निर्णय नं. ३८३१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८३१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०४/०८ ४०६६ निर्णय नं. ३८३१ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १४३६ आदेश भएको मिति : २०४६।४।८।१ मा निवेदक : स्याङ्जा जिल्ला पुतलीबजार गा.पं. वडा नं. ७ बस्ने जैबहादुर गुरुङ विरुद्ध विपक्षी : स्याङजा जिल्ला करेण्डाँडा गा.पं. वडा नं. १ बस्ने गीता गुरुङसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ § विवाह दर्ता ऐन, २०२८ को दफा ५ बमोजिम विवाह गर्न चाहने पुरुष र स्त्रीले विवाह अधिकारी छेउ कम्तिमा १५ दिन अगावै दर्खास्त पेश गर्नु पर्ने, ऐनको दफा ५ मा व्यवस्था भएको पाइने तर प्रस्तुत विषय सो सम्बन्धित नदेखिई २०४३।११।२५ मा नै भएको विवाह उक्त ऐनको दफा ११(१) अन्तर्गत हाल दर्ता सम्म भएको देखिँदा अधिकारप्राप्त अधिकारीबाट कानुन बमोजिम विवाह दर्ता भएको देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान का.मु सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म भारत फौजमा नोकरी गरी आएको अविवाहित हुँ । गीताकुमारीका बाबु आमाले निजको म संग विवाह गरिदिन इच्छा गर्दा चरित्र मन नपरेकोले मानेको थिइन । विवाह गराउने निजहरुको भित्री मनसाय र उद्देश्य मलाई थाहा थिएन । ३. यसै षडयन्त्र र विपक्षीहरुको मिलेमतोको कारण मलाई विपक्षी जिल्ला कार्यालयबाट २०४४।४।२४ गते बिना पुर्जी पक्राउ गर्न लगाइयो । पक्राउ गरी जि. का. स्याङजामा २ दिन थुनामा राखी श्रावण २६ गते गीताको लोग्ने र गर्भ समेत मेरो भनी प्र.जि. अ. ले भनेपछि मैले इन्कार गरें । विवाह दर्ता दर्खास्त समेतका कागजहरुमा डर धम्की दिई इच्छा विरुद्ध जबरजस्ती ल्याप्चे गराइयो । २०४३।११।२५ गतेको करणीबाट पेटमा हाल गर्भ छ भनी विवाह दर्ता, विपक्षी प्र.जि. अ. बाट गरियो । ४. विवाह दर्ता ऐन बमोजिम विपक्षी गीता गुरुङ र मेरो बीच विवाह हुन सक्दैन । ऐनले विवाह गर्न चाहिने केटीको उमेर १८ वर्ष पूरा भइसकेको हुनुपर्छ तर निज १८ वर्ष लागी राखेको सम्म देखिन्छ । साथै विवाह गर्न चाहने व्यक्तिहरुले उक्त ऐनको दफा ५ अनुसार तोकिएको ढाँचामा दर्खास्त लेखी कमसेकम १५ दिन अगावै विवाह अधिकारी समक्ष पेश हुनु पर्नेमा सो विपरीत कारवाही गरी विवाह दर्ता गरी प्रमाणपत्र दिने काम भएको बदरभागी छ । ५. ऐनमा व्यवस्था गरिएको कार्यविधि विपरीत इच्छा विरुद्ध अनधिकृत किसिमले विवाह गराइएबाट नेपालको संविधानको धारा १०, ११(२)(ङ) द्वारा प्रदत्त हकाधिकार हनन् भएकोले मिति २०४४।४।२६ को विवाह, विवाह दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । ६. यस्मा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ७. निवेदक जैबहादुर गुरुङ र निजकी श्रीमती गीता गुरुङले २०४४।४।२६ मा यस कार्यालयमा आई २०४३।११।२५ गते परम्परा अनुसार विवाह गरी ऐन बमोजिम वैवाहिक सम्बन्ध दर्ता होस् भनी विवाह दर्ता नियमावली, २०२८ को अनुसूची ६ मा उल्लेख भएको ढाँचामा विवरण खोली ऐन बमोजिम संयुक्त दर्खास्त पेश गरेको हु