निर्णय नं. ३८३२ - उत्प्रेषण, परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८३२ - उत्प्रेषण, परमादेश समेत भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०५/२० २३३२ निर्णय नं. ३८३२ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४५ सालको रिट नं. ९६७ आदेश भएको मिति : २०४६।५।२०।३ मा निवेदक : का.जि. नैकाप गा.पं. वार्ड नं. २ बस्ने जीवनाथ रिजाल विरुद्ध विपक्षी : श्री सञ्चालक समिति, इन्धन संस्थान, काठमाडौंसमेत विषय : उत्प्रेषण, परमादेश समेत § आरोपको सम्बन्धमा आफ्नो सफाई पेश गर्न मौका प्रदान गर्नको लागि नै स्पष्टीकरण माग गरिन्छ, तर कुनै आरोपमा स्पष्टीकरण माग नगरेको अवस्थामा सफाईको मौका दिएको भन्न नमिल्ने । (प्रकरण नं. १७) § जुन आरोपमा स्पष्टीकरण नै माग गरिएको छैन सो आरोप लगाई सजायँ गर्दा प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन जाने । (प्रकरण नं. १७) § लापरवाही गरेको र आफ्नो पदको काम जिम्मेवारीपूर्वक गर्न नसकेको आरोप बेग्ला बेग्लै हुन् । (प्रकरण नं. १९) § जुन आरोप लगाई स्पष्टीकरण माग गरिएको छ सो आरोपमा सजायँ नभई अन्य आरोपमा सजायँ हुन्छ भने सफाई पेश गर्ने मौकाबाट बञ्चित गरेको हुन जाने । (प्रकरण नं. २०) § एउटा आरोप लगाई स्पष्टीकरण माग गर्ने, तर अर्को आरोप लगाई सजायँ गर्न नमिल्ने । (प्रकरण नं. २१) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री अशोक तिवारी आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदक इन्धन संस्थान स्थापनाकाल मिति २०२२ साल देखि नै इन्धन संस्थानमा सहायक तहमा नोकरी शुरुवात गरी प्रमोशन पाई मुख्य सहायक पदमा काम गरी आएको थिएँ । आर्थिक वर्ष २०३४।०३५ सालदेखि ०३८।०३९ सालसम्म लुम्बिनी अञ्चलको नवलपरासी र रुपन्देहीको विभिन्न जंगल क्षेत्रमा श्री ५ को सरकारले सुकुम्वासीहरुलाई बसोवास गराउने निर्णय गरे अनुरुप करीब सातहजार बिगाहा जति जमिन फडानी गरिएको र सो क्षेत्रको दाउरा कटानी गरी १२५२११२ चट्टा बनाई टि.सी.एन. ले इन्धन संस्थानलाई बुझाएको थियो । सो चट्टा दाउराको तुरुन्तै बेचबिखन हुनसकेन । घाम पानी आगलागी, चोरी समेतबाट दाउरा घट्न गयो । २०३८।०३९ सालको लेखा परीक्षण हुँदा करीब ११६२ चट्टा करीव ६६४ ट्रक दाउरा नपुग भएको भन्ने र बाबुकाजी अधिकारीलाई प्रतिचट्टा, १,२९१।– मा बिक्री गर्नु पर्नेमा रु. ८५२।– मा बिक्री गरेकोले संस्थानलाई हानी नोक्सानी पुर्‍याएको भन्ने आरोपमा सस्पेण्डमा राखी कारवाही गरियो । ३. त्यसप्रकारको कारवाही हुँदा रु. ७४,९९५। को आरोपमा ठेकेदारबाट असूल उपर गर्न भनी मिति २०४२।२।१५ मा सञ्चालक समितिबाट निर्णय भएकोले भनी आरोपबाट मुक्त गरी रु. ५,३४,९७५।– को आरोपमा बिगो भराउने र नोकरीबाट बर्खास्त गर्ने ठहराई विपक्षी महाप्रबन्धकले मिति २०४२।७।२३ मा निर्णय गर्नुभएको थियो । सो निर्णय उपर पुनरावेदन गर्दा विपक्षी सञ्चालक समितिले रु. ५,३४,९७५।– असूल गर्ने निर्णय बदर गरी शुरु निर्णय महाप्रबन्धककोमा सफाई दिएको पुनरावेदन नै नभए नपरेको बुँदालाई नोकरीबाट बर्खास्त गर्ने निर्णयलाई सदर राखी मिति २०४५।२।२७ मा निर्णय भयो । ४. न्यायिक मन प्रयोग गरी निर्णय भएको भए महाप्रबन्धकले ठहराएको आरोपमा सफाई दिएपछि आरोप कसूर नै नठहरिएको कुरामा पुनरावेदन तहबाट सजायँ हुने थिएन । मलाई स्पष्टीकरण माग गर्दा एउटा बुँदा र अ