निर्णय नं. १४१२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४१२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: पौस अंक: ९ फैसला मिति :२०३७/०९/०१ २४०४ निर्णय नं. १४१२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको रिट नं. १०२० आदेश भएको मिति : २०३७।९।१।६ मा निवेदक : सिराहा जिल्ला करगहा पञ्चायत वडा नं. ९ बस्ने जखलाल बडही विरूद्ध विपक्षी : का.मु.भूमिसुधार अधिकारी रामबहादुर खड्का, जि.भू.सु.का.सिराहासमेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) बदर भइसकेको निर्णय बमोजिम भएको कुनै कुरा पछिको निर्णयमा कायम राख्नलाई त्यसको अधार निर्णयमा उल्लेख हुन नितान्त आवश्यक छ । बदर भइसकेको निर्णय पछिको निर्णयमा कायम राख्ने आधारमा उल्लेख हुन नसकी त्यसको अभावमा गरेको निर्णय आधारहीन भई त्रुटिपूर्ण हुने । (प्रकरण नं. ११) आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्ष भू.सु.का.सिराहाको ०३६।७।२० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : २. कर्जहा गा.पं.वडा नं. १ क.को कि.नं. ३५८ को ज.बि.०–८–१४ ऐ. गा.पं.वडा नं. १ क.को कि.नं. ३६० को ०–२–० समेत जम्मा ज.बि.०–१०–१४ जग्गा मैले साविक देखि मोहीमा कमाइआएको भनी ४ नं. जो.अ.नि.संलग्न राखी मोही प्रमाणपत्र पाउँ भन्ने विपक्षी रामेश्वर महतो कोइरीको वादी । एउटै अस्थायी निस्साको आधारमा जग्गा कमाएको छु भनी निवेदन दिएको भरमा मात्र मोही कायम गर्न नमिल्ने र निजले जग्गा कमाएको भए कूत बुझाएको भर्पाई समेत दिनुपर्ने वादी दावा झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर बयान भएकोमा वादीले पेश गरेको ४ नं. जो.अ.नि.को आधारमा वादीका नाउँमा मोही हकको प्रमाणपत्र साविक मानी बनी सकेकोले उक्त प्रमाणपत्र कायमै राखी मोहीहक सुरक्षित रहने ठहर्छ भन्नेसमेत भू.सु.का.सिराहा निर्णय रहेछ । ३. मैले राजीनामा पारित गराई लिंदा मोहीको नाउँछैन । विपक्षी साविक ज.ध.विलट गोहिवारको सिर्फ ०–८–७ जग्गामा अनुसूची २ मा मोही देखिई प्रमाणपत्र पनि पाइसकेपछि सोही अनुसूची २ को आधारमा मेरो ०–१०–१४ मा मोहियानी प्रमाणपत्र प्रदान गर्नु त्रुटिपूर्ण छ । आफ्नो कार्यालयको स्रेस्ताबाट समेत नदेखिएकोमा मोही भनी गरिएको ठहर अ.बं.१८४ क.१८५, १८९ र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ तथा भूमिसम्बन्धी नियमको नियम ६, ७ र ९ को समेत विपरीत छ । भू.सु.का.सिराहाको उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीबाट लिखितजवाफ मगाउनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश । ५. अनुसूची २ को आधारमा अनुसूची नं. ३ बमोजिमको मोहियानी हकको प्रमाणपत्र प्रदान हुन्छ । यस अवस्था भू.सं.ऐन दफा ३४ को प्रयोजन रहँदैन । भूमिसम्बन्धी नियमावलीको नियम ९(३) ले मोहियानी कायम भइसकेको र पछि जग्गा नापजाँच हुँदा जग्गा धनी प्रमाणपूर्जा जग्गा धनीले लिंदा ज.ध.प्र.पूर्जामा मोही भनी उल्लेख नहुँदैमा कानुनले कायम भइसकेको मोहियानी हक परिवर्तन हुन नसक्ने व्यवस्था भएकोले मोही कायम गरेको कानुनी त्रुटि भन्न नमिल्ने भनी ०३० सालको रिट नं. १०२७ मा सिद्धान्त प्रतिपादित भइसकेकोले यो रिट खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय सिराहाको लिखितजवाफ । ६. म भूमिसम्बन्धी ऐनको दफा २५(१) अन्तर्गतको मोही भएकोले ऐको दफा ३४(१) अनुरूपको कबुलीयत मेरा हकमा आवश्यक छ