निर्णय नं. ६५८० - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५८० - उत्प्रेषणयुक्त परमादेश । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/११/१५ २६८५ निर्णय नं. ६५८० ने.का.प.२०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य २०५३ सालको रिट नं. ३४०९ आदेश मिति : २०५४।११।१५।६ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक : सिन्धुपाल्चोक जिल्ला पिपलडाडा गा.वि.स. वडा नं. ६ बस्ने डिल बहादुर मगर विरुद्ध विपक्षि : मालपोत कार्यालय सिन्धुपाल्चोक समेत जम्मा ४ । § रिट निवेदक सन्धिसर्पन पर्ने नजिकको हकवाला हो होइन भन्ने सम्बन्धमा सबुद प्रमाणको आधारमा मूल्याङ्कन गरी निरुपण हुनु पर्ने विषय हो । सन्धिसर्पन पर्ने नजिकको हकवाला सम्बन्धमा निरोपण गर्न रिट क्षेत्रबाट सबुद प्रमाणको मुल्याङ्कन गरी आदेश जारी गर्न मिल्ने नदेखिदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ८) निवेदकका तर्फबाट : विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कुमार राज जोशी अवलम्बित नजिर : x आदेश न्या. केशव प्रसाद उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ । २. म निवेदकका सहोदर दाजु उदय बहादुर मगरबाट निजका हकभोग दर्ता सिन्धुपाल्चोक जिल्ला पिपलडाडा गा.वि.स. वडा नं. ६ कि.नं. ५३८ को क्षेत्रफल ४–१०–१ को बाज्ये भन्ने खेत प्रत्यर्थी तेज बहादुर मगरले २०५२।१२।२७ मा मालपोत कार्यालय सिन्धुपाल्चोकबाट रु.३०,०००। मा र.नं. ३०५६ राजिनामा पारित गरी लिनुदिनु गरेको रहेन कि.नं. ५३८ को जग्गा रजिष्ट्रेशन पारित गरी लिनुदिनु गरेको कुरा राजिनामाको लिखत मिति २०५३।१।४ मा सारी थाहा पाए र उक्त कि.नं. ५३८ को जग्गा मेरो नाममा दर्ता रहेको सिन्धुपाल्चोक पिपलडाडा गा.वि.स. वडा नं. ६ को कि.नं. ५२४ को पश्चिम उत्तर तर्फ साध जोडिएकोले सो जग्गा मेरो सन्धिसर्पन परेको छ । तसर्थ लिखतको थैली रु.३०,००० र रजिष्ट्रेशन दस्तुर रु.२१००। गरी जम्मा रु.३२१००। मालपोत कार्यालय, सिन्धुपाल्चोकमा सो जग्गा निखन्ने उजुरी साथ दाखिल गरेकोमा सो सम्बन्धमा मालपोत कार्यालयमा कारवाही चलिरहेको थियो । यसै समयमा खरिदकर्ता तेज बहादुर मगर र बिक्रीकर्ता उदय बहादुरको छोरा ठूलो भक्त बहादुर मगरको २०५३।१।१४ मा संयुक्त निवेदन मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरी कि.नं. ५३८ को क्षेत्रफल ४-१०-१-० को जग्गा तीन पुस्ता भित्रको हकदारले निखन्न दिनुहोस् भनी घरसारमा माग गरेको हुदा लिखतको थैली रु.३०,००० र रजिष्ट्रेशन दस्तुर रु.२१०० गरी जम्मा ३२१००। म ठूलोभक्त बहादुरले कार्यालयमा नै बुझी लिइ सकेको र लिखत बमोजिम दरपिट समेत गरी ठूलो भक्त बहादुरको नाउमा दा.खा. दर्ता गरी ज.ध.प्रमाणपुर्जा पाउ भनी परेको निवेदन उपर मालपोत कार्यालय सिन्धुपाल्चोकले हकसफाको लागि गैह्र कानूनी तवरबाट मिति २०५३।१।१६ मा रजिष्ट्रेशन लिखत दरपिठ गरी प्रत्यर्थी ठूलो भक्त बहादुरको नाउमा मालपोत कार्यालयले दाखिल दर्ता गरी ठूलोभक्त बहादुरको नाउमा जग्गाधनी प्रमाणपुर्जा दिने गरेकोले प्रत्यर्थी मालपोत कार्यालयको उक्त दरपीठ गरी दर्ता गरिदिने कार्य संविधानको धारा ११(१), १७ मुलुकी ऐन लेनदेन व्यवहारको ११, १२ तथा रजिष्ट्रेशनको ३५(१) नं. को प्रतिकुल भएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त कि.नं. ५३८ को जग्गा ठूलो भक्त बहादुरका नाउबाट अन्य कोही कसैलाई कुनै तबरबाट धितो, बन्धक लगायत