.मा गुठी लगतले सोधनी गरी पठाएकोमा विवादास्पद जग्गा ०२१ साल अघि देखि नै अहिलेसम्म मुक्ति भन्ने मोतीबहादुर सुवालले जोती आएको छ भनी चौतर्फी सँधियार समेतले सरजमीन गरी दिएको उक्त सरजमीन मुचुल्का रहेछ । नानीमैयाँले जोतपोत नै नाउँसारी गरिपाउँ भनी भनेकोमा भक्तपुर नगरपञ्चायतले नाता प्रमाणित गरी पठाएको ०३६।१।१८ को नानीमैयाँको र मिति ०३६।२।२ को मोतीबहादुरको सम्बन्धको पत्रबाट दुईजना हकदार देखिएकोले दर्ताको हक पनि एकजना दरखास्तवालाको नाउँमा दर्ता गरी दिन नमिल्ने, छूट अमानति राजगुठी जग्गामा ०२९ सालको गुठी संस्थान ऐन प्रारम्भ भएपछि ०२९ साल देखि मात्र जोताहामा मोहियानी हक प्राप्त हुने कानुनी व्यवस्था देखिएको र कानुनी अधिकार प्राप्त नभएको अवस्था ०२१ सालमा जोताहाले खाएको प्रमाणित मान्न नमिल्ने जोताहा हक प्राप्त हुने ऐन, ०२९ प्रारम्भ भएपछि विवादास्पद उल्लिखित ०२१ साल अघि देखि नै मृतक मुक्तिनाथ सुवालको छोरा मोतीबहादुर अर्थात मोतीबहादुरले जोती आएको छ भनी चौतर्फी सँधियार समेतले सरजमीन लेखी दिएको देखिनाले जोताहा मोतीबहादुरलाई नै मान्नुपर्ने देखिँदा नानीमैयाँ सुवालनीको दरखास्त अनुसार नामसारी गर्न मिल्दैन भनी गुठीसंस्थान केन्द्रीय कार्यालयले ०३६।९।८।१ मा निर्णय गरेको रहेछ । ३. विपक्षी गुठी संस्थानले आफ्नो अधिकारक्षेत्रला