निर्णय नं. ३८२८ - सम्बन्ध बिच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८२८ - सम्बन्ध बिच्छेद भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०४/०९ ४९०९ निर्णय नं. ३८२८ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.सा.नं. १५१ फैसला भएको मिति : २०४६।४।९।२ मा प्रतिवादी : पाल्पा जिल्ला तांहु गा.पं. वार्ड नं. ७ बस्ने चन्द्रकुमारी अधिकारी विरुद्ध वादी : ऐ.ऐ. बस्ने प्रभाकर अधिकारी मुद्दा : सम्बन्ध बिच्छेद § सम्बन्ध बिच्छेद मुद्दा र अंश मुद्दा एकै लगाउको देखिँदा अंश मुद्दा र लगाउको सम्बन्ध बिच्छेद मुद्दा समेत साथै निर्णय गर्नु पर्नेमा अंश मुद्दा मुल्तबी राखी सम्बन्ध बिच्छेद मुद्दामा निर्णय गरेको नमिल्ने । (प्रकरण नं. १५) § सम्बन्ध बिच्छेद मुद्दामा वादीको दावी र प्रतिवादीको भनाईबाट समेत प्रतिवादीबाट जन्मेकी छोरी वादीको हो होइन सो निर्णय बिन्दूमा पुगेपछि मात्र सम्बन्ध बिच्छेदमा निर्णय हुने हुँदा नाताको विवादको हकमा दुवै अंश र सम्बन्ध बिच्छेदमा निर्णय नगरी एउटै अंश मुद्दाबाट निर्णय गरे हुने । (प्रकरण नं. १६) प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर फैसला न्या. त्रिलोकप्रताप राणा : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ को उपदफा (५) बमोजिम, रुजु पक्षलाई तारेख तोकी, साधक सदरको लागि पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट यस अदालतमा पठाई साधकको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मेरी जेठी श्रीमती पवित्रा कान्छी अन्यायकी चन्द्रकुमारी हुन् । जेठी तर्फबाट ईश्वरी समेत ४ छोरा, मायादेवी समेत २ छोरी र कान्छी तर्फबाट छोरा शिवलाल १ छोरी बिष्णु र सीता २ जन्म भएपछि सौताको मेलमिलाप नभई झगडा हुने गरेकोले चल अचल सम्पत्तिबाट यथावत अंश गरी छुट्टी घर बनाई २०२७ साल पौष १५ गतेबाट आ–आफ्नो खती उपतीमा रहे राखेको हुँ । निज र म मा भएको लोग्ने स्वास्नीको सम्बन्ध जाने आउने रेखदेख गर्ने यथावतै थियो । दुईवटी श्रीमती तर्फबाट छोरा छोरी यथेष्ट भइसकेकोले सल्लाहले २०३२।३।२५ मा पाल्पा तानसेन यूनाइटेड मिसन अस्पतालबाट भ्यासेक्टोमी (परिवार नियोजन) गरेको छु । नियोजन पछि मेरो करणी विर्यबाट सन्तान पैदा भएको पनि छैन । एक वर्ष जति भयो चन्द्रकुमारी र मेरो आउने जाने व्यवहार पनि थिएन । २०३६ साल आषाढ लागेपछि आमा विरामी पर्दा आइनन् । २०३६।३।१३ गते सुत्केरी भई छोरी जन्माएर बसेकी छन् भनेबाट कस्को गर्भ धारण गरेको हो उसै कहाँ जाउ भन्दा बच्चाको उमेर १–१।। वर्षको नभई जान्न, लोग्ने बताउन पनि बाध्य छैन भनिन् । लोग्ने स्वास्नीको सम्बन्ध कायम गरी बस्न सकिन । लोग्ने स्वास्नीका २ नं. बमोजिम सम्बन्ध बिच्छेद गराई पाउँ भन्ने समेत व्यहोराको प्रभाखर अधिकारीको फिरादपत्र । ३. वादी लेख निजको कल्पना हो । २०१६ साल वैशाख महीनामा विपक्ष र मेरो विवाह भएपछि म तर्फ १ छोरा ३ छोरी, जेठी सौता तर्फ ४ छोरा २ छोरी जीवित छन् । २०२७ सालदेखि सौतासंग मिली बस्न नसक्दा केही जग्गा कमाउने गरी मानो छुट्टिई बेग्लै बसी आएकी छु । २०३५ साल भाद्र महीनाको पतिदेवकै करणीबाट गर्भ रही २०३६।३।१४ गते छोरी जन्मिन । सासूको जुठो खापिएकोले ऐ. २९ गतेसम्म कुना बसी पतिदेव सासूको क्रियाबाट उम्कनु भएको र राजिखुशीले न्वारान गर्नुभएको हो । न्वारानमा छोरीको नाउँ मीनकुमारी अधिकारी राखेको हो । रगत समेत विषेशज्ञबाट जँचाएमा प्रष्ट हुनेछ