निर्णय नं. ३८२९ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८२९ - लिखत दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०५/१२ २५१९ निर्णय नं. ३८२९ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ८०४ फैसला भएको मिति : २०४६।५।१२।२ मा पुनरावेदक/वादी : जि. सप्तरी कोइलाडी गा.पं. वा.नं. ३ बस्ने केदारप्रसाद सिंहसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.विसहरिया गा.पं.वा.नं. ५ बस्ने नागवती यादवनी मुद्दा : लिखत दर्ता बदर § पक्का सबूदको अभावमा कसैको मन्जूरी लिन नपर्ने, आफूले आर्जेको सम्पत्ति भन्न नमिल्ने । (प्रकरण नं. २२) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव फैसला न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति नदिने भएको आदेशमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. प्रतिवादी मध्येका प्र.महावीरप्रसाद सिंहको हामी ५ छोरा र म इन्द्रदेवी खास पत्नी हुँ । हामी सबै अंशियार सगोलमा बसी आउँदा प्रतिवादीहरुले हामीलाई थाहा नदिई हामीहरुको हक अंश लाग्ने सगोलको पुर्खौली जग्गा जमीन मध्ये प्रतिवादी लोग्ने बाबु महावीरप्रसाद सिंहले आफ्नो नाम दर्ताको गा.पं. विसहरिया वा.नं. ५ ग को कि.नं. ७२ को ०–९–२ कि.नं. ९० को ०–७–० कि.नं. ९१ को ०–६–११ समेत १–२–१३ थैली रु. ११,०००।– देखाई २०३९।४।५।३ मा राजीनामा लेखी २०३९।५।३ मा रजिष्ट्रेशन पारित गराई लिएको नागवतीका नाउँमा दर्ता गराएको कुरा २०३९।५।२९ मा नक्कल लिई थाहा पाएको १–२–१३ मध्ये हामीहरुको हक अंश लाग्ने ७ खण्डको ६ खण्ड ०–१९–७ जग्गाको नागवती नाउँको लिखत दर्ता बदर गरी हामीहरुका नाउँमा दर्ता गराई पाउँ भन्ने समेत २०३९।६।५ को फिराद दावी । ३. मैले खरीद गरी मेरा नाउँमा दर्ता रहेको जग्गामा वादीको हकदैया नहुँदा अ.बं. ८२ नं. बमोजिम फिराद खारेज हुनुपर्ने हो भन्ने समेत व्यहोराको नागवतीको प्रतिउत्तर । ४. वादीहरुसँग बराबर मनमुटाव रही रहेको मेरो उपदेश अनुसार काम नगरेको, पुर्खौली जग्गा मैले बिक्री गरिदिएको रुपैयाँ खर्च गरेको होइन छैन गर्न पनि चाहदिन भन्ने समेत व्यहोराको महावीरप्रसाद सिंहको प्रतिउत्तर । ५. प्रतिवादी महावीर सिंहले बेचेको जग्गामा प्रतिवादीका छोराहरुको हक लाग्ने अवस्था छैन । सबै जग्गा सगोलमा छन् भन्ने समेत प्रतिवादीको साक्षीको बकपत्र । ६. प्रतिवादी महावीरप्रसादको हक बाहेक वादीहरुको हक लाग्ने जतिको लिखत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको ०४१।६।२५।५ को सप्तरी जिल्ला अदालतबाट भएको फैसला । ७. शुरु सप्तरी जिल्ला अदालतको ०४१।६।२५।५ को फैसलामा चित्त बुझेन । शुरु फैसला उल्टाई पुनरावेदन दावी अनुसार गरिपाउँ भन्ने समेत नागवती यादवनीको सगरमाथा अञ्चल अदालत (राजविराज बेञ्च) मा पर्न आएको पुनरावेदनपत्र । ८. लेनदेन व्यवहारको १० नं. अन्तर्गतको फिराद दावी र अंशबण्डाको १९ नं. बमोजिम नभएकोले वादी दावी खारेज हुनुपर्ने हो भन्ने समेत प्रतिउत्तर जिकिर भएकोले दुवै नम्बरको विवेचना गरी फैसला गर्नु पर्नेमा लेनदेन व्यवहारको १० नं. को आधारमा मात्र शुरु जिल्ला अदालतले फैसला गरेकोले उक्त फैसला बदर गरिदिएको छ । जो जे गर्नुपर्छ गरी पुनः निर्णय