निर्णय नं. ३८३३ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८३३ - उत्प्रेषणयुक्त परमादेश भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०२/२६ २२७६ निर्णय नं. ३८३३ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको रि.नं. १७६३ आदेश भएको मिति : २०४६।२।२६।५ मा निवेदक : घरेलु तथा ग्रामीण उद्योग विकास समिति शाखा कार्यालय रोल्पामा कार्यरत रमेशराज रेग्मी विरुद्ध विपक्षी : श्री ५ को सरकार उद्योग मन्त्रालय घरेलु तथा ग्रामीण उद्योग विकास समिति प्रधान कार्यालय डिल्लीबजारसमेत विषय : उत्प्रेषणयुक्त परमादेश § सहायक स्तर तह ५ र ४ को कर्मचारीलाई तल्लो तहमा घटुवा गर्ने सजायँको हकमा कार्यालय प्रमुखले संस्था प्रमुखको स्वीकृति लिई गर्न सक्ने व्यवस्था रहेको पाइन्छ तर सो बमोजिम निवेदकलाई कार्यालय प्रमुखबाट कारवाही भएको नभई घरेलु तथा ग्रामीण उद्योग विकास समिति प्रधान कार्यालयले विभागीय कारवाही गरी प्रा.व.स. तह ५ बाट प्रा.क.स. तह ४ मा घटुवा गरी सजायँ गरेको देखिँदा उक्त सजायँ गरेको निर्णय कानुन अनुरुप नभएबाट निवेदकलाई तल्लो तहमा घटुवा गर्ने निर्णय र सो उपर पुनरावेदन सुनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधाको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा संक्षेपमा यस प्रकार छ । २. म निवेदक २०४१ साल कार्तिक महीना देखि प्राविधिक वरिष्ठ सहायक पदमा नियुक्त भई मिति २०४१।७।२१ मा घरेलु तथा ग्रामीण उद्योग विकास समिति अञ्चल कार्यालय पोखरा अन्तर्गत पदस्थापन भई २०४१ साल मार्गमा उक्त अञ्चल कार्यालय अन्तर्गतको उक्त विकास समितिको शाखा कार्यालय लमजुङको सेवा केन्द्र गिलिङमा खटिई सेवा गरिरहेको अवस्थामा का.मु. कार्यालय प्रमुखले मलाई मिति २०४४।२।१२ मा रु. १७४।– को बालकट्टि थान ४० र सरसामानहरुको बरबुझारथ मिति २०४४।१।७ र ऐ. ८ गतेको हाजिरी मिति २०४४।१।९ देखि २०४४।१।१३ सम्मको अनुपस्थिति मिति २०४३।९।१६ समेतको बीलबाट गिलुङ लगेको सरसामान र रु. २४,१९७।२९ मूल्य बराबरको कच्चा सामान समेतका विषयमा स्पष्टीकरण माग गर्नुभएको थियो सो सम्बन्धमा मैले २०४४।२।२४ मा साँचो व्यहोराको स्पष्टीकरण दिई कार्यालय प्रमुख सन्तुष्ट भएकोमा अचानक विपक्षी नं. २ को पत्रबाट मलाई निलम्बन गरियो पछि पुनः विपक्षी नं. २ बाट पनि सोही विषयमा स्पष्टीकरण मागियो । सो को स्पष्टीकरण २०४४।५।२५ मा पेश गरेकोमा लो.से.आ. सामान्य सिद्धान्त, २०४३ को परिच्छेद ६ को उपदफा ६.३ बमोजिम मिति २०४४।५।३० को निर्णयानुसार प्रा.व. तह ५ बाट प्रा.क.स. ४ पदमा मलाई घटुवा गरिएको भनी पत्र दिइयो सो उपर संस्था प्रमुख उपर पुनरावेदन दिएकोमा सोही निर्णय मनासिब ठहराइयो । लो.से.आ. सामान्य सिद्धान्त, २०४३ को परिच्छेद ६ को उपदफा ६.५.२ ले म प्राविधिक सहायक स्तर ५ को कर्मचारीलाई उक्त सजायँ दिने अधिकारीमा कार्यालय प्रमुख तोकिएको छ । तर कार्यालय प्रमुखबाट मलाई त्यस्तो सजायँ प्रस्तावित गरिएको स्पष्टीकरण मागिएको र त्यस्तो सजायँ दिने निर्णय समेत गरिएको छैन । अतः अधिकार विहीन विपक्षी नं. २ र ३ ले उक्त उपदफा ६.५.२ को विपरीत गई सजायँ प्रस्ताव नै नगरी सफाईको मौका नै नदिई कारण नखोली गरिएको उक्त निर्णय अ.बं. ३५ नं. समेतको विपरीत भएको हुँदा उक्त ४ तहमा घटुवा गरेको