निर्णय नं. ८९१९ - लिज करारबकोजिम माल वस्तु नउठाउने र पुनः करारको आदेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९१९ - लिज करारबकोजिम माल वस्तु नउठाउने र पुनः करारको आदेश । भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०१/३१ ५१५३ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९१९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती पुनरावेदन नम्वर २०६६-CI-०२६४ फैसला मितिः २०६९।१।३१।१ मुद्दाः– लिज करारबमोजिमको माल वस्तु नउठाउने र पुनः करारको आदेश । पुनरावेदक निवेदकः सुनसरी जिल्ला, इटहरी नगरपालिका, वडा नं. ५ स्थित इरकन इन्टरनेशनल लि.को तर्फबाट ऐ. का अधिकारप्राप्त कार्यालय प्रमुख परियोजना प्रबन्धक एस के.सावंत विरुद्ध प्रत्यर्थी विपक्षीः सुनसरी जिल्ला, नरसिंह गा.वि.स., वडा नं. १ बस्ने रावनीदेवी महतो शुरु फैसला गर्ने : मा.न्या.श्री हरिबहादुर बस्नेत मा.न्या.श्री जनार्दनबहादुर खड्का § करार दुई पक्षबीच प्रचलित कानूनबमोजिम हुने सम्झौता भएकाले करारीय सम्झौताका आवश्यक तत्वहरूमा पक्षहरूको स्वतन्त्र सहमति महत्वपूर्ण हुने हुँदा करकाप वा दवावमा करार गराउन कुनै पक्षलाई बाध्य गर्न नसकिने । § करार गर्न कुनै पक्षले अर्को पक्षउपर प्रस्ताव पठाएको अवस्थामा निजले तत्सम्बन्धमा कुनै जवाफ नदिएकै आधारमा अर्को पक्ष करार गर्न सहमत भएको भन्ने अर्थ गर्न नमिल्ने । § करारको प्रस्तावउपर अर्को पक्षले स्वीकृति जनाएको वा प्रस्तावअनुरूप कुनै कुरा ग्रहण गरेको वा स्वीकार गरेको पुष्टि भएमा करार ऐन, २०५६ को दफा ७ बमोजिम त्यस्तो अवस्थामा स्वीकृति जनाएको अर्थ गर्न सकिने । § करारको अवधि समाप्त भएपछि पुनः करारको अवधि बढाउन पत्राचार गरे पनि त्यसउपर कुनै चासो नराखेको अवस्थामा स्वीकृति प्रदान गरेको मान्न कानूनतः नमिल्ने । § पक्षको स्वतन्त्र सहमतिबिना करार गर्न वा पुनः करार गर्न अदालतले बाध्य गराउन नसक्ने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता अनिलकुमार सिन्हा प्रत्यर्थी विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § करार ऐन २०५६ को दफा ४, ७ फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत बिराटनगरको मिति २०६६।३।२९ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– निवेदक इरकन इन्टरनेशनल लि. भारतीय कम्पनी हो । नेपालमा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्गको सडक सुदृढीकरण आयोजनाअन्तर्गत ठेक्का प्राप्त भएको हुँदा बेलबारी चोहर्वा सडक ७८–२१८ को (स्तर बृद्धि) गर्ने क्रममा सडकको संशाधन उत्पादन भण्डारणलाई व्यवस्थित गर्नुपर्ने भएबाट आयोजनाको काम नसकिकन ज्याला जमिनको आवश्यकता भएको हुँदा यस कम्पनीले विपक्षी रावनीदेवी महतोको नाम दर्ताको जिल्ला सुनसरी, नरसिंह गा.वि.स., वडा नं. २(ख) कि.नं. ४४८ जग्गा पट्टा (Lease) मा लिने निधो बन्दोबस्त भई मिति २०६२।३।१७ गते तदनुसार ०१–०७–२००५ मा कम्पनीको तर्फबाट बुद्धदेव सरकार र जग्गावाला आफैं भई करार गरी लियौं । सो करारनामाको कागजको प्रकरण ४–५ मा लिज पट्टा अवधि बढाउनु परेमा वा पूर्ण परिवर्तन गर्नुपरेमा १ महिना अगाडि नै सूचना दिनुपर्ने गरी सम्झौता भएको थियो । तर सो सम्झौता कागजमा जग्गावालाले (लिज) पट्टा अवधि कटौती गर्ने वा इरकन इन्टरनेशनलले उपयोग गरुञ्जेल वा रहन चाहँदासम्म करार संशोधन भइरहने करारको मौन स्वरूपअनुसार पछिल्लो परिवर्तित अवधि ३०–०९–२००८ सम्म करार भई अविछन्न रूपमा हामी दुवै पक्षले करारको दायित्व र शर्त परिपालना गरी आएका थियौं । यसै बीचमा परियोजनाक