निर्णय नं. १४१४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४१४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि गरी पाउं भाग: २२ साल: २०३७ महिना: पौस अंक: ९ फैसला मिति :२०३७/०७/१० २५०१ निर्णय नं. १४१४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३५ सालको रिट निवेदन ८२० आदेश भएको मिति : २०३७।७।१०।१ मा निवेदक : का.जि.का.न.पं.वार्ड नं. १९ यटखा दमाई टोल सुन्ता गाउँ बस्ने साइतमान मुनिकार विरूद्ध विपक्षी : श्री जिल्ला भूमिसुधार कार्यालय काठमाडौं समेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि गरी पाउं (१) एकपटक यौटालाई जग्गावाला हो भनी निवेदक स्वयंले भनेको कुरालाई फरक गरी सफा हात शुद्ध नियतले रिट निवेदन आएको नदेखिने । (प्रकरण नं. ८) (२) दर्ता प्रमाण समेतको आधारमा कूत भरी पाउने र वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भनी तथ्यको निरोपण गरी विपक्षी भू.प्र.का.बाट गरेको निर्णयमा कुनै कानुनको त्रुटि गरी निर्णय गरेको नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।६।१९ मा दर्ता भई पेश हुनआएको छ । २. तथ्य यस प्रकार छ : भक्तलालसँग ०३२।११।१४ मा राजीनामा गरी लिई मेरो हक भएको का.न.पं.वडा नं. २८ ख.कि.नं. ८५ को ३–८–० जग्गाको २०३४ सालको बाली भराई निष्कासन समेत गरिपाउँ भन्ने समेत उर्मिला जोशीको वादी दावी, सो जग्गा गुठीको नं. ५२ र ५१ समेत दर्ता भई दर्तावाला रामराज पन्त चन्द्रराज पन्त समेतलाई ०३४ सालको बाली बुझाइसकेको वादी दावीको बाली बुझाई रहन नपर्ने भन्ने समेत निवेदकको प्रतिउत्तर परेकोमा जग्गाको हक प्राप्त ज.ध.वादी नै देखिएकोबाट ०३४ सालको किसिम बमोजिम हुने रु.४२०। प्रतिवादीले भरी पाउने ठहर्छ । वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय काठमाडौंबाट मिति ०३५।५।१५।५ मा फैसला भएको रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : सो जग्गा नापी हुँदा मोहीको महलमा मेरो नाउँ दर्ता भई जग्गा धनी खाली गरी जो.अ.नि.पाइरहेको उक्त जग्गा वा सो गुठी नं. ५१।१ रामराज पन्त ५२।१ चन्द्रराज पन्तको नाउँमा गुठी दर्ता भएको जग्गालाई भक्तलालले रैकरमा घुसाई दर्ता गराए रैकर लगत कट्टा गरी गुठी कायम गरिपाउँ भन्ने समेत ०३३।९।२० मा रामराज, चन्द्रराजले गुठी संस्थान केन्द्रीय कार्यालयमा उजूर दिएको र मैले पनि ०३३।१०।१२ मा उजूर दिई कारवाही भइरहेकोमा पेटवोलीमा देखाएका रामराज, चन्द्रराजलाई अ.बं.१३९ नं. बमोजिम नबुझी फैसला गर्न मिलेन मैले तारिख थमाई हाजिर हुने म्याद बाँकी छँदै अ.बं.५५ नं. विपरीत निर्णय गर्न नहुने र गुठी संस्थान ऐन, ०३३ को दफा ३९ ले गुठी जग्गामा दर्ता हुने, रामराजलाई बाली बुझाएको भर्पाई ख्याल नराखी विपक्षी उर्मिलालाई नै उक्त जग्गाको हक प्राप्त भएको व्यक्ति भनी हक बेहकमा निर्णय गर्न विपक्षी भू.सु.कार्यालयलाई नभएको हुनाले भू.सु.का.का फैसला अ.बं.३५ नं. ले स्वतः बदर हुने भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीहरूसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।७।८ को आदेश । ५. यस कार्यालयबाट भएको फैसला ऐन कानुनको परिधिभित्र रही कानुन बमोजिम नै फैसला भएको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत ०३५।९।२१ को भूमि