निर्णय नं. ६५८१ - अपुताली हक कायम जग्गा खिचोला चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५८१ - अपुताली हक कायम जग्गा खिचोला चलन । भाग: ४० साल: २०५५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/१२/०३ ३४४१ निर्णय नं. ६५८१ ने.का.प.२०५५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको दे.पु.नं... २२२६ फैसला मिति : २०५४।१२।३।२ मुद्दा : अपुताली हक कायम जग्गा खिचोला चलन । पुनरावेदक/वादी : जिल्ला रौतहट भेडियाही गाउँ विकास समिति वडा नं. ४ बस्ने राम नारायण राय यादव । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने उपेन्द्रराय यादव समेत § अपुतालीको महलको ८ नं. मा हकवाला वा छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरुले खान पाउने कानूनी व्यवस्था देखिन्छ । पुनरावेदक वादी मने भुतहिको भतिजा नाताको हकवाला भएको कुरामा विवाद देखिदैन । हकवाला भतिजा हुदा हुदै छोरी पट्टीको नाती प्रतिवादी उपेन्द्र राय यादवको मर्ने भुतहिको सम्पत्तिमा अपुतली हक स्थापित हनसक्ने नेदेखिदा अपुतालीको ३ नं. बमोजिम भुतहीको छोरी ज्वाइले अपुताली पाउने ठहर्याई शुरु इन्साफ उल्टि गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ नमिलेकोले उल्टी हुने । (प्र.नं.१३) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने विपक्षी प्रतिवादी तर्फबाट : x अबलम्बित नजिर : x फैसला न्या. लक्ष्मण प्रसाद अर्याल : पुनरावेदन अदालत, हेटौडाबाट भएको फैसला उपर यस सर्वोच्च अदालत समक्ष पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. मूल पुरुष कोदै रायको ३ छोरामा जेठा अनुमान राय माहिला माफिला राय कान्छा बुझवन राय भइ हनुमान रायको स्वास्नी प्रतिवादी सुमगिया देवि र निज हनुमान सुभगिया लोगने स्वास्नीको छोरा प्रतिवादी जितन राय भएको मोफिल रायको छोरा म भई कान्छी बुझवन रायको स्वास्नी भुतही भइ निज बुझवन भुतहीको ज्वाई उपेन्द्र राय भएको म र प्रतिवादीहरु बाहेक सो भन्दा अघिल्लो पुरुढा स्वास्नी मानिसहरु अघिपछि गर आफ्ना आफ्ना कालगतिले परलोक भई सकेको हुन । प्रतिवादी फुदना रायको स्वास्नी बुझवन भुतहीको छोरी फुलझरीया पनि परलोक भई सकेको छ साथै सबै भन्दा पछि २०४७ साल कार्तिक १४ गतेमा मेरो कान्छी आमा भुतही परलोक भएको छ निज कान्छी आमा भुतही परलोक भएको छ निज कान्छी आमा भुतही र म प्रतिवादी सुभगी समेत अंश लिई दिई भिदै बसी आमा पनि सदा कान्छी आमाको सेवा सुसार पालन पोषण आदी मैले निजको संगसाथमा बसी गरी आएको र निज कान्छी आमा भुतही परलोक हुनु हुदा निजलाई दागबत्ति मैले नै दिई कृया बोकीश्राद्ध समेत मैले नै आफ्नो तर्फबाट खर्च लगाई गरेको छु प्रतिवादी फुदेना निज भुतहीको ज्वाई प्रतिवादी शुभगिया जेठानी जीवन, भतिजो भनेता पनि निजहरुले केही गरेको छैन सो कान्छी आमाको श्राद्ध क्रममा प्रतिवादी फुदना उपेन्द्रलाई बोलाउन आवश्यक सम्झी सूचना दिई बोलाइकोमा निज भुतहीको धेरै जसो जेय जेथा जग्गा निजको जिन्दगी नै लिइसकेको भनेता पनि केही मात्र जग्गा र घर भडेरी लिने बिचारबाट ऐनका म्याद भित्र मैले मृत्यु दर्ता गराउने नै भएकोले मैले दर्ता गराउनु भन्दा अगावै अनधिकार प्रतिवादी फुदेना रायले कान्छी आमा भुतहीको मृत्यु दर्ता मिति २०४७।७।३० गतेमा नै गुपचसप गराई लिई राखी श्राद्ध सकेपछि पैतिवादी फुदेना उपेन्द्र दुवै बाबु छोरा आफ्नो घर गई २०४७ पुष १ गतेका दिन प्रतिवादी फुदेना, उपेन्द्र दुवै जना बाबु र छोरा म कहाँ आई निज कान्छी आमा भुतही देवीको घरमा आई बसेपछि तुरुन्तै त्यहा बस्न नदिने भन्ने व्यवहारिक