निर्णय नं. ६५७९ - गौचर जग्गाको दर्ता बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७९ - गौचर जग्गाको दर्ता बदर । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/११/२९ ४१२० निर्णय नं. ६५७९ ने.का.प. २०५५ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा माननीय न्यायाधिश श्री केदारनाथ आचार्य सम्वत् २०५३ सालको दे.पु.इ...............९५ फैसला मिति : २०५४।११।२९।६ मुद्दा : गौचर जग्गाको दर्ता बदर । पुनरावेदक/ वादी : चितवन दारेचोक गा.पं. वडा नं. ३ कुरिनटार बस्ने भरतराज सिलवाल समेत ८ । विरुद्ध विपक्षी/प्रतिवादी : चितवन दारेचोक गा.पं. वडा नं. ३ कुरिनटार बस्ने पदम प्रसाद सिलवाल समेत ३ । § सार्वजनिक जग्गाको परिभाषा भित्र पर्ने गरी ठोस रुपमा सार्वजनिक देखि नआएको व्यक्तिको नाउमा नापी दर्ता भएको जग्गालाई निजी हक भोगकै जग्गा मान्नु पर्ने । (प्र.नं.२३) § विवादीत जग्गा प्रतिवादीहरुको हहकको निजी जग्गा हो भन्ने देखिन आयो । निजी हकको जग्गा कनूनले अन्यथा नगरे सम्म व्यक्तिले आफ्नो नाममा दर्ता गर हकभोग समेतका कार्य गर्न नपाउने भन्न मिल्ने अवस्था नदेएिको । (प्र.नं.२४) पुनरावेक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र श्री प्रकाश वस्ती । विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ताहरु श्री हरि प्रसाद उप्रेती, श्री शम्भु थापा र श्री लोकभक्त राणा । अबलम्बित नजिर : x फैसला न्या. हरिप्रसाद शर्मा : यस अदालत संयुक्त इजलासको मिति २०४६।४।२५ को फैसला दोहोर्याई हेरी पाउन हुकुम प्रामङ्गी बक्स पाउँ भनी प्रस्तुत मुद्दाका वादीको श्री ५ मा बिन्तिपत्र गरी उक्त विन्तीपत्र यस अदालतमा प्राप्त भई नियमानुसार संयुक्त इजलासमा पेश हुँदा ०५२।११।२५ मा संयुक्त इजलासले दोहोर्याउने निस्सा दिई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ : २. परापूर्व देखि दरिचोक पंचायत अन्तर्गत खैरनीटार, माझटार सुकौरा गाउँ, ढाड गाउँ, गौडा गाउँ, लेवट गाउँ समेत खास गरी कुरीनटार गाउँको नजिक पायक पर्ने उल्लिखित गाउँ मौजाका हामी सबै मानिसको सार्वजनिक उपभोगका लागि मसानघाट, पानिघाट, बारी, बाग बगैचा निकास समेत गौचर संधिसर्पन रही आएकेले सो बमोजिम सार्वजनिक रुपमा सबैले उपभोग समेत गरी आएका थियौं । सो जग्गा मिति २०२७ सालमा सर्भे नापी हुँदा उक्त गाउँ पञ्चायत वडा नं. ३ नक्सा (क) कि.नं. १४५ रही सो किक्तामा बा“झो पर्ती रहे जति पृथ्वी राजमार्गमा समेत जोडिन अएको बाङ्गो टिङ्गो भै घुसेको सहित सबै ८ नं. पर्ति जनिई नापी क्षेत्रीय किताबमा समेत गौचर भन्ने जनाई राखेको थियो । मिति २०३६।३।२५ मा विपक्षीहरुले ५,६ हलगोरु नारी उक्त सार्वजनिक जग्गामा खनजोत गर्न लागेको देखि किन यस्तो सार्वजनिक गौचर सन्धीसर्पनको जग्गा खनजोत गर्न लाग्नु भएको आवाद गर्न पाउनुहुन्न भनी हामीले विरोध गर्दा नेत्र कुमारीले यो जग्गा समेत हामीले दर्ता गराई प्रमाण पुर्जा समेत लिइ सकेको हुँदा हाम्रो निजी हक भइ सकेको छ भनी जवाफ दिएकोले अड्डामा गई वास्तविकता बुझ्दा नापीकै बखत अथवा पछि नमालुम कुन बखत कुन कर्मचारीलाई के कस्तो प्रभाव पारी गौचर भन्ने प्रष्ट जनिरहेकोमा ८ नं. आवाद लायक पर्ति भनी जनाउनुको साथसाथै उक्त विपक्षीहरुको अंश मुद्दाको सिलसिलामा झगडा भनी जनिराखेको अंश मुद्दाका अन्तिम निर्णय पछि नेत्र कुमारीले माल कार्यालयमा निवेदन गरी माल कार्यालयबाट मिति २०३६।१।१७