निर्णय नं. ८९२० - भरेङ बाटो कायम गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९२० - भरेङ बाटो कायम गरिपाऊँ । भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०३/१९ ३८९६ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६३–CI–१२४८ फैसला मितिः २०६९।३।१९।३ मुद्दा : भरेङ बाटो कायम गरिपाऊँ । पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं १ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ३१ वागवजार वस्ने वर्ष ५७ को चन्द्रमान नाञ्जू समेत विरुद्ध प्रत्यर्थी वादीः भक्तपुर जिल्ला भक्तपुर नगरापालिका वडा न. १ सूर्यमढी टोल वस्ने वर्ष ६२ को कृष्णभक्त खयरगोली समेत शुरु फैसला गर्नेः मा.न्या.श्री प्रेमवहादुर के.सी. पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री हरिवहादुर वस्नेत § जग्गाको प्रकृति वा क्षेत्रफलबाट विवादित भर्‍याङ्ग लिखतभित्रको देखिन आएतापनि घर जग्गामा रहेको बाटोघाटो भर्‍याङ्ग निकास दुवै पक्षले प्रयोग गरी आएको स्थितिमा त्यस्तो निकास बाटोलाई एक पक्षको मात्रै कायम गरेमा सम्पत्ति उपभोगयोग्य नहुने हुन्छ । दुवै पक्षले साझा बाटोको रूपमा प्रयोग गरी आएको भर्‍याङ्गलाई एक पक्षले मात्रै प्रयोग गर्न पाउने भन्नलाई समन्यायको दृष्टिबाट नमिल्ने । (प्रकरण नं.२) § विधिशास्त्रीय मान्यतामा स्वामित्वको अभाव भए पनि निकासको सुविधाको दृष्टिले निरन्तर रूपमा भोग चलन गरिरहेको बाटो, भर्‍याङ्ग आदिलाई विशेषाधिकार (Servitude) को रूपमा लिइने हुँदा कुनै वस्तु एकाको स्वामित्वमा भएपनि निकास आदिमा सो वस्तुउपर अरुको कायम रहेको भोगाधिकारको हक सुनिश्चित् हुने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय विश्वप्रकाश सिग्देल र सुरेशकुमार थापा प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता विश्वप्रकाश भण्डारी अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनबाट मिति २०६३।९।१७।२मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालत समक्ष पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : भक्तपुर नगरपालिका वडा नं १ को कि.नं. ३४० को घर हामी फिरादीमध्येका कृष्णभक्तका नाउँमा मालपोत कार्यालयमा दर्ता भएको घर हो । जुन हामीले अविछिन्न भोगी आएका छौ । सो पूर्जाको कैफियतमा कि.नं. ३४० को दक्षिण मोहडामा पश्चिमतर्फ पु.प.चौडाई १.८०, उत्तर दक्षिण ल. १८० तेस्रो तल्लामा फिरादी विकुबहादुरको भाग पर्छ । सो कि.न.को घरको चोटा तेस्रो तल्ला वाहेक अरु सम्पूर्ण घर फिरादी कृष्णभक्तले र सो कि.न को चोटा तल्ला विकुबहादुरले भोगी आएका छौ । फिरादी सहोदर दाजुभाई हौ । कि.नं. ३४३ को घर वुद्धिनारायण नागाजूका नाउँमा दर्ता कायम छ । विपक्षी प्रतिवादी चन्द्रमानको कि.नं. ३४१ मा वसेको घर सवै जोडिएका साझा बाटो र भर्‍याङ्ग खण्ड फिरादीसमेतको साझा भै अनवरत भोग चलन गरी प्रयोग गरी आएको हुँदा चोटासम्म जाने भर्‍याङ्ग साझा बाटो कायम नभएसम्म नक्सा पास रोक्का गरी पाउन फिरादी कृष्णभक्त र विकुबहादुरको उजूरी परी भक्तपुर नगरपालिकाबाट विवादित स्थान के कसको हक स्वामित्व को हो प्रमाण मूल्याङ्कन नगरी निर्णय दिने अधिकार भ.न.पा. को नहुँदा अधिकारप्राप्त अदालतबाट अन्तिम ठहरेबमोजिम हुने गरी फिराद गर्न जानु भनी सुनाएकोले यो फिराद गर्न आएको छु । कि.नं. ३४१ मा रहेको बाटो साझा कायम गरी भर्‍याङ्ग बाटो साझा रूपमै उपभोग